PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • २ सय १२ सांसदसहित ४ सय ३४ जना संसद भवन छिर्न योग्य

    २ सय १२ सांसदसहित ४ सय ३४ जना संसद भवन छिर्न योग्य

    काठमाडौं : सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। यससँगै उनीहरु आजबाट सुरु हुने संसद बैठकका लागि योग्य भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीवार परीक्षण गराएका सबै ४ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ती मध्ये २१२ सांसद र बाँकी संसद्…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन, रेडियोबाटै प्रश्नोत्तरको व्यवस्था

    पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन, रेडियोबाटै प्रश्नोत्तरको व्यवस्था

    पर्वत : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण डेढ महिनाभन्दा लामो समयदेखि लकडाउन जारी छ। लकडाउनका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ। पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा (एसइई) स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • आपूर्ति विभागले बढी मूल्यमा सामान बिक्री गर्ने पसललाई गर्‍यो कारबाही

    आपूर्ति विभागले बढी मूल्यमा सामान बिक्री गर्ने पसललाई गर्‍यो कारबाही

    काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दोहोरो बिल जारी गरेवापत बिहीवार दुई बिक्रेतालाई कारबाही गरेको छ। विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारबाही स्वरुप जरिवाना गरिएको जनाइएको छ। माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई तीन/तीन लाख रुपैयाँका दरले जरिबाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट जनप्रतिनिधि गम्भीर घाइते

    बाघको आक्रमणबाट जनप्रतिनिधि गम्भीर घाइते

    गुलरिया : बाघको आक्रमणबाट गेरुवा गाउँपालिका–४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन्। बिहीवार दिउँसो करिब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो। आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए। खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याइएको छ।

    विस्तृतमा पढ्नुस्

  • विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्री ओलीले गरे दीप प्रज्वलन

    विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्री ओलीले गरे दीप प्रज्वलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन्। प्रधानमन्त्री ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्वलन गरेका हुन्। प्रधानमन्त्री ओलीले बिहीवार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए। उनले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी,…

    विस्तृतमा पढ्नुस्

  • ३४६ नागरिक बोकेर स्वदेश फर्किए दुई चिनियाँ जहाज

    ३४६ नागरिक बोकेर स्वदेश फर्किए दुई चिनियाँ जहाज

    काठमाडौं : चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३४६ नागरिक बोकेर फर्किएका छन्। चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन्। एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए। यी दुई उडानमध्ये…

    विस्तृतमा पढ्नुस्

  • ड्युटीमा खटिएकै अवस्थामा प्रहरी हवल्दारको मृत्यु

    ड्युटीमा खटिएकै अवस्थामा प्रहरी हवल्दारको मृत्यु

    राजविराज : कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको छ।  ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको बिहीवार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।  प्रहरी हवल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को…

    विस्तृतमा पढ्नुस्

  • ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सामग्री आयात गर्न दिन स्थानीय सहमत

    ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सामग्री आयात गर्न दिन स्थानीय सहमत

    मेलम्ची : सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन्। बुधवार तातोपानी भन्सार उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ, भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पोलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपुर्‍याउने सहमति जुटेको हो। चिनियाँ सामग्रीको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीद्वारा भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह

    प्रधानमन्त्रीद्वारा भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनका प्रेस सल्लाहकारका सूर्य थापाका अनुसार प्रम ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा भोलि साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शीघ्र स्वास्थ्य लाभ…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशका प्रहरीलाई आइजिपी ज्ञवालीको निर्देशन : लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्नू

    सातै प्रदेशका प्रहरीलाई आइजिपी ज्ञवालीको निर्देशन : लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्नू

    काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट बुधवार भिडियो कन्फ्रेन्सद्वारा उनले यस्तो निर्देशन दिएका हुन्। आइजिपी ज्ञवालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण सकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा अस्पतालमा कोरोना भाइरसका बिरामीलाई ‘सिस्टर रोबोट’बाट सेवा प्रदान गरिने

    हेटौँडा अस्पतालमा कोरोना भाइरसका बिरामीलाई ‘सिस्टर रोबोट’बाट सेवा प्रदान गरिने

    हेटौँडा : हेटौँडा अस्पतालले देशमा नै रोबोटमार्फत सेवा दिने पहिलो सरकारी अस्पतालका रुपमा नाम दर्ता गराउन लागेको छ। हेटौँडाको कर्रामा रहेको अस्पतालको आइसोलेसन वार्डमा ‘सिस्टर रोबोट’ राखिने भएको छ। इञ्जिनियर एसोसिएसन वाग्मती प्रदेश समितिमार्फत हेटौँडा अस्पताललाई प्राप्त ‘सिस्टर रोबोट’ हस्तान्तरण गरिएको छ। सो रोबोट कोरोना भाइरसको जोखिम कम गर्न उपयोगी हुने जनाइएको छ। स्वास्थ्यकर्मीले बिरामीसम्म प्रत्यक्ष पुगेर जाँच गर्ने, औषधिलगायतका…

    विस्तृतमा पढ्नुस्

  • बहराइनमा हालसम्म २४५ नेपालीमा देखियो कोरोना भाइरसको संक्रमण

    बहराइनमा हालसम्म २४५ नेपालीमा देखियो कोरोना भाइरसको संक्रमण

    काठमाडौं : नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको एक बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ थियो। दूतावासका अनुसार मंगलवारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट निको भई डिस्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • विष्फोटक पदार्थ खेलाउने क्रममा पड्किँदा एक बालक घाइते

    विष्फोटक पदार्थ खेलाउने क्रममा पड्किँदा एक बालक घाइते

    कञ्चनपुर : खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुरको महाकाली नगरपालिका-६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका छन्। बुधवार महाकाली नदी किनारको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएका हुन्। घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। विष्फोट भएको वस्तु पटाका…

    विस्तृतमा पढ्नुस्

  • विदेशी नागरिकलाई घर फर्काउँदै नेपाल, सिड्नी उड्यो नेपाल एयरलाइन्सको वाइड बडी जहाज

    विदेशी नागरिकलाई घर फर्काउँदै नेपाल, सिड्नी उड्यो नेपाल एयरलाइन्सको वाइड बडी जहाज

    काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को विमान २८१ विदेशी नागरिक बोकेर अस्ट्रेलिया उडेको छ। लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अस्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। अस्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो। नेपालस्थित अस्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अस्ट्रेलियन…

    विस्तृतमा पढ्नुस्

  • मजदुरलाई अब राहत होइन काम, ‘राज्यले सधैँ राहत मात्र दिन सक्दैन’

    मजदुरलाई अब राहत होइन काम, ‘राज्यले सधैँ राहत मात्र दिन सक्दैन’

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ले लकडाउनबाट प्रभावित भएर काम नपाएका मजदुरलाई काममा खटाएको छ। लकडाउन भएपछि काम नपाएर प्रभावित बनेका मजदुरलाई वडा कार्यालयले मंगलवारदेखि काममा खटाएको हो। यस अगाडि राहत वितरण गरिएका मजदुरलाई विकास निर्माणको काममा लगाइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार पहिलो दिन १८ जना मजदुरलाई नाला मर्मत तथा सरसफाइमा खटाइएको छ। ‘सधैँ…

    विस्तृतमा पढ्नुस्

  • होटलले कर्मचारीलाई चैत महिनाको पारिश्रमिक दिए/नदिएको सरकारले अनुगमन गर्ने

    होटलले कर्मचारीलाई चैत महिनाको पारिश्रमिक दिए/नदिएको सरकारले अनुगमन गर्ने

    काठमाडौं : होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ। सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्रीलाई विपक्षीको सुझाव : कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिनू

    पर्यटनमन्त्रीलाई विपक्षीको सुझाव : कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिनू

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संघीय संसद्मा रहेका विपक्षी दलका नेताहरुसँग पनि आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा नीति तथा कार्यक्रमका सन्दर्भमा सुझाव लिएका छन्। मन्त्रालयका अनुसार यसअघि सत्तापक्ष नेकपाका सांसदहरुसँग प्रदेशगत रुपमा आफ्नो मन्त्रालयबाट पेश गर्नुपर्ने कार्यक्रमबारे सुझाव लिएका मन्त्री भट्टराईले मंगलवार प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु, पाँच जना घाइते

    चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु, पाँच जना घाइते

    सल्यान : सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएको हो। मंगलवार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। यस्तै चट्याङ लागेर कुमाख…

    विस्तृतमा पढ्नुस्

  • धेरै संख्यामा लक्षण नै नदेखिएका कोरोना संक्रमित भेटिएपछि डब्लुएचओको टोली नेपालगञ्जमा

    धेरै संख्यामा लक्षण नै नदेखिएका कोरोना संक्रमित भेटिएपछि डब्लुएचओको टोली नेपालगञ्जमा

    बाँके : लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ। नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ। नेपालगञ्ज…

    विस्तृतमा पढ्नुस्

  • ‘टेस्ट किट’को अभाव भएपछि हुम्लामा रोकियो कोरोना परीक्षण

    ‘टेस्ट किट’को अभाव भएपछि हुम्लामा रोकियो कोरोना परीक्षण

    सिमकोट : हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागरिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोकिएको छ। जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ। अन्य ६ स्थानीय तहमा किट नहुँदा ठूलो संख्याका जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएकालाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस परीक्षण रोकिएको हो। जिल्ला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell