भीमदत्तनगर : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना संक्रमण परीक्षण नगरी बिहीवार सम्बन्धित पालिका पठाइएको छ। परीक्षण बिनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ। दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनियरिङ कलेजको क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो। सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टाइनमा जम्मा…
काठमाडौं : काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड-१९ को संक्रमण देखिएपछि वृत्तलाई सिल गरिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो। त्यसपछि वृत्तलाई नै सिल गरिएको उनले जानकारी दिए। दुई दिनअघि यहाँका…
डोटी : कुनै बेला बिरलै देखिने गिद्ध हिजो आज यहाँका जिल्लामा प्रशस्तै मात्रामा देखिन थालेका छन्। प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका बेला जिल्लामा भने यसको संख्यामा निकै वृद्धि भएको बताइएको छ। केही वर्षअघि कहिलेकाहीँमात्रै देखापर्ने गिद्ध अहिले प्रशस्त मात्रामा देखिन थालेका छन्। जिल्लामा गिद्धको संख्या कति छ भनेर गणना नभए पनि विगतमा बिरलै देख्न पाइने गिद्ध…
खलङ्गा : लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन्। लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले १८ बढी आयोजनालाई अनुमति दिएपछि ती आयोजना सञ्चालनमा आउने भएका हुन्। लकडाउनका कारण रोकिएका यहाँका ठूला १८ विकासे आयोजनाको निर्माणको काम सञ्चालनमा गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। उनले भनिन्, ‘लकडाउनका समयमा विकास निर्माणका…
काठमाडौं: नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ। कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यवसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य…
चितवन : माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिबाना गर्ने भएको छ। माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा एक हजार जरिबाना गर्ने जनाएको छ। कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ। निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन…
राजविराज : भारतबाट सप्तरी फर्किएका ६५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँका विभिन्न क्वारेन्टाइनमा राखिएको हो। सप्तरीको बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा मात्र एकसय भन्दा बढी व्यक्तिलाई राखिएको जनाइएको छ। स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सरकारले नेपाल प्रवेश गर्न रोक लगाए पनि लुकीछिपी प्रवेश गर्नेको संख्या अत्यधिक बढिरहेको बताए। उनका अनुसार भारतसँग सीमा…
काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ। विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौं उपत्यकामा पनि संक्रमण बढ्दै गइरहेकाले कामपाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो। कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश…
काठमाडौं: नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ। सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो। स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइडबडी जहाज आज बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज सोमबार राति ग्वाङ्जाओ उडेको…
लकडाउन जारी भएको झण्डै डेढ महिनापछि दाङको तुलसीपुर उपमहानगरपालिका ५ का चन्द्रकला विक राहत पाऊँ भन्दै उपमहानगरपालिकाको कार्यालयमा पुगिन्। उनले वडा कार्यालयमार्फत् पहिलो चरणको राहत लिएको पनि महिना दिन भइसकेको थियो। राहतमा पाएको एक बोरा चामल सकिएपछि फेरि राहत लिन भन्दै पुगेकी थिइन्। नगर प्रमुख घनश्याम पाण्डेले भने यो पटक राहत दिएनन्। बरु कामको प्रस्ताव राखे। लकडाउनको समयमा काम नपाएर…
खलङ्गा : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएका २७५ जनाको रिपोर्ट पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको छ। जिल्लाका क्रियाशील १८ जना पत्रकार र प्रतिष्ठानमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी २५७ जनाको थ्रोट स्वाब संकलन गरी एकैपटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले बताए।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्। प्रेस संयोजक विजय यादवका अनुसार मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएका हुन्। मन्त्री यादवको सचिवालयले उनलाई हृदयघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ।
काठमाडौं : चन्द्रागिरी नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना संक्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो। नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिए। नगरपालिकामा हाल ४० शय्याको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ। चन्द्रागिरी अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ शय्याको रहेको…
गोरखा : गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आइतवार एउटा चितुवा मृतावस्थामा भेटिएको छ। शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए। ‘चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ’, उनले भने, ‘शरीरमा कतै पनि चोटपटक देखिएको छैन।’ मृतावस्थाको चितुवाकोे प्रकृति…
सर्लाही : भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ। कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो। जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ। सोह्र बेसक्याम्प र ८२ ड्युटी पोष्ट बोर्डरमा करिब…
झापाः दक्षिण झापाको कचनकबल १ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५/१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न…
काठमाडौं : जर्मनीमा क्रियाशील नेपाली संघसंस्थाले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट शुक्रवार संयुक्त विरोध पत्र भारतीय दूतावासमा बुझाइएको हो। मञ्चका महासचिव शम्भुप्रसाद पोखरेलले सो विरोध पत्र दूतावासका प्रतिनिधिलाई बुझाएका हुन्।…
चौतारा : कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी पठाइएको छ। खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रवार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो। किटनाशक औषधि छर्केर १४ घण्टा क्वारेन्टाइनमा राखेपछि जाँच पास गरी शनिवार अपराह्न भन्सार यार्डबाट राजधानी पठाइएको भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए। विश्वमा महामारीका…
नारायण ढुङ्गाना - गागा (दार्चुला) : दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ। बुधवार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ। बिहीवारमात्रै सशस्त्र प्रहरीको इञ्जिनियरको टोली सो क्षेत्रको नापनक्सा…
रमेश गिरी - काठमाडौं : सुनसरीबाट भक्तपुरको मध्यपुर थिमि शङ्खधर चोकमा नर्स साथीकाहाँ बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिएकी छिन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको कोठामा गत २९ गते आएर बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना सङ्क्रमण भेटिएपछि नर्सको…