पर्वत : जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक किशोरको शव पाँच दिनपछि भेटिएको छ। पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो। शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका किशोरको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए। गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि…
पूर्णप्रसाद मिश्र आगामी असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्ने छ। मध्याह्न १२:३८ बजे मध्य र दिउँसो २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए। शास्त्रीय…
काठमाडौं: सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन्। छाङ्रुबाट…
गलकोट: वाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माएकी छन्। निसीखोला गाउँपालिका–५ निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २१ वर्षीया रैमती विकले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताए। बाह्र दिनदेखि क्वारेन्टिनमा रहेकी युवतीले छोरालाई जन्म दिएकी हुन्। सुत्केरीका श्रीमान्समेत क्वारेन्टिनमा रहेका छन्। भारतको पञ्जावबाट आएका श्रीमान् श्रीमती गत जेठ २९ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिए…
काठमाडौं : सरकारले सोमवारबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भिड लाग्न थालेको छ। यससँगै सडकमा पनि सवारी चाप बढेको छ। सरकारले कोभिड-१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको लकडाउनपछि सोमवारबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो। सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु सोमवारदेखि पूर्ण रुपमा खुलेका छन्। कार्यालय खुले पनि भिडभाड नगरी सामाजिक दुरी कायम गरेर…
भक्तपुर : मध्यपुरथिमिको बोडे र कमलविनायकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका-१० कमलविनायक भत्केकोपाटीमा बा ९५ प १४५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन…
लहान : विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो। 'न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन…
काठमाडौँ : सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ। मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो। बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन्। बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा…
मान्म : कालीकोटमा चारमहिने शिशुसहित २५ जनाले कोरोनालाई जितेका छन्। महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन्। जिल्लाको आइसोलेसनमा रहेका २९ कोरोना संक्रमितमध्ये २५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए। आइसोलेसन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका,…
काठमाडौं : बंगलादेशमा अलपत्र परेका २५८ नेपालीलाई उद्धार गरी आइतवार स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बंगलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो। ढाकामा जम्मा भएका नेपाली लिन आइतवार नै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो। नेपाली बोकेर वाइड बडी जहाज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। ढाकाबाट २५८ यात्रु लिएर…
रुकुमपश्चिम : चौरजहारी नगरपालिका-८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आइतवार अभियोग दर्ता भएको छ। पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो। पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने…
बनियानी : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन्। कांग्रेस झापाले आइतवार आयोजना गरेको कार्यक्रममा उनले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताएका हुन्। प्रवक्ता शर्माले भने, ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन। अमेरिकी…
परासी : नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा आइतवार भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका-४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो। दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना…
डोटी : भारतबाट रोजगारी गरी जिल्ला फर्किएका डोटीका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका कम्तीमा पनि १० हजार ४०० जनामध्ये दुई हजार जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ। आइतवारसम्म क्वारेन्टाइनबाट घर पठाइएकामध्ये एक हजार ८०० पुरुष तथा २०० महिला रहेका छन्। उनीहरु सबैको आरडीटी तथा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका…
सिबी अधिकारी - काठमाडौं : विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइँदैछ। विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन्। नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ। नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजले दिउँसो २:३० बजे बङ्लादेशबाट नेपालीलाई काठमाडौँ अवतरण गराउने…
पर्वत : पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर छ बेपत्ता भएका छन्। शनिवार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो। थापाको घरमा रहेका…
नारायण ढुङ्गाना- काठमाडौं : नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ। शनिवार प्रतिनिधि सभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेपछि सूचीकृतको बलियो आधार खडा भएको हो। अब राष्ट्रिय…
काठमाडौं : प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाउँदै दीप प्रज्वलन गरिएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि देशका विभिन्न दीप प्रज्वलन गरिएको हो। विधेयक पारित भएको खुशियालीमा शनिवार तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले…
चन्द्रौटा : कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा शनिवार दुई शव फेला परेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका वडा नम्बर ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएकोे जनाइएको छ। त्यस्तै, बुद्धभूमि नगरपालिका-९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ। एक हप्ताअघि…
दैलेख : दैलेखको एक आइसोलेसनमा बसेका नागरिक र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्। शनिवार नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो। महिनौँदिन पुग्दा पनि पुनः स्वास्थ्य जाँच नगरिएको, पीसीआर र आरडीटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै संक्रमितले आन्दोलन गरेका हुन्। आइसोलेसनमा बसेका पीसीआर…