गलकोट : बिहीवार साँझ नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए। साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आएकी ती वृद्धालाई अस्पताल ल्याउने तयारीमा जुट्यो। जिल्ला विपद् व्यवस्थापन समितिको चैत १६…
काठमाडौं : सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन्। सरकारले ‘लकडाउन’ लम्बाउँदा राष्ट्रिय गौरबको सो आयोजनामा कार्यरत कामदारमध्ये अधिकांश नेपाली घर फर्कएका हुन्। पहिलो पटक ‘लकडाउन’ घोषणा हुँदा सिन्धुपाल्चोककै कामदारले काम छाडे पनि अरु जिल्लाबाट आएका कामदार काम गरिरहेका थिए। अहिले…
सञ्चिता घिमिरे- काठमाडौँः कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन्। ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ। कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग…
बुटवल : नेपालका विभिन्न क्षेत्रमा मजदुरी गरी बसेका भारतीय नागरिकलाई प्रशासनले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ। महामारीका रुपमा विश्वभरनै फैलिएको केरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका बेला निस्किएका भारतीय मजदुरलाई रुपन्देही जिल्ला प्रशासनले उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो। भारतका विभिन्न क्षेत्रका स्थायी बासिन्दा रहेका १५० भन्दा बढी मजदुरलाई लकडाउनको समयमा भारततर्फ जाँदै गरेको अवस्थामा…
काठमाडौं : कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्री गरेको छ। कर्पोरेसनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरेको जनाएको छ। उपभोक्ताको मागअनुसार भ्यान पठाएर खाद्यान्न बिक्री गरिँदै आएकामा आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट…
काठमाडौं: कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उलङ्घन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो। अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। नियन्त्रणमा…
काठमाडौं: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकांश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ। सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको…
पेरिस : कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी विवरणका आधारमा समाचार संस्था एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ। कोभिड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित छन् भने ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ। इटालीमा मात्र १२ हजार ४२८ जनाको…
सिंगापुर: साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ। कोरोना भाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ। गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो। तर, भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो। बुधबार एसियाली बजारमा अमेरिकी…
काठमाडौं : उपत्यकाबाहिर कोरोना (कोभिड-१९)को नमुना परीक्षण धमाधम भइरहेको छ। मंगलवार परीक्षणका लागि मेसिन पुगेपछि सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम भइरहेको जनाइएको छ। धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा परीक्षण सोमवारदेखि नै शुरु भएको हो। अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए। ती सबैको नेगेटिभ रिर्पोट आएको उनले जानकारी दिए। अरूको थप परीक्षण…
डोटी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताएका छन्। प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र अस्पताल डोटीबाट धनगढी सार्न परिपत्र गरेका बेला मुख्यमन्त्री भट्टले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै यसबारेमा प्रदेश सरकारसँग समन्वय नगरिएकाले मान्य नहुने चेतावनी दिए। मुख्यमन्त्री भट्टले प्रदेश प्रहरी…
काठमाडौं : काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन्। राहत वितरण शुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए। मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट…
लुम्बिनी : ‘धन्य हो सरकार, अब यति भए बाँचिन्छ।’ एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन्। उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन्। ‘हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु,’ सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो। उनको भान्सामा तेल र नुन सकिएको…
घोराही : घोराहीको बुद्ध इन्टरनेसनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ। केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दै आएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो। स्टाफ नर्स सिर्जना खड्कालाई उनका घरबेटी आचार्यले…
काठमाडौं : सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ। भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन्। कोरोनाको संक्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको संख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री…
काठमाडौं : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधवारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ। नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ। नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न…
रारा : कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ। कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा सङ्घीय सरकारबाट प्राप्त स्वास्थ्य साम्रगी हस्तान्तण गर्न आज मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताए। अझै सशक्तरुपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका…
सोलुखुम्बु: कोरोना भाइरस (काभिड १९)को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ शय्याको क्यारेन्टाइन र ४८ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ। सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन्। एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हालसम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाइएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन। वैदेशिक रोजगारीबाट…
कास्की : बागलुङकी कोरोना भाइरस संक्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ। पोखरा महानगरपालिका-२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ। उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन्। युवतीलाई गत शनिवार कोरोना संक्रमण…
सोलुखुम्बु : कोरोना भाइरस (काभिड-१९)को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ श्ययाको क्यारेन्टाइन र ४८ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ। सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन्। एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हालसम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाइएको छ भने क्वारेन्टाइनमा एक जना पनि राखिएको छैन। वैदेशिक रोजगारीबाट…