लम्की : कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ। यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो। हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन्। नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई…
काठमाडौं : नेपाल प्रहरीले ‘माल्टा र कुवेत पठाइदिन्छु’ भन्दै अढाइ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न व्यक्तिसँग युरोपियन देश माल्टा तथा कुवेत पठाइदिन्छु भन्दै दुई करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रवार नेपालगञ्जबाट पक्राउ गरी आइतवार काठमाडौंमा सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले…
भीमदत्तनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा आइतवार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। ‘मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए’, प्रहरी निरीक्षक भट्टले भने, ‘तीमध्ये…
जाजरकोट : कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ। स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवा १०० रुपैयाँ दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। उनका अनुसार दोस्रो वर्ष प्रतिबिरुवा हुर्काएवापत ७५,…
पोखरा : कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल संघ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ। संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल, पश्चिमाञ्चल होटल संघका सल्लाहकार परिषद्का अध्यक्ष हरि शर्मा गैरे, होटल संघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, संघका सल्लाहकार विश्वशङ्कर पालिखे, संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी…
सर्लाही : सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्। सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आनन्द मिश्रा आफैँले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए। सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा…
काठमाडौं : स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ। के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन्। त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तर्राष्ट्रिय…
कञ्चनपुर : टिपरको ठक्करबाट शनिवार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ। बेलौरी नगरपालिका-४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म १ ख ८४९ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक…
काठमाडौं : सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन…
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो। गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा मेलिना हमालले जानकारी दिइन्। ‘शुक्रवार…
नारायण ढुङ्गाना- काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचुने कुरा होइन। हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन्। हिउँको बाटो, हिउँको माटो, हिउँकै पहाड, हिउँकै जङ्घार, जताततै हिउँकै संसार। त्यही हिउँ संसारमा रम्न सक्ने दृढ आत्मविश्वासको भारी बोकेर उकाली लागिन् ललितपुरकी कल्पना महर्जन। आधार शिविरबाट देख्दा, सेता हिउँमाझ सेतो गुराँस फुले…
हेटौँडा : मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ। जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ। सरकारी…
सिमकोट : हुम्लामा पुनः भारी हिमपात भएको छ। शुक्रवार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ। हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ। जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। शुक्रवार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो।…
मार्तडी : बाजुराको बूढीनन्दा नगरपालिका-४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्षअघि वार्षिक परीक्षाको समयमा महिनावारी भए। महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो, त्यतिबेला। त्यसै कारण कक्षा ७ मा पढ्ने दुवै परीक्षा छोड्न तयार भए तर विद्यालय गएनन्। विद्यालय नजिकै देवीदेउताको मन्दिरसमेत भएकोले समाजकै डरले उनीहरु विद्यालय पुगेनन्। उनीहरुलाई अर्को प्रश्न पत्र बनाएर…
म्याग्दी : बेनी नगरपालिका-८ कालीपुलकी सोनीया पुनको अगाडि सभामुख लेखिएको ‘नेम प्लेट’ थियो। सोफामा बसेकी उनको पछाडि दौरा सुरुवाल लगाएका मर्यादापालक संयमित भएर उभिएका थिए। पुन हलभित्र पस्दा र बाहिरिँदा उनको सम्मानमा लहरै बसेका सहभागीले उठेर सम्मान गर्थे। सहभागीले सत्तारुढ दलका र प्रतिपक्षी दलका सांसद्को रुपमा मञ्चमा गएर प्रश्न गर्थे। अनि त्यसैगरी उत्तर पनि दिन्थे। शुक्रवार बेनीमा भएको नमूना युवा…
बैतडी : बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ। बिहीवारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका-८ खोड्पेका मोहनसिंह ऐरले बताए। लगातारको वर्षा र हिमपातले चिसो बढेको उनले बताए। यो वर्ष…
काठमाडौं : नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवा न्यू रोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रवार साँझ पक्राउ गरेको हो। भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका-२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ। जनसेवा प्रहरीका…
बनेपा : कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा नेपाल पनि परेको भन्दै सतर्कता अपनाउन गरिएको आग्रहसँगै औषधि पसल तथा मेडिकल क्लिनिकमा सर्वसाधारणले मास्क र स्यानिटाइजरसमेत किन्न नपाएको गुनासो बढेसँगै जिल्ला प्रशासनले बनेपाको बजारमा अनुगमन शुरु गरेको छ। औषधि पसल तथा मेडिकल क्लिनिकमा जाँदा मास्क र स्यानिटाइजर नभएको र भए पनि बढी मूल्य लिएको जनगुनासो बढेपछि आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक…
भक्तपुर : सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित सडकमा शुक्रवार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ प ४६४७ काठमाडौं वर्ल्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारी साधन एकापसमा ठोक्किएका छन्। सो दुर्घटनामा १५ जना घाइते भएका छन्। भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि…
बनेपा : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा ३ ख ७१२१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। मिनी ट्रक सडकबाट…