दमौली : कोरोना भाइरस (कोभिड-१९)को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन्। नियमित डायलासिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन्। दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलासिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ। लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६…
सप्तरीः नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन्। कोभिड…
काठमाडौं: काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ। यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन्। तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे। लकडाउनपछि भोकै छन्। तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने…
काठमाडौं : कोरोना भाइरसबाट बढी संक्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा संक्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन्। तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए। ‘यसरी हिँड्नेका विषयमा महानगरीय वृत्त बौद्ध,…
कास्कीः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा रु १४ लाख ८० हजार १३० उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताइएको छ। त्यसैगरी प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छा अनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय…
राँझाः फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको…
हेटौँडा : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमवारदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस (कोभिड-१९)को परीक्षण हुने बताएका छन्। आइतवार मन्त्री दुलालले हेटौँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड-१९ को परीक्षण गरिने बताए। उनले त्यहीँ स्वाब संकलन गरेर त्यहीँ परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताए। मन्त्री दुलालले प्रदेश नम्बर २…
तम्घास : गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमवारदेखि रातो झण्डा राख्न लागिएको हो। भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए। ‘झण्डा राखिएको घरमा कोही…
नारायण ढुङ्गाना- काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराइने भएको छ। राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनले आफ्नै पहलमा आइतवारदेखि उक्त अभियान शुरु…
धनुषा : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका हुन्। माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभूमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको पालभित्र…
जाजरकोट : जाजरकोटमा विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो। छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो। जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी…
दैलेख : विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलन कार्यलाई तीव्र बनाएको छ। पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ। जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४५० नागरिक भारतबाट आएको बताए। संख्या अझै बढ्नसक्ने उनको भनाइ छ। ज्वरोका बिरामीको संख्या…
ललितपुर : गोदावरी नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा हाल कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको मृत्यु भएमा उनीहरुका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको शनिवार बसेको आकस्मिक बैठकले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिका प्रमुख गजेन्द्र महर्जनले…
जाजरकोट : चारैतिर कोरोनाको जोखिम बढेका बेला जाजरकोटमा वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु स्वास्थ्य परीक्षण छल्न धमाधम चोरबाटोबाट गाउँ फर्किँइरहेको पाइएको छ। गाउँगाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले जनाएको छ। बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को (चोर) बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख…
चितवन: कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ। सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो। भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए। कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु…
बुटबल: प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी दिए। उनका अनुसार १३ जनामध्ये केहीको रिपोर्ट आउन बाँकी रहेको र…
गलकोट: कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १९ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ। घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए। ‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था होइन,’ डा पोखरेलले भने, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा…
धनुषा : जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि शनिवार जनकपुरधाम-४ का ३६ वर्षीय राजेशकुमार झालाई पक्राउन गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरस्थित बजरङ्ग जनरल स्टोरमा मास्क प्रतिथान ७५० रुपैयाँ र पञ्जा प्रतिपोका ५००…
काठमाडौं : काठमाडौं महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहोर व्यवस्थापनको काम भइरहेको जनाएको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हुँदा फोहोर नउठे पनि आगामी दिनमा नियमित फोहोर संकलन हुने दृढता व्यक्त गरे। केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहोर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको…
पोखरा : लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटकलाई शनिवार बसमार्फत काठमाडौं पठाइएको छ। लकडाउनसँगै होटेल तथा रेस्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडौंसम्म पुर्याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध संघ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडौंसम्म पुर्याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका…