PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतवार

    गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतवार

    कास्की : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतवार प्रस्तुत गर्ने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थमा कर बढाइएकोबारे अर्थमन्त्री खतिवडा भन्छन् : बजार मूल्यमा फरक पर्दैन

    पेट्रोलियम पदार्थमा कर बढाइएकोबारे अर्थमन्त्री खतिवडा भन्छन् : बजार मूल्यमा फरक पर्दैन

    काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ। बिहीवार संघीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ कर थप गरिएको उल्लेख भए पनि त्यसले बजारमा फरक नपर्ने भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल

    प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताएका छन्। भीमफेदी-कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले संघीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर प्रक्रिया अघिका सम्पूर्ण प्रक्रिया सम्पन्न भएर टेण्डर आह्वानको चरणमा प्रवेश गरेकोमा…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक अनियमितता गरेको ठहर गर्दै अवकाशप्राप्त उपरथीसहित नौ सैनिक अधिकृतलाई सेनाले गर्‍यो कारबाही

    आर्थिक अनियमितता गरेको ठहर गर्दै अवकाशप्राप्त उपरथीसहित नौ सैनिक अधिकृतलाई सेनाले गर्‍यो कारबाही

    काठमाडौं : नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमितता गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको छ। समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहित सैनिक अधिकृतलाई कारबाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका…

    विस्तृतमा पढ्नुस्

  • विषम परिस्थितिमा आएको बजेट व्यवहारिक र सन्तुलित छ : उद्योग परिसंघ

    विषम परिस्थितिमा आएको बजेट व्यवहारिक र सन्तुलित छ : उद्योग परिसंघ

    काठमाडौं : नेपाल उद्योग परिसंघले कोरोनाका कारण उत्पन्न भएको विषम परिस्थितिमा आएको बजेट आकार र कार्यक्रमका दृष्टिकोणमा व्यवहारिक र सन्तुलित रहेको जनाएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बिहीवार आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश गरेका थिए। परिसंघले कोभिड १९ महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवं रोजगारीमा…

    विस्तृतमा पढ्नुस्

  • पहिचान भएको ६ दिनमै कोरोनामुक्त भइन् भक्तपुरका जनप्रतिनिधि

    पहिचान भएको ६ दिनमै कोरोनामुक्त भइन् भक्तपुरका जनप्रतिनिधि

    भक्तपुर : कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्केकी छिन्। यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको…

    विस्तृतमा पढ्नुस्

  • कविपछि गीतकार बने प्रम ओली, गणतन्त्र दिवसको उपहारः ‘बन्छ नमूना नेपाल’

    कविपछि गीतकार बने प्रम ओली, गणतन्त्र दिवसको उपहारः ‘बन्छ नमूना नेपाल’

    काठमाडौं: ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास’ कविता लेखनमा समेत परिचय बनाएका प्रधानमन्त्री केपी शर्मा ओली अब गीतकारका रुपमा पनि चिनिएका छन्। गणतन्त्रको दिवसको अवसर पारी केपी शर्मा ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ। गीतमा स्वदेशमा श्रम, विकास निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ…

    विस्तृतमा पढ्नुस्

  • कालापानी क्षेत्रमा चल्दैन टेलिफोन: प्रहरी सम्पर्कविहीन, टेलिकम टावर माग्दै सञ्चार मन्त्रालयलाई पत्र

    कालापानी क्षेत्रमा चल्दैन टेलिफोन: प्रहरी सम्पर्कविहीन, टेलिकम टावर माग्दै सञ्चार मन्त्रालयलाई पत्र

    दार्चुला : विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको कालापानी क्षेत्रको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ। गत मंसिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो। व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अवरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आग्रह गर्दै पत्रचार गरेको छ। गाउँपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई जितेपछि भीम वली भन्छन् : हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ

    कोरोनालाई जितेपछि भीम वली भन्छन् : हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ

    लमही : काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किएका छन्। काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट बुधवार घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टाइनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे। ‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई,’ नगर प्रमुख पाण्डेले भने। उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन…

    विस्तृतमा पढ्नुस्

  • दाङका सबै कोरोना संक्रमित भारतका विभिन्न स्थानबाट फर्किएका

    दाङका सबै कोरोना संक्रमित भारतका विभिन्न स्थानबाट फर्किएका

    घोराही : दाङमा बुधवार कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन्। दाङमा बुधवार कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित संक्रमितको संख्या १८ पुगेको छ। उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन्। जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणबाट बुधवार एकै दिन कोरोना पुष्टि भएका १५ जनामध्ये घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ जना छन्। घोराही १०…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटनाका दोषीलाई कारबाही गर्न संवैधानिक कानुन व्यवसायी मञ्चको माग

    रुकुम घटनाका दोषीलाई कारबाही गर्न संवैधानिक कानुन व्यवसायी मञ्चको माग

    काठमाडौं : संवैधानिक कानुन व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ। संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईंले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको परिप्रेक्ष्यमा उक्त जघन्य घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी हत्या, कुटपिट, जातीय भेदभावलगायत कसुरमा संलग्नलाई…

    विस्तृतमा पढ्नुस्

  • बाबुको हत्या आरोपमा छोरा पक्राउ

    बाबुको हत्या आरोपमा छोरा पक्राउ

    सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ। बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए। घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दलित हत्या : २० जनाविरुद्ध किटानी जाहेरी

    दलित हत्या : २० जनाविरुद्ध किटानी जाहेरी

    हेमन्त केसी - जाजरकोट : शनिवार पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटना पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन्। वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए। दलित अधिकारकर्मी र…

    विस्तृतमा पढ्नुस्

  • हुरीले रुख ढाल्दा ६ वर्षे बालकसहित दुई जनाको मृत्यु

    हुरीले रुख ढाल्दा ६ वर्षे बालकसहित दुई जनाको मृत्यु

    हेटौडा : हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ। मंगलवार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ। त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका…

    विस्तृतमा पढ्नुस्

  • एकपछि अर्को विपत्ति खेप्दै किसान : लकडाउनका बीच बालीमा रोग र हावाहुरीको प्रकोप

    एकपछि अर्को विपत्ति खेप्दै किसान : लकडाउनका बीच बालीमा रोग र हावाहुरीको प्रकोप

    महोत्तरी : कोरोना महामारीकै बीच महोत्तरीका किसान एकपछि अर्को विपत्ति खेपिरहेका छन्। लकडाउनले आफ्ना उत्पादन बजार पुर्‍याउन नसकेर पिरोलिएका किसानलाई बालीमा रोगको प्रकोप र यसैबेला हावाहुरीको विपत्ति खेप्नु परेको छ। पछिल्लो पटक सोमवार साँझको हावाहुरीले फलफूल सोत्तर पारेको छ। कैयौँ रोगब्याधबाट बचाइएको आँप, लिचीसहितका फल हावाहुरीले बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नपाइएको यहाँका किसान बताउँछन्। ‘यसपालि वैशाखी तरकारी धेरै बोटमै…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइन व्यवस्थित गर्दै पीसीआरको दायरा बढाउन प्रदेश सभा सदस्यको माग

    क्वारेन्टाइन व्यवस्थित गर्दै पीसीआरको दायरा बढाउन प्रदेश सभा सदस्यको माग

    पोखरा : गण्डकी प्रदेश सभाको मंगलवारको बैठकमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरी सरकारले उचित कदम चाल्न माग गरिएको छ। बैठकको शून्य समयमा सदस्यले सीमा क्षेत्रबाट नेपाली भित्रिने क्रमसँगै कोरोना संक्रमण पनि बढिरहेकाले राखिएका क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने र पीसीआरको दायरा बढाउनु पर्ने माग गरे। सदस्यले भित्रिएका सर्वसाधारणको उचित व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। प्रदेश सभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • किट सकिएपछि भक्तपुर अस्पतालमा रोकियो आरडीटी, पीसीआरका लागि स्वाब संकलन भने जारी

    किट सकिएपछि भक्तपुर अस्पतालमा रोकियो आरडीटी, पीसीआरका लागि स्वाब संकलन भने जारी

    भक्तपुर : भक्तपुर अस्पतालमा किट सकिएपछि सोमवारदेखि आरडीटी रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिएकी छिन्। अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब संकलन भने जारी राखेको छ। सोमवार दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जानकारी दिइन्। अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडीटी र ६०५ जनाको पीसीआर गरी कूल…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनासम्मको ब्याज मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

    ६ महिनासम्मको ब्याज मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

    काठमाडौं : नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको ब्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले नेपाल आयल निगमसँग माग राखेको छ। दुई महिना लामो लकडाउनमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता भुक्तानी अवधि बढाउनका लागि आवश्यक पहल गर्न तथा अन्य व्यवसायसरह पम्प व्यवसायलाई पुनर्कर्जाको व्यवस्थाका लागि समेट्न आग्रह गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक

    कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक

    काठमाडौँ : गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ। बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो। सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट हराएको नयाँ स्कुटर मेलम्चीमा भेटियो, दुई जना पक्राउ

    काठमाडौंबाट हराएको नयाँ स्कुटर मेलम्चीमा भेटियो, दुई जना पक्राउ

    काठमाडौं : काठमाडौंबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ। काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेक गर्ने क्रममा मेलम्चीमा भेटिएको हो। प्रदेश ३–०२–००१प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell