PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • पाँच वर्षयता पहिलोपटक उत्तर कोरियाली सैनिकले दक्षिण कोरियातर्फ चलाए गोली, सीमामा गोली हानाहान

    पाँच वर्षयता पहिलोपटक उत्तर कोरियाली सैनिकले दक्षिण कोरियातर्फ चलाए गोली, सीमामा गोली हानाहान

    सियोल: उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन्। दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो। पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए। जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको थियो। दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा…

    विस्तृतमा पढ्नुस्

  • यो वर्ष बिहेको साइत १८ वटा, वैशाखको लकडाउनमै सकिन लाग्यो ७ वटा लगन

    यो वर्ष बिहेको साइत १८ वटा, वैशाखको लकडाउनमै सकिन लाग्यो ७ वटा लगन

    पूर्णप्रसाद मिश्र - काठमाडौँ : वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो…

    विस्तृतमा पढ्नुस्

  • पलाञ्चोक भगवती र चण्डेश्वरीको जात्रा स्थगित

    पलाञ्चोक भगवती र चण्डेश्वरीको जात्रा स्थगित

    बनेपा : विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ। पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहेका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले बाटो नरोक्न भने पनि उदयपुर र खोटाङ जोड्ने पुलमा तारजालीको बार

    गृह मन्त्रालयले बाटो नरोक्न भने पनि उदयपुर र खोटाङ जोड्ने पुलमा तारजालीको बार

    खोटाङ : छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ। उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो। गृह मन्त्रालयले यस्ता बार र अवरोध…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामै फसे ओखलढुङ्गाका मजदुर

    जुम्लामै फसे ओखलढुङ्गाका मजदुर

    ओखलढुङ्गा : ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन्। जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन्। काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन्। कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए। लामो समयको लकडाउनले आफूहरुलाई खान…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा २४१० को नमुना संकलन, ५ सय जनाको रिपोर्ट आउन बाँकी

    प्रदेश २ मा २४१० को नमुना संकलन, ५ सय जनाको रिपोर्ट आउन बाँकी

    जनकपुरधाम : प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ। यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ। सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ। यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन्…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएसँगै बर्दियामा कडाइ, जिल्ला भित्रिने सवारी साधनमा रोक

    बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएसँगै बर्दियामा कडाइ, जिल्ला भित्रिने सवारी साधनमा रोक

    राजापुर : छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित भेटिएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ। दुई जिल्लाका सीमा नाकामा मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकामा शनिवारदेखि सवारी साधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरुपमा अनुगमन गरेर शनिवारदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारी…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति, २९ परिवार विस्थापित

    ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति, २९ परिवार विस्थापित

    ताप्लेजुङ : सदरमुकाम फुङ्लिङमा शुक्रवार राति भएको आगलागीबाट सात करोड रुपैयाँ बढीको क्षति भएको पाइएको छ। शनिवार संकलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको पाइएको हो। सोमध्ये व्यक्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँको क्षति भएको पाइएको छ। आगलागीले आठ घर जलेका थिए। अन्य…

    विस्तृतमा पढ्नुस्

  • ‘विकासको गतिमा कमी आए पनि काम रोकिएको छैन’

    ‘विकासको गतिमा कमी आए पनि काम रोकिएको छैन’

    हेटौँडा : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ‘लकडाउन’का कारण विकासको गति कम भए पनि काम नरोकिएको बताएका छन्। उनले सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्ने क्रममा कामको गतिमा २० देखि २५ प्रतिशतसम्म कमी भएको भए पनि सरकारले गति बढाउनेतर्फ योजना बनाइरहेको जानकारी दिए। उनले हेटौँडा–काठमाडौं मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको काम आगामी जेठ १५ गतेदेखि शुरु हुने…

    विस्तृतमा पढ्नुस्

  • सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

    सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

    कोहलपुर : बाँकेको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्। कोहलपुर नगरपालिका वडा नम्बर ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे ४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर-२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ। बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ…

    विस्तृतमा पढ्नुस्

  • ५४ देशका ३०९ जना विदेशी लिएर कतार एयरवेजको विमान पेरिस उड्यो

    ५४ देशका ३०९ जना विदेशी लिएर कतार एयरवेजको विमान पेरिस उड्यो

    काठमाडौः कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको विमान कतारको दोहा हुँदै पेरिस पुग्नेछ। जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्। यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११…

    विस्तृतमा पढ्नुस्

  • ७० प्रतिशत उद्योगल चैतको तलब दिएनन्

    ७० प्रतिशत उद्योगल चैतको तलब दिएनन्

    काठमाडौं : सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सूचीकरणसम्बन्धी प्रारम्भिक सर्वेक्षणमा ३०…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

    प्रदेश १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

    विराटनगर: विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ। प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए। उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए। मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २०…

    विस्तृतमा पढ्नुस्

  • सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको समस्याः शौचालय छैन, खानेपानीको पनि उस्तै बेहाल

    सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको समस्याः शौचालय छैन, खानेपानीको पनि उस्तै बेहाल

    झलनाथ खनाल - भजनीः कोरोना भाइरसका कारण देश ३९ दिनदेखि लकडाउनमा  छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । लकडाउनको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता छ । भारतमा…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा आगलागीबाट सात घर जलेर नष्ट, दुई घर भत्काएर नियन्त्रणमा लिइयो आगो, राहत दिन सर्वपक्षीय बैठक

    ताप्लेजुङमा आगलागीबाट सात घर जलेर नष्ट, दुई घर भत्काएर नियन्त्रणमा लिइयो आगो, राहत दिन सर्वपक्षीय बैठक

    ताप्लेजुङ: सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन्। फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो। राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए। त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा कालोबजारी रोक्न आपूर्ति विभागले दियो अनुगमनलाई तीव्रता, ७० लाखभन्दा बढी जरिबाना असुल

    लकडाउनमा कालोबजारी रोक्न आपूर्ति विभागले दियो अनुगमनलाई तीव्रता, ७० लाखभन्दा बढी जरिबाना असुल

    काठमाडौं : कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ७० लाख ६५ हजार रुपैयाँ जरिबाना असुल गरेको छ। यस अवधिमा विभागले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा कारबाहीस्वरुप व्यवसायीबाट उक्त रकम असुल गरेको हो। विभागका अनुसार यो लकडाउनपूर्व भन्दा बढी हो। सरकारले गत चैत ११ गतेदेखि नै देशभरि लकडाउन जारी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान बन्द

    कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान बन्द

    बाँके : बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना संक्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ। बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको हो। नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन्। लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन कक्षामा सहभागी हुन सहयोग पुर्‍याउने उद्देश्यले टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज

    अनलाइन कक्षामा सहभागी हुन सहयोग पुर्‍याउने उद्देश्यले टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज

    काठमाडौं : नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई-शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले ज्यान लिइहाले कसरी गर्ने शव व्यवस्थापन? सेनाले गर्‍यो पूर्वाभ्यास

    कोरोनाले ज्यान लिइहाले कसरी गर्ने शव व्यवस्थापन? सेनाले गर्‍यो पूर्वाभ्यास

    लाहन : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाली सेनाले सिरहामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा कोरोना सङ्क्रमित मृतकको सङ्ख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत सिरहाको चोहर्वास्थित शेर गण ब्यारेक…

    विस्तृतमा पढ्नुस्

  • बम विस्फोटमा मृत्यु भएका बालबालिकाको परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिस

    बम विस्फोटमा मृत्यु भएका बालबालिकाको परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिस

    रुपन्देही: प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गर्ने पनि बताएका छन्। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा विस्फोटमा परी पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell