PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

  • प्रशासनको निर्देशन, ‘राहत वितरण गर्दा तीन जनामात्र उपस्थित होऊ’

    प्रशासनको निर्देशन, ‘राहत वितरण गर्दा तीन जनामात्र उपस्थित होऊ’

    केदार मगर- खोटाङः जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ। ‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड देखिएको भन्दै प्रशासनले तीन जना मात्र उपस्थित हुने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो। स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र…

    विस्तृतमा पढ्नुस्

  • साउदीमा चार नेपालीमा कोरोना संक्रमण, तीन जना भए निको

    साउदीमा चार नेपालीमा कोरोना संक्रमण, तीन जना भए निको

    काठमाडौं : कोभिड-१९ का कारण रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्। हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गइसकेको छ। १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको संक्रमणमा परेका छन्। नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना उपचार कोषमा महान्यायाधिवक्ता कार्यालयको सात लाख सहयोग

    कोरोना उपचार कोषमा महान्यायाधिवक्ता कार्यालयको सात लाख सहयोग

    काठमाडौँः महान्यायाधिवक्ताको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सात लाख रुपैयाँभन्दा बढी रकम सहयोग प्रदान गरेको छ। कार्यालयका अनुसार सरकारले स्थापना गरेको उक्त कोषमा सहयोगस्वरुप महान्यायाधिवक्ता कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट सात लाख १५ हजार ४५५ रुपैयाँ प्रदान गरिएको हो।  कोषमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एक महिनाको तलब बराबरको ६८ हजार ७४१ रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै राजपत्राङ्कित विशिष्ट…

    विस्तृतमा पढ्नुस्

  • काँकडभिट्टा नाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयमा कोरोनाको त्रास

    काँकडभिट्टा नाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयमा कोरोनाको त्रास

    भद्रपुर : काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन्। हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन्। चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन्। उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन्। उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला…

    विस्तृतमा पढ्नुस्

  • ११ दिनपछि उठ्यो बाबुरामको शव, परिवारलाई आर्थिक सहयोग गर्ने सहमति

    ११ दिनपछि उठ्यो बाबुरामको शव, परिवारलाई आर्थिक सहयोग गर्ने सहमति

    बुटवलः बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ। बुधबार भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन्। उपचारमा लापरवाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन्। प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच…

    विस्तृतमा पढ्नुस्

  • एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन

    एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन

    कास्की: नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ। दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ आएको हो। तीनै…

    विस्तृतमा पढ्नुस्

  • खरिपाटी क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, मङ्गलवार फर्किए घर

    खरिपाटी क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, मङ्गलवार फर्किए घर

    काठमाडौं : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कोरोना विभिन्न देशबाट आएपछि सीधैं क्वारेन्टाइनमा लगिएका उनीहरु मङ्गलबार घर फर्किए। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा बताएका हुन्। नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने व्यवस्था गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा नक्कली स्यानिटाइजर बिक्री गर्ने युवती पक्राउ

    भक्तपुरमा नक्कली स्यानिटाइजर बिक्री गर्ने युवती पक्राउ

    काठमाडौं : भक्तपुर कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको खुलेको छ। फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ की २८ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाका आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा पुगी अनुसन्धान गरेका थिए। त्यहाँ खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको…

    विस्तृतमा पढ्नुस्

  • तातोपानी नाका खोल्न चीन तयार, केन्द्रीय सरकारबाट स्थानीय प्रशासनलाई आयो यस्तो निर्देशन

    तातोपानी नाका खोल्न चीन तयार, केन्द्रीय सरकारबाट स्थानीय प्रशासनलाई आयो यस्तो निर्देशन

    मेलम्ची : चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ। कोभिड-१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्रालयबाट चीन…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

    कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

    चन्द्रौटा : कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमवार साँझ उपचारका क्रममा मृत्यु भएको थियो। एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बञ्जाडेले बताए। बिरामीलाई शुक्रवार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • संसद्को पाँचौँ अधिवेशन : प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित

    संसद्को पाँचौँ अधिवेशन : प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित

    काठमाडौं : संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल २६ बैठक बसेका थिए। गत पुस ४ गतेदेखि शुरु भएको अधिवेशनले प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्वाचित गरेको थियो। यस्तै राष्ट्रियसभामा १८ सांसदको विदाई र नयाँ १८ निर्वाचित सदस्य समेत पाएको छ। कूल…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बैंकको तीन अर्ब बढी सहयोग

    कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बैंकको तीन अर्ब बढी सहयोग

    काठमाडौं : विश्व बैंकले कोभिड-१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरे। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र ‘आइसोलेसन वार्ड’स्थापना, देशका विभिन्न भागमा…

    विस्तृतमा पढ्नुस्

  • जापानमा आपतकाल घोषणा, प्रधानमन्त्री अबेले अघि सारे १० खर्ब डलरको आर्थिक प्याकेज

    जापानमा आपतकाल घोषणा, प्रधानमन्त्री अबेले अघि सारे १० खर्ब डलरको आर्थिक प्याकेज

    टोकियो: जापानका प्रधानमन्त्री शिन्जो अबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन्। 'जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु। म आपतकालीन अवस्था घोषणा गर्दछु,' अबेले भने। 'विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा' नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक…

    विस्तृतमा पढ्नुस्

  • डेढ करोड बराबरको सामग्री एनआरएनले सरकारलाई दिने, बाँकी उठेको रकम विदेशमा बस्नेका लागि परिचालन

    डेढ करोड बराबरको सामग्री एनआरएनले सरकारलाई दिने, बाँकी उठेको रकम विदेशमा बस्नेका लागि परिचालन

    काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ। सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट रु एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद…

    विस्तृतमा पढ्नुस्

  • सुनका औँठी र सिक्री लगाएर आइफोन चलाउँदै राहत लिने लाइनमा...

    सुनका औँठी र सिक्री लगाएर आइफोन चलाउँदै राहत लिने लाइनमा...

    भक्तपुर : लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन्। कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ। हातमा आइफोन बोकेका,…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संक्रमण फैलिन नदिन म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

    कोरोनाको संक्रमण फैलिन नदिन म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

    गलेश्वर : म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले भोटेताल्चा लगाएका छन्। कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका-६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन्। आपत्कालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका-६ दरबाङका वडाध्यक्ष सन्तनाथ सुवेदीले बताए। लुकीछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामेबार राखेर…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट आयो नेगेटिभ

    कर्णालीमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट आयो नेगेटिभ

    सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंकामा परीक्षण गरिएका ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। कर्णाली प्रदेश अस्पतालमा पोलिमिरेज चेन रियाक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड-१९ को परीक्षण गरिएको बताए। ‘स्वाब संकलनका…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्किएकासँगै उनीहरुका परिवारलाई पनि राखियो क्वारेन्टाइनमा

    विदेशबाट फर्किएकासँगै उनीहरुका परिवारलाई पनि राखियो क्वारेन्टाइनमा

    काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखिएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो। सो गाउँपालिकामा चैत १ गतेयता नौ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए। संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको…

    विस्तृतमा पढ्नुस्

  • बैठकमा सहभागी हुन कालीकोट गएका कानुनमन्त्री भण्डारी ‘थ्रोट स्वाब’ लिएर फर्किए सुर्खेत

    बैठकमा सहभागी हुन कालीकोट गएका कानुनमन्त्री भण्डारी ‘थ्रोट स्वाब’ लिएर फर्किए सुर्खेत

    सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानुनमन्त्री भण्डारी बैठक सम्पन्न भएपछि सोमवार नै पाँचजनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका हुन्। मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका-१ कालीकोटका एक, वडा नम्बर २ का एक, कतारबाट आएका सोही गाउँपालिका वडा नम्बर ४…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धमा यस्तो सतर्कता : पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

    कोरोनाविरुद्धमा यस्तो सतर्कता : पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

    गोरखा : कोेरोना भाइरस (कोभिड-१९)को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका-७ ले गाउँमा आएका पाहुनालाई समेत ससम्मान आफ्नै घर फर्काउन थालेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो। सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै  कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell