नरेन्द्रसिंह कार्की - दार्चुला : एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो। कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले छ प्याकेजमा जारी काममध्ये केही ठाउँमा एक दुई…
काठमाडौं : नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये आज दुई कोरियन पर्यटकको शव फेला पारी नेपाल प्रहरीको जिम्मा लगाएको छ। गत माघ ३ गते हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका थिए। हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र आज थप दुई कोरियन…
महोत्तरी : पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढेको छ। कोभिड–१९ सन्त्रास छल्न ‘लकडाउन’ जारी रहेका बेला जिल्लाको वन क्षेत्रमा चोरी सिकारीको क्रम बढेको हो। दुई साताभित्रै डिभिजन वन कार्यालय महोत्तरीको वन सुरक्षा गस्तीले पाँचवटा घाइते वन्यजन्तुको उद्धार गरेको छ। आइतवार मध्याह्नपूर्व जिल्लाको लक्ष्मीनियाँचोक नजीकै घाइते हरिणको उद्धार गरिएको कार्यालय प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। यसै महिनामा तीनवटा…
काठमाडौं : कोभिड-१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ। सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार-सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो। तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ। यस्तै केही सामान भने स्थलमार्गबाट ल्याउने…
भैरहवा : लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ। गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा ६२ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ८९ लाख २३ रुपैयाँ बराबरको आयात भएको थियो। लकडाउनको ३१…
नारायण ढुङ्गाना- काठमाडौं : नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ। स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको…
भोजपुर : प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ। संक्रमित दिनदिनै बढ्दै गएपछि यहाँ एक किसिमको त्रासको अवस्था देखिन्छ। यस्तो बेला प्रदेशका मुख्यमन्त्री शेरधन राई भने कोरोना भाइरसका कारण प्रदेश नम्बर १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरेका छन्।…
कृष्णप्रसाद शर्मा लण्डन : कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ। सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ। यसमा तीन महिला र बाँकी पुरुष छन्। यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ। दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै…
पोखरा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उहाँले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले…
काठमाडौं : केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी/अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको…
तनहुँ : व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएपछि यस क्षेत्र नै शोकमा डुबेको छ। अपाङ्गता भएका १५ वर्षीय छोरा विपिन श्रेष्ठ शुक्रवार, आमा ३४ वर्षीया रविना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिवार मृत भेटिएपछि यतिबेला गाउँ शोकमा डुबेको छ। मृतक छोराको प्रहरीले मुचुल्का तयार गरी शुक्रवार नै शव परीक्षण गरी दाह संस्कारका लागि आफन्तलाई जिम्मा…
गाईघाट : कोरोना संक्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका–३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडामा नमुना स्वाब सङ्कलन गरिएका ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी पाँचको रिपोर्ट आउन बाँकी छ। स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नम्बर १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष…
डडेल्धुरा : डडेल्धुराको महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएपछि दोस्रो चरणको क्यामेरा ट्रयापिङ शुरु गरिएको छ। जिल्लाको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा समुद्री सतहदेखि २ हजार ५०० मिटरको उचाइमा पाटेबाघको इमेज ट्रयाप भएपछि दोस्रो चरणको अध्ययन गर्नका लागि ३० जोडी क्यामेरा जडान गरिएको छ। तराई तथा भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा भागेश्वर करिडोरमा पाटेबाघलगायत अन्य वन्यजन्तुको…
सिबी अधिकारी – देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्। विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले…
दमक : झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता अपनाउन थालिएको छ। गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स (दुबइ) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीवार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि…
बाग्लुङ : कोरोना भाइरसको संक्रमणका कारण धौलागिरी अञ्चल अस्पतालमा २८ दिनदेखि उपचाररत अंशु सापकोटा घर फर्केपछि बाग्लुङ जिल्ला पनि कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन्। उनी गए राति १० बजे अस्पतालबाट घर फर्किन्। अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको…
विराटनगर : सुरुमा नदेखिए पनि प्रदेश १ अहिले मुलुकको कोरोना संक्रमणको केन्द्र बन्न पुगेको छ। प्रदेश १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ। तीमध्ये २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन्। उनीहरुमध्ये ८७…
काठमाडौं : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक नेपालीको शव निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको छ। उक्त हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र हाल थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्न तथा अन्य…
लुम्बिनी : कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ। सरकारले प्रदेश नम्बर ५ का नेपाल–भारत सीमा क्षेत्र बाँकेको जमुनाहस्थित दशगजा र रुपन्देहीको सीमा बेलहियास्थित भारत, नौतनहवा क्वारेन्टाइनमा बसेका २८२ नेपालीलाई शुक्रवार घर फर्काएको छ। नौतनहवास्थित क्वारेन्टाइनमा बसेका ३४६ नेपालीमध्ये शुक्रवार १०१ जना नेपाल प्रवेश गरेका छन्। उनीहरुलाई…
काठमाडौंः राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ। समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र, संक्रमण नरहेको क्षेत्र, जिल्ला, शहरी क्षेत्र, ग्रामीण क्षेत्र साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेत स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण ललडाउन गर्ने गरी छनोटको नीति अवलम्बन गर्न निर्देशन दिएको छ। समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…