PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

  • लकडाउनको समय बढाउँछौँ : गृहमन्त्री थापा

    लकडाउनको समय बढाउँछौँ : गृहमन्त्री थापा

    रमेश लम्साल/नारायण ढुङ्गाना काठमाडौः सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो। नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए। राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको विशेष अन्तरवार्तामा गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने…

    विस्तृतमा पढ्नुस्

  • एक महिलाको घरभित्र गोली हानी हत्या

    एक महिलाको घरभित्र गोली हानी हत्या

    डोटीः जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० र्षीया अनिता वनको गोली हानी हत्या भएको छ । आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। उनले भने, 'म घटनास्थलमा आफैं खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ।' भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोरोना भाइरसका कारण एकै दिन चार नेपालीको निधन

    अमेरिकामा कोरोना भाइरसका कारण एकै दिन चार नेपालीको निधन

    अमेरिकाको न्यू योर्कमा रहेका चारजना नेपालीको शनिवार कोरोना भाइरसका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको संख्या पाँच पुगेको छ। शनिवार अरू चार जनाको निधन भएको हो। उनीहरु सबै न्यू योर्कमा बस्दै आएका थिए। निधन भएकाहरुको परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी…

    विस्तृतमा पढ्नुस्

  • धुलिखेल अस्पतालमा आइतवारदेखि कोरोना परीक्षण शुरु

    धुलिखेल अस्पतालमा आइतवारदेखि कोरोना परीक्षण शुरु

    बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना संक्रमणको शंकास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ। परीक्षणका लागि विदेशबाट आएका र केही शंकास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ। विदेशबाट फर्किएका र केही शंकास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ। सरकारले ‘टेस्ट किट’ उपलब्ध गराएपछि आजदेखि परीक्षणका लागि स्वाब लिएको अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  • ट्युबबाट महाकाली तरेर आएका कोरोना संक्रमितलाई समात्ने सशस्त्रको टोली आफैं क्वारेन्टाइनमा

    ट्युबबाट महाकाली तरेर आएका कोरोना संक्रमितलाई समात्ने सशस्त्रको टोली आफैं क्वारेन्टाइनमा

    भीमदत्तनगर: कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ। भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट ट्युबबाट महाकाली नदी तरेर नेपाल प्रवेश गरेका थिए। लगत्तै सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। 'भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा…

    विस्तृतमा पढ्नुस्

  • होहल्ला गरेको भन्दै रुसमा ५ जनाको गोली हानेर हत्या

    होहल्ला गरेको भन्दै रुसमा ५ जनाको गोली हानेर हत्या

    मस्को: रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन्। अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए। मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन्। यो घटना शनिबार राति…

    विस्तृतमा पढ्नुस्

  • ‘हामी नेपालमै सुरक्षित छौँ’ भन्दै स्वदेश फर्किन मानेनन् मनाङ आएका विदेशी पर्यटक

    ‘हामी नेपालमै सुरक्षित छौँ’ भन्दै स्वदेश फर्किन मानेनन् मनाङ आएका विदेशी पर्यटक

    मनाङ : मनाङ घुम्न आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए। उनका अनुसार ती पर्यटकहरु अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मनी, इजरायल लगायतका युरोपियन देशका नागरिक रहेका छन्। माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा १४१ शय्याको क्वारेन्टाइन, विदेशबाट आएका ८६१ गाउँ डुल्दै

    हुम्लामा १४१ शय्याको क्वारेन्टाइन, विदेशबाट आएका ८६१ गाउँ डुल्दै

    सिमकोट : हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन्। कोरोना भाइरसको संक्रमण फैलन नदिन ती गाउँपालिकाका ४४ वडामा १४१ शय्याको क्वारेन्टाइनस्थल तयार गरिएको हो। तर, क्वारेन्टाइनमा आधारभूत सुविधासमेत नभएपछि यहाँका स्थानीयले बस्न नमानेको बताइएको छ। सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेन्टाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले केही दिन अगाडिदेखि महिनाको ३० हजार तिर्ने गरी घर भाडामा…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनए ग्लोबल हेल्थ कमिटी भन्छ : अमेरिकामा ५ सय नेपालीमा कोरोना, संक्रमित प्राय सेल्फ क्वारेन्टाइनमा

    एनआरएनए ग्लोबल हेल्थ कमिटी भन्छ : अमेरिकामा ५ सय नेपालीमा कोरोना, संक्रमित प्राय सेल्फ क्वारेन्टाइनमा

    गत साता कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको निधन भयो। हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा उनी एक्ला नेपाली हुन्। तर, उनीजस्तै विभिन्न प्रयोजनका लागि अमेरिकामा रहेका नेपालीमूलका अमेरिकी, नेपाली भाषी एवं नेपाली यस विश्वव्यापी माहामारीको चपेटामा परेका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डाक्टर केशव पौडेलका अनुसार अमेरिकामा करिब ५०० नेपाली कोरोना…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका हजार जनाभन्दा बढी आफ्नै घरमा

    भारतबाट आएका हजार जनाभन्दा बढी आफ्नै घरमा

    दैलेख : कोरोना भाइरसको संक्रमण फैलिन नदिन यहाँका ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ। भारतलगायत अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको संख्या एक हजारभन्दा बढी पुगेपछि सतर्कतामा चुनौती बढेको हो। भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन्। घरमा बसेका उनीहरूलाई सतर्कता अपनाउन…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकारलाई श्रमिक पहिचान गर्न सकस : अनुमान ३०० परिवारको, एउटै वडाबाट आयो दुई हजारको आवेदन

    स्थानीय सरकारलाई श्रमिक पहिचान गर्न सकस : अनुमान ३०० परिवारको, एउटै वडाबाट आयो दुई हजारको आवेदन

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका क्रममा सरकारले दैनिक ज्याला गरी जीविकोपार्जन गर्नेलाई राहत दिने घोषणा गरेपछि स्थानीय तहलाई छनोटमा सकस भएको छ। सरकारले स्थानीय तहकै स्रोतबाट मजदुर एवं विपन्न वर्गको लगत संकलन गरी राहत दिन निर्देशन दिएको थियो। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना एउटा वडामा दुईदेखि ३०० सम्म मजदुर परिवार होलान् भन्ने अनुमान गरी संकलन शुरु गरेकामा…

    विस्तृतमा पढ्नुस्

  • हातमा सेनिटाइजर दल्दै ग्यास लिनेको लाइनमा, ‘सहज रुपमा पाइन्छ खाना पकाउने ग्यास’

    हातमा सेनिटाइजर दल्दै ग्यास लिनेको लाइनमा, ‘सहज रुपमा पाइन्छ खाना पकाउने ग्यास’

    काठमाडौं : ‘तपाईँको नाम?’ ‘सुमन थापा।’ ‘कुन कम्पनीको ग्यास हो?’ ‘राजधानी।’ ‘एकै छिन बस्नुस् है।’ अर्का कर्मचारीले थापालाई हातमा सेनिटाइजर थाप्न भने। सेनिटाइजर दल्दै ग्यास लिन आएका थापा केही मिटरको दुरीमा परै बसे। ‘खुद्रा पैसा मिलाएर दिनुस् है,’ मास्क लगाएर नाम लेखिरहेका कर्मचारीले भने। थापाले ६८७ रुपैयाँ ती कर्मचारीलाई दिए। भित्रबाट ग्यास आयो, ताहाचलबाट आएका थापाले ७।१ किलो अर्थात् आधा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको सदुपयोग गर्दै सडक डिभिजन कार्यालय : यसरी हुँदैछ काठमाडौंमा सडक ‘मार्किङ’

    लकडाउनको सदुपयोग गर्दै सडक डिभिजन कार्यालय : यसरी हुँदैछ काठमाडौंमा सडक ‘मार्किङ’

    नारायण ढुङ्गाना- काठमाडौं : महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका करिब २०० मुलुक प्रभावित छ। छिमेकी मुलुकहरुमा फैलिएको रोगको संक्रमण नेपालमा पनि बढ्नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी दिइसकेको छ। रोगबाट मुलुकलाई जोगाउन सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’को आज ११औँ दिनसम्म मानिसको आवाजावत ठप्प छ। अत्यावश्यक बाहेकको काम हुन सकिरहेको छैन। यस्तो अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था छाड्न धम्की दिने दुई जना पक्राउ

    स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था छाड्न धम्की दिने दुई जना पक्राउ

    दुल्लू : नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन्। चिकित्सक दिपक सुवेदी सहितका स्वास्थ्यकर्मीलाई शुक्रवार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ। उनीहरुले बिरामीलाई किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएको बताइएको छ। नौमुले गाउँपालिकाको आफ्नै घरमा लुकेर बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको दुई संक्रमितको उपचार भइरहेकै अस्पतालमा छैन आइसीयू!

    कोरोनाको दुई संक्रमितको उपचार भइरहेकै अस्पतालमा छैन आइसीयू!

    तारानाथ आचार्य - बलेवा : वाग्लुङका दुई जनामा कोभिड -१९ को संक्रमण देखिएको छ तर अस्पतालमा आइसीयुसमेत छैन। संक्रमित दुवैजना धौलागिरि अञ्चल अस्पताल वाग्लुङको आइसोलेसन वार्डमा छन्। यहाँमात्र होइन जिल्लामा आइसियु भएको अस्पतालसमेत छैन। प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रो पटक पठाएको भेण्टिलेटर बिहीवार साँझ धवलागिरि अञ्चल अस्पताल बागलुङमा आइपुगेको त छ तर त्यसलाई चलाउने व्यक्ति छैन। अघिल्लो साता पठाइएको भेण्टिलेटर अस्पतालले…

    विस्तृतमा पढ्नुस्

  • उकुसमुकुसमा प्रतिमा, खुशी साट्न रोक्यो कोरोनाले

    उकुसमुकुसमा प्रतिमा, खुशी साट्न रोक्यो कोरोनाले

    विक्रम गिरी - काठमाडौँ : दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ। उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन्। कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन्। उनको शरीर अमेरिकामा त मन नपालमै छ। अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिमा कहीँकतै निस्कन मिल्ने अवस्था छैन। हाल अमेरिकाको क्यालिफोर्नियामा स्‍नातक तहमा अध्ययनरत प्रतिमा बिहीवार फोर्ब्स पत्रिकाले…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा शनिबारदेखि कोरोना भाइरसको परीक्षण हुने

    चितवनमा शनिबारदेखि कोरोना भाइरसको परीक्षण हुने

    चितवन : राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमुना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ। शनिवार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो। स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधवार यहाँ आएर बिहीवार दिनभर स्थानको अध्ययनमा खटिएको थियो। सो प्रयोगशाला, कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी र शिकारीको टोलीबीच गोली हानाहान, तीन जना पक्राउ

    प्रहरी र शिकारीको टोलीबीच गोली हानाहान, तीन जना पक्राउ

    विराटनगर : मोरङमा बनमा चोरी शिकारी गर्ने समूह र बन कर्मचारीबीच आज दोहोरो गोली हानाहान भएको छ। मोरङको सलकपुर सामुदायिक बन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी बन क्षेत्रमा चोरी शिकारी गर्ने समूह र बनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन बन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए। जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा बन रक्षक र सशस्त्र…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर

    विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर

    सिन्धुली : सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन्। विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन्। स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालसम्म विदेशबाट घर फर्किएका एक सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट…

    विस्तृतमा पढ्नुस्

  • विपन्नको लगत संकलन नहुँदा झापामा राहत वितरणमा ढिलाइ

    विपन्नको लगत संकलन नहुँदा झापामा राहत वितरणमा ढिलाइ

    भद्रपुर : कोरोना भाइरसको रोकथामका लागि सरकारले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आदेश दिँदै लकडाउन गरेको दश दिन बितिसक्दा झापाका अधिकांश स्थानीय तहले विपन्न समुदायलाई राहत वितरण गर्न सकेका छैनन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका मजदुरलगायतका विपन्न परिवार लामो लकडाउनका कारण भोकमरीमा परेका छन्। यस्तो बेला नगरपालिका र गाउँपालिकाले राहत बाँड्न विलम्ब गर्न नहुने नागरिक समाजबाट आवाज उठ्न थालेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell