PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • चीनले मंगल ग्रहमा पठायो अन्तरिक्ष यान, ५ करोड ५० लाख किमि यात्रा गरेर सात महिनापछि फर्किने

    चीनले मंगल ग्रहमा पठायो अन्तरिक्ष यान, ५ करोड ५० लाख किमि यात्रा गरेर सात महिनापछि फर्किने

    वेनचाङ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। संयुक्त राज्य अमेरिकाले पनि मंगल ग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ। दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ। चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (स्वर्गको…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका सबै परीक्षा दशैं अगाडि, परीक्षाफल धमाधम प्रकाशन

    त्रिविका सबै परीक्षा दशैं अगाडि, परीक्षाफल धमाधम प्रकाशन

    काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। ‘हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ,’ उनले भने, ‘तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने…

    विस्तृतमा पढ्नुस्

  • चितवनका नारायणी र राप्ती नदीमा पाँच शव फेला

    चितवनका नारायणी र राप्ती नदीमा पाँच शव फेला

    चितवन : जिल्लामा रहेका दुई ठूला नदीमा बुधवार पाँच जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। वर्षा रोकिएर नदीको बहाब घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिका-१ ठिमुरामा दुई जनाको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक ३६ घण्टापछि खुल्यो

    पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक ३६ घण्टापछि खुल्यो

    चितवन: माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझबाट एकतर्फी सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले जानकारी दिए। सोमबार दिनभर वर्षा र पहिरो…

    विस्तृतमा पढ्नुस्

  • लेदो र पहिरो झरेर बीपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

    लेदो र पहिरो झरेर बीपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

    सिन्धुली : बीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन्। सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो। बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन्। अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • जताततै जलमग्न, सरकारी कार्यालयका भवन नै डुबानमा

    जताततै जलमग्न, सरकारी कार्यालयका भवन नै डुबानमा

    सर्लाही : आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन्। भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन्। सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन्। निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन्। जिल्लाको वाग्मती,…

    विस्तृतमा पढ्नुस्

  • चारकिलोमा दुई विद्युतका पोलसहित पहिरो, नारायणगढ-मुग्लिन बाटो बन्द

    चारकिलोमा दुई विद्युतका पोलसहित पहिरो, नारायणगढ-मुग्लिन बाटो बन्द

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ। इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट विदेशमा थप १६ जना नेपालीको मृत्यु

    कोरोनाबाट विदेशमा थप १६ जना नेपालीको मृत्यु

    काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको हो। कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एक सय ६० जनाको विदेशमै मृत्यु, २८ हजार ६ सय ८१ कोरोना संक्रमित

    एक सय ६० जनाको विदेशमै मृत्यु, २८ हजार ६ सय ८१ कोरोना संक्रमित

    काठमाडौँ : विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको हो। शनिवार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • सात जनाको ज्यान लिनेगरी ट्याक्टर दुर्घटना

    सात जनाको ज्यान लिनेगरी ट्याक्टर दुर्घटना

    झिमरुक : प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नंको ट्याक्टर दुर्घटना भएको थियो। स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन। प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • स्वाब संकलनमा समस्या, छैन भीटीएम

    स्वाब संकलनमा समस्या, छैन भीटीएम

    महोत्तरी : पीसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भीटीएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ। शनिवार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो। 'तत्काल पीसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्,' कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, 'तर, हामीसँग पर्याप्त भिटिएम नहुँदा तत्काल पीसीआर परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • देशभर सामान्य बदली रही वर्षाको सम्भावना, यस्तो छ सोमवारसम्मको मौसमी गतिविधि

    देशभर सामान्य बदली रही वर्षाको सम्भावना, यस्तो छ सोमवारसम्मको मौसमी गतिविधि

    काठमाडौं : मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतवार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ। विभागका अनुसार शनिवार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

    लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

    मान्म : कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधन अलपत्र परेका छन्। लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाब बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ। जिल्लाको टाकुल्ला, चौखोलालगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ। पछिल्लो समयमा दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालबाहक गाडी…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने

    सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ। बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो। बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको हो। बैठकले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • 'विद्यालयका अनलाइन कक्षा नरोकौं'

    'विद्यालयका अनलाइन कक्षा नरोकौं'

    काठमाडौं : विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ। कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ। शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले भने, ‘अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ, विकल्प…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद गुरुङको निधनमा कांग्रेस सभापतिको शोक वक्तव्य

    पूर्व सांसद गुरुङको निधनमा कांग्रेस सभापतिको शोक वक्तव्य

    काठामाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक सङ्घका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्। पूर्वसांसद गुरुङको शुक्रबार काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत गुरुङको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। विसं १९९३…

    विस्तृतमा पढ्नुस्

  • लाखौँको गाडी किन्न अस्वीकार गरी साइकल चढ्छन् मेयर, बजेटको सदुपयोग प्राविधिक कलेज र साइकल लेनमा

    लाखौँको गाडी किन्न अस्वीकार गरी साइकल चढ्छन् मेयर, बजेटको सदुपयोग प्राविधिक कलेज र साइकल लेनमा

    भद्रपुर : मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे। ‘बजेटमा…

    विस्तृतमा पढ्नुस्

  • दिदीको घरबाट फर्किँदा बेपत्ता भएका युवक कालीगण्डकी नदी किनारमा मृत फेला

    दिदीको घरबाट फर्किँदा बेपत्ता भएका युवक कालीगण्डकी नदी किनारमा मृत फेला

    गलकोट : बागलुङ नगरपालिका-१३ स्थित कालीगण्डकी नदी किनारमा एक युवकको शव फेला परेको छ। जैमिनी नगरपालिका-१० निवासी १८ वर्षीय जीवन पुुन शुक्रवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ स्थित दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा शुक्रवार कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ राजमार्गमा पहिरो, तानसेन बुटबल रोकियो बाटो

    सिद्धार्थ राजमार्गमा पहिरो, तानसेन बुटबल रोकियो बाटो

    पाल्पा : सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए। राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारत सीमामा चल्यो गोली, दुई जना भारतीय तस्कर घाइते, तीन जना फरार

    नेपाल भारत सीमामा चल्यो गोली, दुई जना भारतीय तस्कर घाइते, तीन जना फरार

    इनरुवा : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell