PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

    बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

    नयाँ दिल्ली : बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ। आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ। उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ। बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विनाशकारी भूकम्पको पाँच वर्ष, भक्तपुरमा ३५ प्रतिशतमात्र निजी आवास निर्माण

    विनाशकारी भूकम्पको पाँच वर्ष, भक्तपुरमा ३५ प्रतिशतमात्र निजी आवास निर्माण

    भक्तपुरः विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ। भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ। भूकम्पले क्षति पुर्‍याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको संख्या निकै कम रहेको छ। पाँच वर्षको अवधिमा भक्तपुरमा ३५ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगद्वारा कोरोना उपचार कोषमा चार लाख ९३ हजार रुपैयाँ सहयोग

    निर्वाचन आयोगद्वारा कोरोना उपचार कोषमा चार लाख ९३ हजार रुपैयाँ सहयोग

    काठमाडौँः निर्वाचन आयोग नेपालले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रमुख आयुक्त र आयुक्त तथा कर्मचारीका तर्फबाट सहयोग गरेको छ। आयोगले उक्त कोषको खातामा प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक रु ९८ हजार ५१० र गत चैत ११ गते नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको निर्णय अनुसार आयोगमा कार्यरत कर्मचारीको तोकिएबमोजिम दिनको पारिश्रमिक रु तीन लाख ९५ हजार ४२५…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

    क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

    ओखलढुङ्गा : उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका–१ की १६ वर्षीया युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन्। मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो। केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए। शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले बेलायतमा अर्का तीन नेपालीको मृत्यु

    कृष्णप्रसाद शर्मा - लण्डन : बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ। सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए। प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न…

    विस्तृतमा पढ्नुस्

  • बढी मूल्य लिएर नुन बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

    बढी मूल्य लिएर नुन बेच्नेलाई दुई लाख रुपैयाँ जरिवाना

    काठमाडौः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई  दुई लाख रुपैयाँ जरिवाना गरेको छ। विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो।  त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित…

    विस्तृतमा पढ्नुस्

  • श्रमिकको ५० प्रतिशत ज्याला अनुदानको रुपमा थप गरिदिन सरकारलाई निजी क्षेत्रको आग्रह

    श्रमिकको ५० प्रतिशत ज्याला अनुदानको रुपमा थप गरिदिन सरकारलाई निजी क्षेत्रको आग्रह

    काठमाडौं : निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले आज मुख्यसचिव लोकदर्शन रेग्मीसँग गरेको छलफलमा कोरोनाको महामारीबाट उद्योग तथा व्यवसायलाई बचाउन ध्यानाकर्षण गराएका हुन्। लकडाउनका कारण मुलुकका उद्योग, कलकारखाना बन्द प्रायः छन्। आपूर्ति व्यवस्थासमेत…

    विस्तृतमा पढ्नुस्

  • खाद्यान्नमा कालोबजारी गर्ने पसललाई आपूर्ति विभागले गर्‍यो कारबाही

    खाद्यान्नमा कालोबजारी गर्ने पसललाई आपूर्ति विभागले गर्‍यो कारबाही

    काठमाडौं : लकडाउनका समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री गर्ने चार पसल कारबाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले  बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको जनाएको छ। आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिबाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कतारले १७ नेपालीलाई दियो आममाफी

    कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कतारले १७ नेपालीलाई दियो आममाफी

    काठमाडौं : कतारले कोभिड-१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन्। आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन्। लागुऔषध कारोबारजन्य…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट बैतडी आएका सबैको र्‍यापिड टेस्ट गरिने

    भारतबाट बैतडी आएका सबैको र्‍यापिड टेस्ट गरिने

    बैतडी : भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिने भएको छ। भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडिटी गरिने भएको हो। चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना जिल्ला भित्रिएका थिए। तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान

    तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान

    भक्तपुर : चाँगुनारायण नगरपालिका-९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन्। बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा बजारमा लैजाने अवस्था नभएपछि घरमा पालेका तीनवटा गाईलाई खुवाउन थालेका हुन्। गिरीले मात्रै होइन, यो ठाउँका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक गाईलाई खुवाउन थालेका छन्। अधिकांशको घरमा एकदेखि तीनवटासम्म गाई…

    विस्तृतमा पढ्नुस्

  • अटो रिक्सा चालकका पीडा : खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने

    अटो रिक्सा चालकका पीडा : खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने

    सुरुङ्गा : झापाको बाह्रदशी गाउँपालिका-३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउँछन्। उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो। किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने ठूलो चिन्ता छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत एक महिनादेखि मुलुकमा लागू भएको लकडाउनका कारण उनले…

    विस्तृतमा पढ्नुस्

  • अन्य जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने डोटी प्रशासनको निर्णय

    अन्य जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने डोटी प्रशासनको निर्णय

    डोटी : जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले बुधवारबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिर्वाय क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। विश्वभर कोरोना भाइरस संक्रमण बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार, लकडाउनकै बेला दुई जना पक्राउ

    प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार, लकडाउनकै बेला दुई जना पक्राउ

    जीतपुर: कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन्। ती दुवै छिमेकी हुन्। अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ। प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ। स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका लागि आवाज उठाएका…

    विस्तृतमा पढ्नुस्

  • बिहारबाट फर्केका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ

    बिहारबाट फर्केका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ

    धनुषा : धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ। सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याई स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए। वडाध्यक्ष गत चैत २२ मा बिहार राज्यको मधुवनीबाट फर्किएका थिए। स्थानीयवासीको दवाबपछि प्रहरीले उनलाई चैत २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले अलपत्र मजदुर र पैदलयात्रीलाई खाना खुवाउँदै गाडी चढाएर घर पठाउने दम्पती

    लकडाउनले अलपत्र मजदुर र पैदलयात्रीलाई खाना खुवाउँदै गाडी चढाएर घर पठाउने दम्पती

    शंखर पहाडी सर्लाही : कोरोना भाइरसको महामारीले देश लकडाउनमा छ। लकडाउनको मारमा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुर परेको छ। रोजगारी खोसिएपछि अलपत्र परेर आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेका देशका विभिन्न स्थानका ती मजदुर वर्गलाई यहाँको एक दम्पतीले निःशुल्क सहयोग गर्दै आएको छ। भोकभोकै हिँडेको देख्दा निकै नमजा लागेकाले बोलाएर खाना खुवाउने तथा सवारी साधनको व्यवस्था गरी उनीहरुलाई निःशुल्क पठाउने गरेको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन पालना गराउन हिँडेका राजघाटका प्रहरी इञ्चार्ज कुटिए

    लकडाउन पालना गराउन हिँडेका राजघाटका प्रहरी इञ्चार्ज कुटिए

    सर्लाही: लकडाउन पालना गराउने क्रममा प्रहरी चौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ। लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

    पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

    जाजरकोट : जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ। कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए। कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो। खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

    कोरोनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

    कृष्णप्रसाद शर्मा- बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो। स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुंगियो : सेना

    चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुंगियो : सेना

    काठमाडौं : कोभिड-१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुंगिएको नेपाली सेनाले जनाएको छ। मंगलवार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुंगिएको जनाएको हो। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिए। ६७ प्रकारका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell