PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • बढी मूल्यमा सर्जिकल मास्क बिक्री गर्ने समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिबाना

    बढी मूल्यमा सर्जिकल मास्क बिक्री गर्ने समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिबाना

    काठमाडौं : बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रवार भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ। अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ। सैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पनि धमाधम भइरहेको छ धरहरा पुनर्निर्माणको काम

    लकडाउनमा पनि धमाधम भइरहेको छ धरहरा पुनर्निर्माणको काम

    काठमाडौं : कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनर्निर्माणको काम भने भइरहेको छ। कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनर्निर्माणको काम भने रोकिएको छैन। गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनर्निर्माणको काम गरिरहेका थिए। काममा खटिएका धेरै नेपाली थिए भने २० जना मात्र बङ्गाली रहेका…

    विस्तृतमा पढ्नुस्

  • 'खै कति दिनमा पुगिन्छ रोल्पा? हाम्रा लागि गाडी कहाँ मिल्छ र! प्रहरीको खप्की खाँदै काभ्रेबाट हिँडेरै आएका हौं'

    'खै कति दिनमा पुगिन्छ रोल्पा? हाम्रा लागि गाडी कहाँ मिल्छ र! प्रहरीको खप्की खाँदै काभ्रेबाट हिँडेरै आएका हौं'

    विक्रम गिरी काठमाडौं: नयाँ वर्षमा घर फर्कने दुई महिना अघिदेखिकै उनको योजना थियो। एक्कासी कोरोना भाइरसको विपत आइलाग्यो। लगत्तै लकडाउन शुरु भयो। केही समयका लागि होला भनेर उनी लकडाउन खुल्ने आश गरेर बसे। एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा नि लकडाउन खुलेन। लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन। यसमा उनले मन मारे। अनी हिँडैर घर फर्कने निर्णयमा…

    विस्तृतमा पढ्नुस्

  • शुल्क तिर्न नसकेका ग्राहकहरुको इन्टरनेट सेवा लकडाउन अवधिभर नकाट्नु : प्राधिकरण

    शुल्क तिर्न नसकेका ग्राहकहरुको इन्टरनेट सेवा लकडाउन अवधिभर नकाट्नु : प्राधिकरण

    काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सञ्चालनमा राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। लकडाउनको समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा कोरोनाले लियो पूर्व गोरखा सैनिकको ज्यान

    बेलायतमा कोरोनाले लियो पूर्व गोरखा सैनिकको ज्यान

    लन्डन : कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ। लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो। स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो। पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए। पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि…

    विस्तृतमा पढ्नुस्

  • खाद्यान्न भन्दै मदिरा ओसार्ने एक जना पक्राउ

    खाद्यान्न भन्दै मदिरा ओसार्ने एक जना पक्राउ

    सप्तरी : लकडाउनका बेला लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन्। अत्यावश्यक वस्तुका नाममा प्रदेश २-०१-००१ त ०५२८ नम्बरको ट्र्याक्टरमा मदिरा ओसार्ने महादेवा गाउँपालिका-१ का ३२ वर्षीय श्रवण मण्डल आज राजविराज नगरपालिका-६ बाट पक्राउ परेका छन्। अत्यावश्यक खाद्यान्न भन्दै मदिरा ओसारिरहेको फेला परेपछि मण्डललाई पक्राउ गरी ट्र्याक्टर र मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न हेलम्बु गाउँपालिकाको आग्रह

    मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न हेलम्बु गाउँपालिकाको आग्रह

    मेलम्ची : हेलम्बु गाउँपालिकाको बिहीवार बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ। गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो। बुधवार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • घर जान पाउनुपर्ने माग गर्दै क्वारेन्टाइनमा बसेकाले गरे बसमा तोडफोड

    घर जान पाउनुपर्ने माग गर्दै क्वारेन्टाइनमा बसेकाले गरे बसमा तोडफोड

    राँझा : बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन्। पन्ध्र दिन क्वारेन्टाइनमा रहेका सबै जनाको कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि उनीहरु आक्रोशित भएका हुन्। आज गरिएको स्वास्थ्य परीक्षणमा क्वारेन्टाइनमा रहेका १८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएपछि नेपालगञ्ज…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई कांग्रेसको आग्रह : स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गरियोस्

    सरकारलाई कांग्रेसको आग्रह : स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गरियोस्

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै रोजगारी, अध्ययन वा अन्य कुनै पनि काममा विश्वका जुनसुकै…

    विस्तृतमा पढ्नुस्

  • धादिङ र चितवनको सिमानामै रोकिए घर हिँडेका मजदुर

    धादिङ र चितवनको सिमानामै रोकिए घर हिँडेका मजदुर

    धादिङ : कोभिड–१९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन्। कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि हिँडेर घर जान लागेका थिए। घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेको हो। बिहानैदेखि तीन सयभन्दा बढी मजदुर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो…

    विस्तृतमा पढ्नुस्

  • बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल परे आपूर्ति विभागको कारबाहीमा

    बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल परे आपूर्ति विभागको कारबाहीमा

    काठमाडौं : दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिबाना गराइएको विभागले जनाएको छ। अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाहीस्वरुप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिँदै दीर्घरोगका बिरामी

    काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिँदै दीर्घरोगका बिरामी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्। महानगरपालिकाले संयुक्त  एम्बुलेन्स चालक संघ नेपालसँगको गहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ रोगका बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गरेको थियो। उक्त सेवाबाट दुई दिनमा ५० जनाले सेवा प्रदान गरेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। त्यस्ता बिरामीलाई…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि भेरी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु

    भोलिदेखि भेरी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु

    नेपालगञ्ज : भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौँबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ। विज्ञको टोलीले पिसिआर(पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डा प्रकाशबहादुर थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पशुपतिका साँढे : अनुमति छैन शिवको बहानलाई मन्दिर पस्न

    लकडाउनमा पशुपतिका साँढे : अनुमति छैन शिवको बहानलाई मन्दिर पस्न

    विक्रम गिरी - काठमाडौं : पशुपतिनाथ मन्दिर मुन्तिर वाग्मती नदी छेउमा एक साधु 'तिर्खा लाग्यो कोही पानी त देउ' भन्दै कराउँदै थिए। वाग्मती किनारमा केही मानिस बसिरहेका देखिन्थे। उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो। आपसमा भलाकुसारी गरिरहेका थिए उनीहरु। अलिक नजिक जाँदा नदी किनारमा शव राखेको देखियो। दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कँदै थिए। धेरै अनुमान गर्नै परेन,…

    विस्तृतमा पढ्नुस्

  • सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

    सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

    रामचन्द्र न्यौपाने - डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ। सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए। चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ।   आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनको उद्धार गरिएको जिल्ला अस्पतालले…

    विस्तृतमा पढ्नुस्

  • सनसिटीमा कोरोना संक्रमित भेटिएपछि भेगमै आरडीटी टेस्ट तीब्र

    सनसिटीमा कोरोना संक्रमित भेटिएपछि भेगमै आरडीटी टेस्ट तीब्र

    काठमाडौं : राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिए/नफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु भएको छ। यही वैशाख १ गते कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा वडा नं ९ को सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका तीन नगरपालिकामा तीव्र गतिमा परीक्षण शुरु भएको हो। तीनै जनाको राष्ट्रिय प्रयोगशालामा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • वृद्ध गैंडा मृत भेटियो, एक वर्षमै २४ को मृत्यु

    वृद्ध गैंडा मृत भेटियो, एक वर्षमै २४ को मृत्यु

    भरतपुर : चितवनमा बुधवार एउटा गैंडा मृत अवस्थामा भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो। उक्त भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ। दिउँसो १ बजेको समयमा उक्त गैडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए। उनले भने, 'बुढो अवस्थाको गैंडा घोलमा…

    विस्तृतमा पढ्नुस्

  • पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिएपछि हेटौँडामा कडाइ, मोटरसाइकल चलाउन रोक

    पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिएपछि हेटौँडामा कडाइ, मोटरसाइकल चलाउन रोक

    हेटौँडाः मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ। भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ। किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ। वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु…

    विस्तृतमा पढ्नुस्

  • अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई-पासको व्यवस्था, अनलाइनमार्फत फारम भर्न सकिने

    अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई-पासको व्यवस्था, अनलाइनमार्फत फारम भर्न सकिने

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था शुरु गरेको छ। गृह मन्त्रालयले सोमवार आयोजना गरेको कार्यक्रममा खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो। ई-पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा प्रशिक्षकहरुको सुझाव: ‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’

    लकडाउनमा प्रशिक्षकहरुको सुझाव: ‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’

    विक्रम गिरी काठमाडौं: यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ। लकडाउनको आज २०औँ दिन। यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन्। कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ। प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ। यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुवैले खेलबाट सफलता प्राप्त गर्न सक्दैनन्। परिस्थिति पहिलाको जस्तो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell