PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

  • प्रधानसेनापति थापाको निर्देशन : बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्नुस्

    प्रधानसेनापति थापाको निर्देशन : बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्नुस्

    काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खटिने सकलदर्जालाई बहादुरी नभई बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन्। प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनपछि मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट गरियो उद्धार

    लकडाउनपछि मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट गरियो उद्धार

    ठिनी : कोभिड-१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लकडाउन’ गरेपछि मुस्ताङमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ। मुस्ताङका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको आज जिल्ला प्रशासन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय र पर्यटक प्रहरीको समन्वयमा उद्धार गरिएको हो। पर्यटकलाई काठमाडौं पुर्‍याउन दुई बसको व्यवस्था मिलाएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण राजविराजमा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा

    लकडाउनका कारण राजविराजमा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा

    राजविराज : कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अह्वान गरेको लकडाउनले जिल्लाको विभिन्न ठाउँका बजार, पसल पूर्णरुपमा बन्द भएका कारण सहज रुपमा ग्यास उपलब्ध नभएको उपभोक्ताले गुनासो गरेका छन्। राजविराजका ग्यास बिक्रेता ग्यास अभाव रहेको भन्दै उपभोक्तालाई बढी मूल्यमा…

    विस्तृतमा पढ्नुस्

  • ‘रसुवालाई कोरोनाको डर छैन’

    ‘रसुवालाई कोरोनाको डर छैन’

    रसुवा : चीनसँग सिमाना जोडिएको जिल्ला भए पनि हालसम्म रसुवामा कोरोना भाइरसको आशंका कहीँ कतै भएको छैन। सामान्य परीक्षणका लागि जिल्ला अस्पताल आउनेको संख्या पनि फाटफुट मात्र रहेको अस्पतालले जनाएको छ। जिल्लामा करिब ४३ हजार जनसंख्या छ। जिल्ला अस्पताल धुञ्चेमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच चिकित्सक कार्यरत छन्। रसुवा अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको संख्या तनहुँमा ४१० पुग्यो

    विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको संख्या तनहुँमा ४१० पुग्यो

    दमौली : विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको संख्या तनहुँमा ४१० पुगेको छ। दुई साताको अवधिमा विभिन्न देशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको संख्या ४१० पुगेको हो। जिल्लाका १० वटै स्थानीय तहबाट प्राप्त भएको विवरणअनुसार ती व्यक्तिहरु होम क्वारेन्टाइनमा बसेको नोभल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण देखियो भन्दै भ्रम फैलाउने पक्राउ

    कोरोना संक्रमण देखियो भन्दै भ्रम फैलाउने पक्राउ

    झापाः कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले  शुक्रबार साँझ झापाको दमकबाट दमक–१ घरभएका ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • २४ सै घण्टा सशस्त्र प्रहरीको उच्च निगरानीमा सीमा क्षेत्र

    २४ सै घण्टा सशस्त्र प्रहरीको उच्च निगरानीमा सीमा क्षेत्र

    भैरहवा : कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमा क्षेत्रलाई सशस्त्र प्रहरी बल रुपन्देहीले उच्च निगरानीमा राखेको छ। भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका दम्पतीको रिपोर्ट आयो नेगेटिभ

    कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका दम्पतीको रिपोर्ट आयो नेगेटिभ

    स्याङ्जा : फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका फेदीखोला गाउँपालिकाका एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ। कतारबाट संक्रमित युवतीसँगै एउटै विमानमा आएका सो दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीवार टेकु अस्पताल काठमाडौं पठाइएकामा शुक्रवार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए। कोरोना संक्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को रोकथाममा खटिने सुरक्षाकर्मीलाई ५० र स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता

    कोभिड-१९ को रोकथाममा खटिने सुरक्षाकर्मीलाई ५० र स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता

    सुर्खेत : कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि स्थलगत खटिने स्वास्थ्य र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ। कर्णाली प्रदेश सरकारको बिहीवार बसेको २३ औंँ मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्। प्रवक्ता केसीले भनिन्, ‘बैठकले हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसनमा खटिने सुरक्षाकर्मीका लागि तलब स्केलको ५०…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको मौका छोपी कालोबजारी गर्ने ११ जना पक्राउ

    लकडाउनको मौका छोपी कालोबजारी गर्ने ११ जना पक्राउ

    जनकपुरधाम : लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको छ। पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीहरूले प्रतिकिलो ४५ रुपैयाँमा पाइने आलु प्याज ८० रुपैयाँमा, प्रतिसिलिन्डर एक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाम कोषमा हालसम्म करिब १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

    कोरोना रोकथाम कोषमा हालसम्म करिब १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

    काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ। सरकारले गत सोमवार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा भएको जानकारी दिए। उनका अनुसार कोषमा अझै २० करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार

    कोभिड-१९ को उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार

    भद्रपुर : झापाको बिएण्डसी टिचिङ हस्पिटल कोडिभ-१९ को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गरेका छन्। सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च बेहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताएका हुन्। आठ सय साधारण शय्या, एक सय सघन उपचार कक्ष…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा मुनाल गार्मेन्ट र देउती होजियारीले शुरु गरे पिपिईको उत्पादन

    सुर्खेतमा मुनाल गार्मेन्ट र देउती होजियारीले शुरु गरे पिपिईको उत्पादन

    सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) को परीक्षण तथा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को सुर्खेतमै उत्पादन शुरु गरिएको छ। कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पिपिईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन्। पिपिईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित बिरामीको उपचार गर्न डराउनुपर्ने अवस्थाले स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ज्वरोका बिरामीलाई…

    विस्तृतमा पढ्नुस्

  • चीनले दिएको चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

    चीनले दिएको चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

    मेलम्ची: चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ। सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ। स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ।…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट नेपाल फर्किएका दुई सय नेपाली झुलाघाटमा अलपत्र, नाका बन्द भएपछि महाकालीमा ट्युबको सहाराले फर्कंदै

    भारतबाट नेपाल फर्किएका दुई सय नेपाली झुलाघाटमा अलपत्र, नाका बन्द भएपछि महाकालीमा ट्युबको सहाराले फर्कंदै

    विनोदसिंह विष्ट- बैतडीः भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन्। गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन्। बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफूहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताए। भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बितिक्कै कुटपिट…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, तीन जना घाइते

    सल्यानमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, तीन जना घाइते

    सल्यानः बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज…

    विस्तृतमा पढ्नुस्

  • ट्रमा सेन्टरको सेवा घरबाटै लिन सकिने, हटलाइन नम्बरमा गर्नुहोस् फोन

    ट्रमा सेन्टरको सेवा घरबाटै लिन सकिने, हटलाइन नम्बरमा गर्नुहोस् फोन

    काठमाडौं: राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताए। 'नियमित स्वास्थ्य उपचारको व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र नामिबियाबीचको एक दिवसीय सिरिज स्थगित, विश्वकपको एसिया छनोट पनि रोकियो

    नेपाल र नामिबियाबीचको एक दिवसीय सिरिज स्थगित, विश्वकपको एसिया छनोट पनि रोकियो

    काठमाडौं: नेपालले नामिबियामा खेल्ने भनिएको एक दिवसीय सिरीज स्थगित भएको छ। कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आइसीसीले यसअघि नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सातौँ चरणको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक बनको भवनमा क्वारेन्टाइन, विदेशबाट आएका व्यक्ति १५ दिन निगरानीमा

    सामुदायिक बनको भवनमा क्वारेन्टाइन, विदेशबाट आएका व्यक्ति १५ दिन निगरानीमा

    पोखरा : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिकाले सामुदायिक बन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालन गरेको छ। सरकारले देशैभरी कोरोनाको संक्रमण रोक्नका लागि शुरु गरेको लकडाउनसँगै गाउँपालिकाले वडा नम्बर ५ स्थित देउरालीस्थित ठूलोबन सामुदायिक बन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो। विशेषतः विदेशबाट गाउँ आउने व्यक्तिबाट भाइरसको उच्च जोखिम रहेको भन्दै हालै विदेशबाट आएका…

    विस्तृतमा पढ्नुस्

  • पीपीई बनाउन सुरु गरेको आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

    पीपीई बनाउन सुरु गरेको आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

    काठमाडौं: नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ। नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरे। पुनको आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितको उपचारका लागि स्वास्‍थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल पोटेक्सन इक्युपमेन्ट (पीपीइ) बनाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell