काठमाडौं : कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ। गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो। बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित ९ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी…
विराटनगर : कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आइतवार साँझ निको भई घर फर्केका छन्। घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन्। यसअघि केन्द्रबाट संक्रमितहरु गत वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन्। घर फर्कने राई गत…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी र युवा सङ्गठनले नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै नेपालको सिमाना रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्नुपर्ने र सिमानामा काँडेतार लगाई घेराबार गर्न माग गरेको हो। मन्त्री ज्ञवालीलाई संघका संयोजक रामप्रसाद सापकोटा र अनेरास्ववियुका संयोजक ऐन महरको नेतृत्वमा गएको…
काठमाडौंः कानुनका विज्ञहरुले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रस्तावित संशोधन विधेयकमाथिको छलफलमा उनीहरुले आयोगले सार्वजनिक संस्थासँगै निजी संस्था, गैरसरकारी संस्था, बैंक, राजनीतिक दललगायतलाई अधिकार क्षेत्रमा राख्नुपर्ने बताएका छन्। नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले बैंक…
काठमाडौँः सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आइतबार बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल सरकार निवेदक भएको मुद्दा दोहोर्याइ पाउँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो।…
नारायण अधिकारी- चितवन : लकडाउनका कारण कतिपय मजदुरलाई दैनिक गुजारा गर्न समस्या परेको भएपनि यहाँका मजदुर भने व्यवसायी बनेका छन्। लकडाउन अघि मजदुरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकै जस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन्। मजदुरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पुर्याउन थालेका हुन्। साइकलमा तीन सय रुपैयाँको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय शुरु हुने…
बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। पछिल्ला केही वर्षयता बैतडी जस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन्। इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ वर्षीया अस्मिता साउदमा औलो रोग…
दार्चुला : दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) तत्काल स्थापना हुने भएको छ। गत मंसिरमै नेपाल सरकारले बीओपी राख्ने निर्णय गरेको भए पनि विभिन्नका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रवार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बीओपी राख्ने भएको हो।…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भर्त्सना गरेको छ। राप्रपाका अध्यक्षत्रय प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गरी तत्काल कूटनीतिक वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै भारत सरकारलाई पत्राचार गर्न…
रुकुमपूर्व : र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट सकिएपछि रुकुम (पूर्व)मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचबिना नै घर पठाउन थालिएको छ। प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको हो। भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई…
लुम्बिनी : रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जबर्जस्ती घर पुर्याइएकी महिलालाई पुनः क्वारेन्टाइनमै राखिएको छ। वडा नम्बर १ का अध्यक्ष शिवकुमार यादवले शुक्रवार क्वारेन्टाइनबाट आमालाई जबर्जस्ती घर पुर्याएपछि चौतर्फी विरोध भएको थियो। तीन दिनअघि भारतबाट आएर मर्चवारको भैसागाहनमा रहेको क्वारेन्टाइनमा रहेकी ४८ वर्षीया सावित्री यादवलाई कर्मचारीले नमान्दा नमान्दै अध्यक्ष यादवले घरमा लगेका थिए। भारतबाट लुकीछिपी घरमै आएर बसेकी सावित्रीलाई स्थानीयको विरोधपछि भैसागाहन…
चितवन : देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ। देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मिक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनसमेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो। सुरक्षाका हिसाबले पनि राति उपयुक्त नहुने उनको भनाइ छ। पौडेलले भने, ‘रातको…
भोजपुर : विश्व नै कोरोना भाइरसबाट प्रभावित छ। मानिसहरुमा यसको त्रास बढेको छ। त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन्। अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन्। कोरोनाको आशंकामा बिरामीलाई बोकेर अस्पतालमा पुर्याएको थाहा पाएमा बास बस्न त के पानीसमेत खान नपाउने अवस्था बनेको एम्बुलेन्स चालकहरुको भनाइ छ। कतिपय ठाउँमा कोरोनाका बिरामी…
काशीराम शर्मा- बाँकेः भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए। भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका–१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो। ‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श…
चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उडेको छ। निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्सा उडेको विमानस्थल कार्यालयले जनाएको छ। चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन्। निगमको चीनका विभिन्न गन्तव्यमा यो छैटौँ उडान हो। यसअघि…
इलामः वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो देखिन्छ, न त मानिसको भिडभाड । इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ…
लुम्बिनी : समरीमाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन्। समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन्। नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधमा उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो। उनको स्वास्थ्य जाँच नगरिकनै वडाध्यक्षले जबर्जस्ती घर लगेको…
काठमाडौं : भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको आज उद्घाटन गरेको उनले ट्विटरबाट जानकारी दिएका थिए। कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको शुक्रवार भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको जनाइएको छ। ‘मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न…
बैतडी : आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन। जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन्। गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। तीमध्ये अहिलेसम्म एक हजार १२० जनाको मात्रै…
काठमाडौँ : सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीवार र शुक्रबार गरी कूल २ सय ७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ। सांसद तथा कर्मचारीमा कोभिड–१९ भए/नभएको निक्र्योल गर्न बिहीवार प्रतिनिधिसभाका १ सय ७९ राष्ट्रियसभाका ३३ गरी २ सय १२ सांसद र २ सय २९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो। आज…