काठमाडौं : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहका भवनमध्ये एक हजार ३९८ भवन क्वरेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको छ। फेकोफनका अध्यक्ष भारती पाठकले सातै प्रदेशमा रहेका उक्त भवन तीनै तहका सरकारले फेकोफन र सम्बन्धित सामुदायिक उपभोक्ता समूहहरुसँग समन्वय गरी क्वरेन्टाइनका लागि प्रयोग गर्न सक्ने जानकारी गराइन्।…
काठमाडौं : सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्। यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु भित्रिएको महाशाखाले जनाएको छ। चैत ६ गतेपछि चार दिनको…
काठमाडौं : कोभिड-१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले संयुक्त प्रयासबाट मात्रै कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बसेको बैठकले बिरामी भएर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र जोखिम नबढाउने काम गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गरेका छन्। मन्त्री पोखरेलले सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको समेत जनाए। कोभिड-१९ को संक्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलद्वारा मंगलवार सार्वजनिक अपिलमा परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने…
भक्तपुर : मध्यपुरथिमि नगरपालिका-३ कौशल्टार ६ लेन सडकमा आज एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशल्टारमा बा ५८ प १६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीया सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक श्रेष्ठ…
चितवन : भरतपुर महानगरपालिका-१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ। भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो। बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरेको छ। कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद…
दौलेखः चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले भारिय रुपैयाँ ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्। आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए। दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर…
काठमाडौं: देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको विद्युत् खरिद भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदनअनुसार नेपालले भारतबाट आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा झण्डै ३३ प्रतिशतले विद्युत् आयात कम भएको छ। बैंकका अनुसार सो अवधिमा…
दाङ: खुकुरी प्रहार गरी युवकको हत्या गरेको अभियोग ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर ५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा तुलसीपुर ६ गोलौराका अनुप बस्नेत, सुशील बस्नेत र अमिक खड्कालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले गएराती बेलटाकुरा गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए। खुकुरी प्रहारबाट गम्भीर घाइते…
चरिकोटः राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि सुरु गरिएको छ। दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण सुरु गरिएको आयोजनाले जनाएको छ। बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि यही चैत २२ गतेसम्म गरिने बताइएको छ। आयोजनाको बाँधक्षेत्र…
दमौली: चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो। 'छोरीलाई बाहिर राखेर एकैछिन…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्न रु १० करोड ९३ लाख ६० हजार पेश्की लिएर काम शुरु नगर्ने पाँच कम्पनीलाई कारवाही गर्न सरकारलाई पत्राचार गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धमा उजूरी परेपछि आयोगले गरेको अध्ययन अनुसन्धानमा उक्त तथ्य फेला परेको जानकारी दिएको छ। परियोजना व्यवस्थापन इकाई खुमलटारबाट आव…
जनकपुरधाम : प्रदेश नम्बर २ सरकारमार्फत गत आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काममध्ये बाँकी रहेको वक्यौता रकम ऐन बनाएर भुक्तानी गरिने भएको छ। गत वर्ष कामको भुक्तानीका सम्बन्धमा प्रदेश सभाको निर्देशन बमोजिम आज जनकपुरधाममा बसेको सर्पपक्षीय बैठकले ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए। सो बैठकमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, प्रमुख प्रतिपक्षी…
बनेपा : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमा-छोरीको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका-१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोलेका श्रीमान्…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका छन्। सिंदरबारमा सोमवार पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढंगले बहस भइरहेको बताएका हुन्। ‘एमसिसी बहसमै छ, कोभिड-१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ’, उनले भने, ‘दलहरुभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ।’ उनले दलहरुबीच…
काठमाडौं : देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको विद्युत् खरिद भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदनअनुसार नेपालले भारतबाट आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा झण्डै ३३ प्रतिशतले विद्युत् कम आयात गरेको छ। बैंकका अनुसार सो…
काठमाडौं : कोभिड-१९ संक्रमणको आशंकामा झापाबाट आइतवार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ। भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशंकामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो। ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरेका हुन्। 'उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो…
कैलाली : भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ। रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो। भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार गरिएको कम्पनीका सञ्चालक दीर्घ जोशीले जानकारी दिए। उनले…
काठमाडौं : नेपाल सरकारका मन्त्रीहरुले कोरोना भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन्। पोखराका पर्यटन व्यवसायीको टोलीको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्ध लड्न सरकारले सबै उपाय अवलम्बन गरेको र यो चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका हुन्। उपप्रधान तथा रक्षामन्त्री…
काठमाडौं : पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ। ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले समेत दर्शन गर्न पाइरहेका छैनन्। प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत साँस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको आज बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य-सचिव चेतोनाथ…