चिप्लेढुङ्गा : कास्की प्रहरीले दुई महिला सहित छ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद…
बैतडी : बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ। पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो। रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए। सो बिओपीको औपचारिक उद्घाटन कार्यक्रममा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशङ्कर बुढाथाकीले…
बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा व्यक्त सार्वजनिक भएका धारणालाई लिएर पार्टी पंक्ति एवं नागरिकमा उत्पन्न चासोप्रति नेकपा रुपन्देहीले चिन्ता प्रकट गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी, केन्द्रीय सदस्य तथा सहइञ्चार्ज दधिराम न्यौपाने, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही सहइञ्चार्ज एकराज विश्वकर्मा, अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण बहादुर जिसीले बुधवार संयुक्त विज्ञप्ति जारी…
सुर्खेत : केही दिनअघि नेपालमा प्रवेश गरेको सलह कीरा कर्णालीमा आइपुगेको छ। सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका-३ दशरथपुरमा सलहको सानो समूह देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ। नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए। उनले भने, ‘अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो।’ सुर्खेतमा…
वासिङ्टन : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ। एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए। उनले अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए। अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य…
शेरबहादुर सिंह - भीमदत्तनगर : सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो। एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। 'सङ्क्रमण देखिएका सबै बालबालिका बुबाआमासित भारतबाट फर्किएकाहरु हुन्,'…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनका कारण रोकिएका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ। सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेस्टर परीक्षाबारे निर्णय गर्ने बताए। ‘कार्यदलले दिएको सुझावको आधारमा हामीले…
खोटाङ : कृषि विज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन्। भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन्। “कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२…
चितवन : अण्डा पार्न र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून रहेको विज्ञले बताएका छन्। कृषि तथा बन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न बालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ। उनले भने, ‘त्यस्तो ठाउँ नेपालमा छैन। यस दृष्टिकोणले…
सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ। झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। झडपमा दुई जना प्रहरीसमेत घाइते भएको उनले…
पाल्पा : यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन्। शनिवार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए। पाल्पामा सलह देखिए पनि ठूलो नोक्सानी भने भएको छैन। रुखका पातहरु खाएको र अन्नबालीमा भने दिउँसोतिर देखिएको छ। जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केही भागमा शनिवार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए।…
काठमाडौं : सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ। पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन्। गत मंसिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेको गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म मुलुकभर कुल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ। हालै चीनतर्फका नाका हुम्लाको हिल्सा, संखुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा संक्रमणको पुष्टि भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपाली संक्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ। एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा…
काठमाडौं : धितोपत्र बजारको नियमित कारोवार सोमवारदेखि पुनः शुरु हुने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको आइतवार बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमवारदेखि धितोपत्रको दोस्रो बजार कारोबार शुरु गर्न लागिएको हो। बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आइतवार मुद्दा दायर गरेको छ। आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ। आयोगले नेपाल सरकारलाई प्राप्त हुने दुई लाख ७१ हजार ४२६…
धनुषा : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक बनका कोषाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले सिन्धुली तीनपाटन गाँउपालिका-१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक बनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। जनकल्याण सामुदायिक बनका कोषाध्यक्ष…
काठमाडौं : सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ। प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीवारको बैठकमा सदस्यको जिज्ञासाको जवाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले सात वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएकाले नियमित कामका रुपमा विद्युतीय राहदानीको विषय अघि बढाएको जानकारी दिए। सन् २०१५ सम्ममा ई-पासपोर्ट लागू गर्न आवश्यक…
गलकोट : धौलागिरि अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत् कोरोना संक्रमित एक महिलाले छोरा जन्माएकी छन्। ढोरपाटन नगरपालिका-८ की १९ वर्षीय महिलाले बिहीवार बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन्। धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेसन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन्। धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधवार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल रिचर्ड पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन्। संवादका क्रममा दुवै पक्षले कोभिड-१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना…