PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • सदरमुकाम पुग्न हिँडेर चार घण्टा, गाडीमा दिनभर

    म्याग्दी : रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन्। ‘हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ’, पुनले भने, ‘घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर छिटो पुगिन्छ।’ सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर चार घण्टामै बेनी पुगिने पुनले बताए। सर्वसाधारण चिमखोला-दर्मिजा-दग्नामको घोरेटो र दग्नामदेखि बेनी जोड्ने…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर

    जीप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर

    डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका–६ मेलगैरामा यात्रुवाहक जीप दुर्घटना हुँदा बिहीवार १४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये हुम्ला जिल्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि कैलालीतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। दुर्घटनामा परी घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पानी उद्योग शुरु गर्दै फुर्केटारी सामुदायिक बन

    पानी उद्योग शुरु गर्दै फुर्केटारी सामुदायिक बन

    पोखरा : जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको एउटा सामुदायिक बन समूहले व्यावसायिक पानी उद्योग सञ्चालन गर्न लागेको छ। पोखरा महानगरपालिका-२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन समूह बन पैदावारको भरपुर उपयोगसँगै व्यावसायिक पिउने पानीको उद्योग सञ्चालनमा ल्याउने तयारीमा जुटेको हो। वन संरक्षणको अभावमा कतिपय स्थानमा पानीको स्रोत सुक्दै गएको वास्तविकतामा यहाँ भने बनको संरक्षणका कारण पानीको…

    विस्तृतमा पढ्नुस्

  • पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

    पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

    जलेश्वर : बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको राधेराधेमा मानव कङ्काल भेटियो

    भक्तपुरको राधेराधेमा मानव कङ्काल भेटियो

    भक्तपुर : मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ। स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत समन्वय समिति बैठकमा सात बुँदे सहमति

    नेपाल–भारत समन्वय समिति बैठकमा सात बुँदे सहमति

    बैतडी : नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणमा सहमति भएको हो। यसका साथै कोरोना भाइरस, पहिरो र पेन्सन गरेर सात बुँदामा सहमति भएको हो। सीमामा हुने अपराध नियन्त्रणका लागि…

    विस्तृतमा पढ्नुस्

  • जापानी कम्पनीले भन्यो : काठमाडौंको ट्राफिक जाम र प्रदूषण घटाउन 'मेकानिकल पार्किङ' उपयुक्त

    जापानी कम्पनीले भन्यो : काठमाडौंको ट्राफिक जाम र प्रदूषण घटाउन 'मेकानिकल पार्किङ' उपयुक्त

    काठमाडौं : अव्यवस्थित सवारी पार्किङले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधवार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन्। सो पार्किङले थोरै ठाउँमा धेरै गाडी…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनामा तीन जनाको मृत्यु

    बस दुर्घटनामा तीन जनाको मृत्यु

    हेटौँडा : मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • संविधानको मर्म विपरीत आएका विधेयक मान्दैनौं : सभापति देउवा

    संविधानको मर्म विपरीत आएका विधेयक मान्दैनौं : सभापति देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक कांग्रेसलाई मान्य नहुने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको ७४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन्। ‘बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिस्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा कांग्रेस एकजुट हुन जरुरी छ,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • छ घण्टाको त्यो व्यग्र प्रतीक्षा ...

    छ घण्टाको त्यो व्यग्र प्रतीक्षा ...

    प्रकाश सिलवाल/शरद शर्मा - काठमाडौँ : शल्यक्रिया कक्षमा चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा व्यस्त भएका बेला महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा उनका शुभेच्छुक प्रत्यारोपण सफलताको कामना गरिरहेका थिए। स्वदेशी अस्पतालमा नेपाली अनुभवी चिकित्सकले मुलुकको कार्यकारी प्रमुखको मिर्गौला प्रत्यारोपण गरेको यो विशेष क्षणलाई स्वदेश र विदेशबाट समेत चासो र प्रतीक्षाका साथ हेरिएको थियो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल शय्याबाटै प्रधानमन्त्री ओलीले मलेसियाका समकक्षीलाई दिए बधाई

    अस्पताल शय्याबाटै प्रधानमन्त्री ओलीले मलेसियाका समकक्षीलाई दिए बधाई

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक बधाई सन्देश पठाएर उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री यासिनको कार्यकालमा नेपाल-मलेसिया सम्बन्ध अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु, चार जना घाइते

    जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु, चार जना घाइते

    सुर्खेत : दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२-००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका-६ का देवबहादुर खड्का, वीरेन्द्रनगर-१५ का खड्गबहादुर बुढाथोकी, उनकी श्रीमती गोमा बुढाथोकी रहेका छन्। दुर्घटनामा चार जना…

    विस्तृतमा पढ्नुस्

  • ‘तराई मधेस समृद्धि कार्यक्रम’माथि अनियमितताको गम्भीर प्रश्न : छानबिन गर्न ध्यानाकर्षण

    ‘तराई मधेस समृद्धि कार्यक्रम’माथि अनियमितताको गम्भीर प्रश्न : छानबिन गर्न ध्यानाकर्षण

    नारायण ढुङ्गाना- काठमाडौं : मानव विकास सूचकाङ्कमा पछाडि परेका तराई-मधेसका स्थानीय तहमा आर्थिक, सामाजिक रूपान्तरण गर्दै जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउन सञ्चालन गरिएको ‘तराई-मधेस समृद्धि कार्यक्रम’मा अनियमितताको आशंका गरिएको छ। मुलुक संघीयता कार्यान्वयनको महत्वपूर्ण घडीबाट अघि बढिरहेका बेला उक्त कार्यक्रम केन्द्रीकृत शासन प्रणालीको झल्को दिने गरी माथिबाटै कार्यक्रम छनोट गर्ने गरिएको र आफ्नो मान्छे भएको क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन पर्यटनमन्त्रीको निर्देशन

    कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड-१९)ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन्। कोरोना भाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन्। उनले कुनै नीतिगत निर्णय…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ४४ जना घाइते

    काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ४४ जना घाइते

    काठमाडौं : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका-५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन्। रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। घाइतेहरु सबैको…

    विस्तृतमा पढ्नुस्

  • ५५० पशुलाई सुत्केरी भत्ता वितरण

    ५५० पशुलाई सुत्केरी भत्ता वितरण

    सिन्धुली : यहाँको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ। पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो । कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिए। 'किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र लिन शिक्षा मन्त्रालयको आग्रह

    कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र लिन शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालु शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज मन्त्रालयमा विद्यालय सञ्चालकका प्रतिनिधिलाई आमन्त्रण गरी सो आग्रह गरिएको र त्यहीअनुसार प्रबन्ध हुने जनाए। माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने चैत…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्स उक्लिए ब्याडमिन्टन विश्व वरियताको १० औँ स्थानमा

    प्रिन्स उक्लिए ब्याडमिन्टन विश्व वरियताको १० औँ स्थानमा

    काठमाडौं : नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरियताको १० औँ स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासंघले आज सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरियतामा प्रिन्स १० औँ स्थानमा पुग्न सफल भएका हुन्। यसअघि महासंघले गत पुस अन्तिम साता निकालेको विश्व वरियतामा उनी ११ औँ स्थानमा, पुस दोस्रो साता १४ औँ स्थानमा तथा मंसिरमा ३२ औँ स्थानमा थिए। विश्व जुनियर…

    विस्तृतमा पढ्नुस्

  • चीन र कोरियाबाट फर्किएका चार नेपालीमा भटिएन कोरोना

    चीन र कोरियाबाट फर्किएका चार नेपालीमा भटिएन कोरोना

    काठमाडौं : चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित नभएको पाइएको छ। दक्षिण कोरियाबाट फर्किएका चार तथा चीनबाट फर्किएका एक नेपालीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल

    नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल

    काठमाडौं : पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सो जानकारी दिएका हुन। ‘पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ,’ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भने। डा काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell