काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीवारदेखि सक्रिय मनसुन सोमवारसम्म कायम रहने भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए। 'आगामी सोमवारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ,' मौसमविद् पोखरेले भने। मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको छ। केही समयको हल्कादेखि…
रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी…
सन्तोष गौतम - म्याग्दी : लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए। भिरालो पाखोमा…
लण्डन: आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ। तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ। प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम…
कञ्चनपुर : बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ। 'सीमास्तम्भ मङ्गलवार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ,' इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, 'जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ।' बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए।…
गलकोट : बागलुङ नगरपालिकामा नेपालकै नमुना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ। सामुदायिक बनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो। आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी आव २०७७/७८ मा निर्माण कार्य थाल्न बजेटसमेत विनियोजन भएको छ। जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले आठ लाख रुपैयाँको लागतमा…
भीमदत्तनगर : दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ। ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगर नगरपालिका-१८ बागबानी, वडा नम्बर १५ को निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, वडा नम्बर ६ को ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले…
चितवन : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। सोही समयमा उनको मृत्यु…
काठमाडौं : अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि छानबिन गरेको थियो। सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३…
सञ्चिता घिमिरे - काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ। काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक…
लहान : सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छिन्। सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा रहेकी सिरहा नगरपालिका-१९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतवार घर फर्किएकी हुन। उनीसँगै सिरहाका ६३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोना संक्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेसनमा…
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप ६, भारतमा ५, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो। समितिका अनुसार शनिवार साँझसम्म विभिन्न १४ देशमा कुल १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन,…
चितवन : पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ। नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो। नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नम्बर १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो। वडा नम्बर ३ र ७…
गलकोटः क्वारेन्टाइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए।…
काठमाडौं : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।…
काठमाडौं : मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पुर्याएको छ। सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु…
चितवन : त्रिशुली नदीमा गाडी खसेको प्रत्यक्षदर्शीले बताए पनि खोज्दा नभेटिएपछि समस्यामा परेको प्रहरीसामु गाडी धनीले नै उजुरी दिएपछि निर्क्यौल भएको छ – गाडी दुर्घटनामा परेकै हो। नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीवार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ। शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनियर भरतराज आचार्यविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो। आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव ओभरसियर पदमा २०४१…
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेसन कक्षका लागि शुक्रवार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए। ‘स्थानीय तह जनताको नजिकको सरकार हो, संकटमा स्थानीय तहले खेलेको…
चितवन : देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न नहुने यहाँका बुद्धिजीवी तथा व्यवसायीले बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर सरकार र संगठित पार्टीले मात्रै वर्तमान समस्यासँग जुध्न सक्ने बताएका हुन्। कोभिड-१९ का कारण देशको अर्थतन्त्र धरासायी बन्ने अवस्थामा पुगेको जनाउँदै उनीहरुले सबै दल एक ठाउँमा उभिएर अहिलेको संकटलाई…