पोखरा : अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा फुटबल रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलको खेलमा पाहुना टोली गान्तोक सिटी फुटबल क्लब भारतलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै थ्रीस्टार प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो। नेपालमा आयोजना भएका प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गान्तोकले पहिलो हाफमा…
चिप्लेढुङ्गा : पोखरा हरेक उत्सवमा रमाउने शहर, पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ यहाँ। विशेष गरी फागु पूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको दृश्य निकै हेर्न लायक हुन्थ्यो। पर्यटन व्यवसायीले आयोजना गर्ने होली कार्यक्रमले विशेष उत्सव थप्ने गर्दथ्यो। पोखरेली विभिन्न ठाउँबाट लेकसाइडको होलीमा मिसिन्थे र झनै रमाइलो वातावरण सिर्जना गर्थे। यसपाली पोखराको फेवाताल किनार लगायतका पर्यटकीय…
ताप्लेजुङ : ताप्लेजुङमा प्रहरीले चितुवा र थारकोे छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका-५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन्। घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला आज फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो। सोही…
भैरहवा : जिल्लाको तिलोत्तमा नगरपालिकाले कालोबजारी हुन सक्ने भन्दै सोमवार बजार अनुगमन गरेको छ। नगरप्रमुख वासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघसंस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको हो। कोरोना भाइरसका कारण बजारमा देखिन सक्ने समस्या समेतलाई दृष्टिगत गरी बजार अनुगमन गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ। टोलीले औषधि पसल, किराना…
राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान ठोक्किँदा आज दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका-६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पश्चिमबाट पूवतर्फ आइरहेको…
न्यूयोर्क: कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ। अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको हो। लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ। यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा…
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ। प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो। नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको हो। कर्णालीका…
नारायणपुर : दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ। गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको हो। गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको छ। स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाइएको इञ्जिनियर गौरव दुलालले जानकारी दिए। 'कुन ठाउँमा…
भोजपुर : विगत छ महिनादेखि भोजपुर-विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ। उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष मार परेको हो। बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टकर यात्रा गर्न बाध्य छन्। एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृत्यु समेत हुने गरेको छ। विभिन्न…
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका-९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जंगलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतवार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
आसुनसिओन: ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकिल सर्जिओ क्वीरोजले दाबी गरेका छन्। क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन्। पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन्। उनीहरु विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन्। वकिल क्वीरोजले…
साओ पाउलो: ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ। उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन्। गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो। गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्। एएनआई
चितवन : ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पुलचोकबाट लायन्स चोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्। यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते…
पोखरा : औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए। नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औषधि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताए। केही…
लुम्बिनी : राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ। विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए। बत्तीस महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन…
पोखरा : मनाङ मर्स्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार झापा–११ फुटबल क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता लियो। मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिबक्स नजिकबाट…
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन हुने स्पस्ट पारेका छन् । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सदस्य बनाउन आलटाल गरिरहेका बेला प्रचण्डले भने सचिवालयको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने दावी गरेका हुन् । सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनको अनुरोध…
काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा…
बनियानी : झापाको कमल गाउँपालिका-५ स्थित सशस्त्र प्रहरीको सशस्त्र पाथीभरा जवान तालीम शिक्षालयको जग्गामा अतिक्रमण गरी बनाइएको घरटहरा भत्काइएको छ। शिक्षालयको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइएको शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए। शिक्षालयको १५० बिघा जग्गामध्ये ८६ बिघा जग्गामा ७४ जनाले घरटहरा बनाएर बासोबास र १५७ जनाले खेतीपाती गर्दै आएका थिए। ‘पुस मसान्तसम्म…
लहान : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन्। नेपाल प्रेस युनियन सिरहाले आइतवार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले यस्तो बताएका हुन्। उनले भने, ‘भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन। म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा…