वेलिङ्टन : न्युजिल्याण्डले सोमबार कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ। कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्युजिल्याण्डले यस्तो घोषणा गरेको हो। प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी छिन्। प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताएकी छिन्। उनले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु…
सल्यान : सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आइतबार राति ८:३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले…
काठमाडौं : नेपाल वायु सेवा निगम आज तेस्रो पटक अस्ट्रेलिया चार्टर्ड उडान गर्दैछ। निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४:५५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। नेपालस्थित अस्ट्रेलियाली दूतावासले निगमको वाइड बडी…
चितवन : कोभिड-१९ को संक्रमण बढिरहेको समयमा चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ। एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ। कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आफूहरुसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिइसकेको बताए। उनका अनुसार केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई…
वासिङ्टन : पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गरेका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ। ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने…
वीरगंज : स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। लकडाउन खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो। सामाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता…
काठमाडौं : नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। लकडाउनका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो। शनिवार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो। क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिवारकै मितिदेखि…
बैतडी : भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाका सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए। शनिवार बिहानमात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए। एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको…
चितवन : भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो। माडीको क्वारेन्टाइनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रवार भरतपुर अस्पतालमा ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको शनिवार बिहान मृत्यु भएको हो। मृत्यु भएपछि कोरोना परीक्षणका लागि…
काठमाडौं : सरकारले आइतवारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ। लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनः सञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतवारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो। बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो। पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक…
चन्द्रौटा : कपिलवस्तु कारागारका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका–७ इटवाका ५३ वर्षीय रामअधिन कहारको शनिवार मृत्यु भएको कारागारले जनाएको छ। बिहान १० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताए। गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे…
बुटवलः पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिवार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट तीन लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी…
सुर्खेत : कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन्। कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन्। पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए। कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ…
हेटौँडा : शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए। हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले…
कञ्चनपुर : सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ। धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो। पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २५० मात्रै छ। परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य…
काठमाडौं : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ। सङ्घीय संसद्मा विचाराधीन आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नं १६६ मा भएको उक्त व्यवस्था संविधानको मर्म र जनभावनाविपरीत देखिएकाले त्यसलाई हटाइ संविधानप्रदत्त निःशुल्क तथा अनिवार्य शिक्षाको हक सुनिश्चित हुने बजेटको व्यवस्था गर्न…
हेटौडा : वाग्मती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो। वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गरिने नीति…
काठमाडौं : एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ। नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको हो। यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ। अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको…
रुपन्देही : पछिल्लो समय विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारप्रति प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले भर्त्सना गरेको छ। मन्त्री सुदर्शन बरालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी कोभिड-१९ विरुद्ध अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारको घटनाप्रति निन्दा गर्दै प्रदेशमा यस प्रकारका आक्रमण तथा दुर्व्यवहार भएमा संलग्नलाई कारबाहीका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्। संक्रमणको…