PahiloPost

Jan 28, 2025 | १५ माघ २०८१

  • खाजा खानकै लागि विद्यालय आउँछन् चेपाङ बालबालिका

    खाजा खानकै लागि विद्यालय आउँछन् चेपाङ बालबालिका

    धादिङ : बेनिघाटरोराङ गाउँपालिका-२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ। तर, यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ। कक्षा २ मा अध्ययनरत सेविका चेपाङ सात वर्षकी भइन्। घरमा खानेकुरा नभएकाले बिहान उनी खाना नखाइ विद्यालय आउँछिन्। जब विद्यालय आउँछिन्, यताउता हेरिरहने बानी छ। कहिलेकाहीँमात्र बिहानको खाना खाएर आउने भएकाले धेरैजसो भोकै आएपछि खाजा बनाउने…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथामका लागि विदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा बस्न सरकारको आग्रह

    कोरोना रोकथामका लागि विदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा बस्न सरकारको आग्रह

    नारायण ढुङ्गाना- काठमाडौं : कोरोना भाइरस डिजिज (कोभिड-१९) भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने निर्णय गरेको हो। बिहीवार मात्रै डब्लुएचओले कोरोनालाई ‘पान्डेमिक’ घोषणा गरेको थियो। यसरी आएका विदेशी र नेपाली १४ दिन क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ प्रभाव : आजदेखि सबै हिमालमा आरोहणको अनुमति बन्द, वार्षिक ६० करोड गुम्ने

    कोभिड-१९ प्रभाव : आजदेखि सबै हिमालमा आरोहणको अनुमति बन्द, वार्षिक ६० करोड गुम्ने

    काठमाडौं : वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो। सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोरोना भाइरस (कोभिड-१९) सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ। कोरोना भाइरस डिजिसको विश्वव्यापी संक्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो। मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ। यसले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्ष कांग्रेसको अवरोधपछि तेस्रो दिन पनि बैठक स्थगित

    प्रतिपक्ष कांग्रेसको अवरोधपछि तेस्रो दिन पनि बैठक स्थगित

    पोखरा : गण्डकी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ। प्रदेश सभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेश सभा अवरुद्ध गराएको हो। बैठक शुरु हुनासाथ कांग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भाँसी बह्मदेव लिंक रोडमा बिहीवार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका-७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए। उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सकियो, कोरोनाका कारण २०२१ बाट मात्रै सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सकियो, कोरोनाका कारण २०२१ बाट मात्रै सञ्चालनमा आउने

    काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड-१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ। अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन्। यही हिसाबले गौतमबुद्ध विमानस्थल २०२१ को…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रभाव : पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसाय संकटमा

    कोरोना प्रभाव : पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसाय संकटमा

    बनेपा : कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसायी संकटमा परेका छन्। काठमाडौंबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ। पर्यटकहरुको आगमन कम भएपछि व्यवसाय घटेको धुलिखेल नगरपालिका-८ स्थित होटल सारथीका प्रबन्धक अनिल गोर्खालीले बताए। उनका अनुसार अनलाइन र ट्राभल एजेन्सी व्यवसायबाट सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिन नयाँ महसुल प्रस्ताव

    कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिन नयाँ महसुल प्रस्ताव

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ। उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ। प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानुनी प्राबधान रहेको छ। प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष…

    विस्तृतमा पढ्नुस्

  • पोखराको आकाशमा यसरी उड्छ ‘हट एयर बेलुन’

    पोखराको आकाशमा यसरी उड्छ ‘हट एयर बेलुन’

    चिप्लेढुङ्गा : पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ। प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो। पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन्। हट एयर बेलुन अरुभन्दा केही फरक मानिन्छ। बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा…

    विस्तृतमा पढ्नुस्

  • डेढ करोड हिनामिना गरेको आरोपमा एक वित्तीय संस्थाका दुई कर्मचारी पक्राउ

    डेढ करोड हिनामिना गरेको आरोपमा एक वित्तीय संस्थाका दुई कर्मचारी पक्राउ

    जलेश्वर : महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को एक करोड ६१ लाख ७६ हजार रुपैयाँ रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका-३ बस्ने २६ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

    रामपुर : पाल्पा-बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ। राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ। घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती…

    विस्तृतमा पढ्नुस्

  • बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु

    बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु

    नेपालगञ्ज : बाँकेको नेपालगञ्ज-कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। भे १ ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा…

    विस्तृतमा पढ्नुस्

  • चीनपछि रुसमा पनि राष्ट्रपतिको कार्यकाल थप्न संविधान संशोधन, पुटिन अझै शक्तिशाली

    चीनपछि रुसमा पनि राष्ट्रपतिको कार्यकाल थप्न संविधान संशोधन, पुटिन अझै शक्तिशाली

    मस्को : चीनमा दुई कार्यकालमात्रै राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था हटाएको २ वर्षपछि रुसमा संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल थपिएको छ। त्यहाँको संसदले बुधबार संविधान संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेसँगै वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अझै १२ वर्ष थप्न बाटो खुलेको छ। राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ। नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका-तालिवान शान्ति सम्झौता : अफगान सरकारद्धारा १५ सय तालिवान लडाकु रिहा

    अमेरिका-तालिवान शान्ति सम्झौता : अफगान सरकारद्धारा १५ सय तालिवान लडाकु रिहा

    काबुल : अमेरिका-तालिवान शान्ति सम्झौतापछि अफगानिस्तानको सरकारले तालिवानी लडाकु रिहाइको प्रक्रिया अघि बढाएको छ। राष्ट्रपति असरफ घानीले तत्काल एक हजार ५ सय तालिवान लडाकूलाई हिरासतमुक्तको घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उक्त आदेश जारी गर्नु परेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ। हालै अमेरिका र तालिवान विद्रोही समूहबीच सम्पन्न शान्ति सम्झौतामा अन्तर–अफगान…

    विस्तृतमा पढ्नुस्

  • रगत दिएर नागरिकलाई अकाल मृत्युबाट बचाउँदै सेना

    रगत दिएर नागरिकलाई अकाल मृत्युबाट बचाउँदै सेना

    डोटी : नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरी ११० स्थानीयको अकालमा हुने मृत्युबाट जोगाएको छ। पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७६/७७ मा पृतन मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले रक्तदान गरी सहयोग गरेका थिए। प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगतको अभाव भएपछि यहाँका सेवारत सैनिकले आवश्यकता अनुसार रक्तदान गर्ने गरेको जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा प्रहरीले रोक्यो बिहे, बेहुली नलिई फर्कियो जन्ती

    धादिङमा प्रहरीले रोक्यो बिहे, बेहुली नलिई फर्कियो जन्ती

    धादिङ : महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई वटा बालविवाह रोकिएका छन्। गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती मंगलबार बेहुली नलिई फर्केको हो। अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए। उन्तीस वर्षीय बेहुलाले…

    विस्तृतमा पढ्नुस्

  • अर्काको नाममा लाइसेन्सको ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थी पक्राउ

    अर्काको नाममा लाइसेन्सको ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थी पक्राउ

    काठमाडौं : ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धामीलाई बिहीबार पक्राउ गरेको हो। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • खपाङ्गी दम्पतीको ‘रहस्यमय’ मृत्यु

    खपाङ्गी दम्पतीको ‘रहस्यमय’ मृत्यु

    इलाम : फाकफोकथुम गाउँपालिकाका एक दम्पती मृत फेला परेका छन्। फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव आज घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घोप्टो परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नाङ्गो खुकुरी भूइँमा छ। पत्नी रिता धनबहादुरको नजिकै लडिरहेको भेटिएको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा औषधि निर्यातलाई निरन्तरता दिन भारत सकारात्मक

    नेपालमा औषधि निर्यातलाई निरन्तरता दिन भारत सकारात्मक

    काठमाडौं : भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ। भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्किएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल  दुगडले भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा शहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा औषधि खुला गर्न आफ्ना सचिवलाई निर्देशन दिएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    राँझा : बाँकेको कोहलपुर नगरपालिका-८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय झण्डहवागाउँदेखि कोहलपुर-नेपालगञ्ज सडकतर्फ आइरहेको रा १ ख २१८८ नम्बरको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर-९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell