डोटीको सेती नदीमा पासो थापेर मारेको बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा। पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट
डोटी : जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन्। एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए। उनले भने, 'उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन…
कपिलवस्तुः यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ। वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भएको हो। करिब १ बजे वडा नम्वर ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। दुई अज्ञात व्यक्तिले रिभल्वरले उहाँलाई गोली प्रहार गरेका थिए। वडाध्यक्ष…
नारायण ढुङ्गाना- काठमाडौं : सरकारले कोभिड-१९ का कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ। वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सार्वजनिक खरिद १० औँ संशोधन नियमावली,…
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई अर्थतन्त्र चलायमान बनाउन लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन्। मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रमा असर परेको उल्लेख गर्दे बिहीवार उक्त सुझाव दिएको हो। ‘अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएका ठाउँमा खुकुलो बनाउनु पर्छ, यसले आर्थिक…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ। मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १-९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दुरी…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि समेटिनुपर्ने विषयमा सांसदहरुसँग सुझाव लिएका छन्। पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फबाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा आज प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका हुन्। मन्त्रालयमा भएको छलफलको पहिलो चरणमा नेपाल कम्युनिस्ट…
काठमाडौं : आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी शुरु भएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा आज नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन अफ नेपाल (हान) र ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)सँग…
भरतपुर : चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ। वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो। संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छिन्। उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनका २७ वर्षीय छोरा भने…
भरतपुर : भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ। अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो। दिउँसो १ बजे अस्पताल प्रवेश गरेको अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियाार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका कार्यालय प्रमुख शिवकुमार…
काठमाडौं : राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए)ले कोभिड-१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्यधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ। युएनएफपिएद्वारा आज जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैंगिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ। महिलाको यौन…
काठमाडौँ : पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार नेपाल प्रवेश गरेको यो…
खोटाङ : ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो। घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला…
मेलम्ची : पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ। खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँपालिकाले गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो। स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यान्न परिपूर्ति गर्ने योजनाअनुसार बाहिरको खाद्यान्न प्रवेशमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। स्थानीयले खाद्य तथा…
दमौली : तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा सोमवार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा छ जना घाइते भएका छन्। नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नम्बर को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका-२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक…
महोत्तरी : कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी ‘लकडाउन’का बीच महोत्तरीका आम ग्रामीण गृहिणी इन्धनको जोहोमा लागेका छन्। बाहिर निस्कन अनुकूलता नभएपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’पनि भनिन्छ) बनाउने व्यस्तता बढेको हो। प्रायजसो जिल्लाका सबै स्थानीय तहका ग्रामीण बस्तीमा अहिले महिलाहरु ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो) बोकेर…
वीरेन्द्रनगर : कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ। विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक संकाय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो। ‘अहिले थोरै मात्रामा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको छ’, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले भने, ‘विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन शुरु गरिएको हो।’ निकट भविष्यमा नै त्यसलाई आइएसओ सर्टिफाइड…
उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवितै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन्। पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन…
काठमाडौं: शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिन। कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो। काठमाडौंको बसाइ कठिन भएपछि उनी गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै थिइन्। घरबेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उनले बताइन्। 'घर…
रुकुमपूर्व: सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ। गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए। हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो। बाख्रा चराउन गएका स्थानीयवासीले…