PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु, ‘कमजोरी पाइएमा कानुनी प्रक्रिया अगाडि बढ्छ’

    कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु, ‘कमजोरी पाइएमा कानुनी प्रक्रिया अगाडि बढ्छ’

    चितवन : कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिक रूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ। टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उनले बताए। उनले भने, ‘अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानुनी प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ का आठै जिल्ला ‘रेड जोन’मा, लकडाउनमा थप कडाइ गरिँदै

    प्रदेश नम्बर २ का आठै जिल्ला ‘रेड जोन’मा, लकडाउनमा थप कडाइ गरिँदै

    वीरगंज : संघीय सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नम्बर २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेड जोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताए। भारतीय सीमासँग जोडिएको…

    विस्तृतमा पढ्नुस्

  • अब एकल पुरुषलाई पनि मासिक भत्ता !

    अब एकल पुरुषलाई पनि मासिक भत्ता !

    मेलम्ची: एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ। सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। उनका अनुसार पालिकाले सो भत्ता वितरणका…

    विस्तृतमा पढ्नुस्

  • पुरुष र महिलाले एकसाथ गरे आत्महत्या

    पुरुष र महिलाले एकसाथ गरे आत्महत्या

    खस्यौली: रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हिराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन्। घरमा श्रेष्ठकी श्रीमती र छोरा छन्। त्यसैगरी खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। दुवै बुटवलमा बस्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार आरोपमा युवक पक्राउ, भन्छन्: सहमतिमै भेटेको हुँ

    बलात्कार आरोपमा युवक पक्राउ, भन्छन्: सहमतिमै भेटेको हुँ

    सप्तरी: १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ। आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन्। पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आज सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जमा तनाव, प्रहरीमाथि हातपात, गाडी तोडफोड

    नेपालगञ्जमा तनाव, प्रहरीमाथि हातपात, गाडी तोडफोड

    बाँके : निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ। झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ। बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • सीमामा खटिएका सशस्त्र प्रहरीको मृत्यु, कारण खुलेको छैन

    सप्तरी : सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमवार मृत्यु भएको छ। सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन सुरु भएपछि पौने ३ अर्बको औषधि भित्रियो

    काठामाडौं : लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब पौने तीन अर्ब रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रु ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ। मन्त्रालयको तथ्यांकानुसार…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना नलिन शिक्षा मन्त्रालयको आग्रह

    नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना नलिन शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ। कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन १५ जनाको रिपोर्ट पोजेटिभ आएपछि पहाडी भेगका विमान ठप्प, यात्रु धर्नामा

    एकै दिन १५ जनाको रिपोर्ट पोजेटिभ आएपछि पहाडी भेगका विमान ठप्प, यात्रु धर्नामा

    राँझा : निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन्। अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका सो जिल्लाका नागरिक नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन्। यहाँ कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेका छन्। यसअघि पछिल्ला दुई…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जमा थप ३५ जनाको रिपोर्ट आउँदै, १५ जना संक्रमितको उपचार हुँदै

    नेपालगञ्जमा थप ३५ जनाको रिपोर्ट आउँदै, १५ जना संक्रमितको उपचार हुँदै

    कोहलपुर : नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ। खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा रहेकामध्येबाट स्वाब सङ्कलन गरी परीक्षण गर्दा आइतबार थप १५ जनामा सङ्क्रमण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • जापानमा आपतकाल थप एक महिना लम्ब्याउने तयारी

    जापानमा आपतकाल थप एक महिना लम्ब्याउने तयारी

    टोकियो: जापानका प्रधानमन्त्री सिन्जो आबेले आपतकालको अवधि थप एक महिना लम्ब्याउने तयारी गरेका छन्। यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो। तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्‍याउने योजना प्रधानमन्त्री आबेले बनाएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो। सो महिनादिन लामो…

    विस्तृतमा पढ्नुस्

  • भागेका १९ जनालाई प्रहरीले समातेर क्वारेन्टाइनमा राख्यो, महाकालीबाट फेरि ट्युब तरेर आए १० जना

    भागेका १९ जनालाई प्रहरीले समातेर क्वारेन्टाइनमा राख्यो, महाकालीबाट फेरि ट्युब तरेर आए १० जना

    बैतडी: भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ। भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो। जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ। क्वारेन्टाइनमा नबसी घर…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ जना भारतीय पक्राउ

    लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ जना भारतीय पक्राउ

    जलेश्वर: महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका भारतका ११ जना मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए। हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा सप्तरीका एक युवकको मृत्यु

    मलेसियामा सप्तरीका एक युवकको मृत्यु

    राजविराज : सप्तरीबाट रोजगारीको सिलसिलामा मलेसिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए। परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिवार कम्पनीमा काम गर्दै गर्दा खाना खाने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • तातोपानीबाट भित्रिए छ कन्टेनर, सहमति बेगरका सामग्री ल्याइएको भन्दै स्थानीयको विरोध

    तातोपानीबाट भित्रिए छ कन्टेनर, सहमति बेगरका सामग्री ल्याइएको भन्दै स्थानीयको विरोध

    मेलम्ची : चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन्। लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी ‘स्कर्टिङ’ मा कन्टेनर भने भित्रिएका छन्। गएराति छ वटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन्। मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकामा यसरी अरू सामान ल्याउँदा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशले गर्‍यो प्रदेश सभा बोलाउने तयारी

    वाग्मती प्रदेशले गर्‍यो प्रदेश सभा बोलाउने तयारी

    हेटौँडा : वाग्मती प्रदेशको प्रदेश सभा सञ्चालन गर्ने तयारी भएको छ। सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आइतवार प्रदेश सभा भवनको निरीक्षण समेत गरेका छन्। पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेश सभा भवनको अवलोकन गरेका मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ। अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित, ‘हेर्दाहेर्दै दुई बिघाको तरकारी बगायो, हामीले केही गर्नै सकेनौँ’

    बाढीले बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित, ‘हेर्दाहेर्दै दुई बिघाको तरकारी बगायो, हामीले केही गर्नै सकेनौँ’

    लहान : वर्षासँगै आएको बाढीका कारण सिरहास्थित कमला नदीको बगरमा लगाइएको तरकारी तथा फलफूल बाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। कमला नदीको बगरमा लगाएको लौका, फर्सी, काँक्रो, तर्भुजालगायत तरकारी तथा फलफूल बाली बाढीका कारण नष्ट भएपछि किसान चिन्तित भएका हुन्। सिरहा नगरपालिकासहित कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका स्थानीयवासीले वर्षेनी नदीको बगरमा तरकारी तथा फलफूल खेती गर्दै आएका छन्। ‘हामी…

    विस्तृतमा पढ्नुस्

  • जंगली च्याउ खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी

    जंगली च्याउ खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी

    अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नम्बर–६ स्थित खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्। जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन्। तीनै…

    विस्तृतमा पढ्नुस्

  • सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते तीन महिनाकी सुत्केरीलाई काठमाडौं पठाइयो, महिलाका भाइको मृत्यु

    सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते तीन महिनाकी सुत्केरीलाई काठमाडौं पठाइयो, महिलाका भाइको मृत्यु

    राँझा : नेपाली सेनाको गाडीको ठक्करबाट शनिवार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महिनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए। उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो। शनिबार कोहलपुरको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell