PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

    प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

    कास्की : पोखरामा सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ। क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो। नेपाली टोलीमा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ छन्। त्यसैगरी कोरियाले ४८…

    विस्तृतमा पढ्नुस्

  • जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    राजविराज : कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली हात्तीको आक्रमणबाट आज सप्तरीमा एक महिलाको मृत्यु भएको छ। घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जंगली हात्तीको आक्रमणमा परी मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। घटनाको जानकारीलगत्तै प्रहरी चौकी…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका दुई नेता पक्राउ

    ‘विप्लव’ समूहका दुई नेता पक्राउ

    भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेतालाई पक्राउ गरेको छ। आज महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्यपुरथिमि नपा–२ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको जानकारी दिए। भक्तपुरको…

    विस्तृतमा पढ्नुस्

  • छट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु, १५ जना घाइते

    छट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु, १५ जना घाइते

    लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन्। सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनियाँचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५७९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा कर्जन्हा नगरपालिका–६ बडरा निवासी साइकलयात्री २० वर्षीय पुजन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका सदाको मिर्चैयास्थित…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी भवनमा पढ्दै चिनियाँ टोलीको पर्खाइमा दरबार हाइस्कुलका विद्यार्थी

    अस्थायी भवनमा पढ्दै चिनियाँ टोलीको पर्खाइमा दरबार हाइस्कुलका विद्यार्थी

    काठमाडौं : रानीपोखरीस्थित पुरानो स्थलमा अत्याधुनिक नयाँ भवन त ठडिएको छ तर सर्ने टुङ्गो नहुँदा दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)का विद्यार्थी अझै प्रदर्शनीमार्गस्थित अस्थायी भवनमा पढिरहेका छन्। प्रदर्शनीमार्गस्थित वाल्मिकी क्याम्पसको खाली ठाउँमा निर्मित अस्थायी भवनमा भानु माविका मात्र होइन संस्कृत माविका विद्यार्थी पनि पढ्छन्। नेपाली विद्यालय शिक्षाको एक धरोहर ऐतिहासिक दरबार हाइस्कुलमा विद्यार्थी संख्या घट्दो छ तर कक्षाकोठाको अभावमा कूल…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ नेता झलनाथ खनाल भन्छन् : पार्टीको निर्णय प्रधानमन्त्रीले पनि मान्नुपर्छ

    वरिष्ठ नेता झलनाथ खनाल भन्छन् : पार्टीको निर्णय प्रधानमन्त्रीले पनि मान्नुपर्छ

    नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन्। विदुरमा आज प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुको विकल्प नभएको बताएका हुन्। सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ…

    विस्तृतमा पढ्नुस्

  • पाँचसय सार्वजनिक सवारी साधनमा राखियो ‘डस्टबिन’

    पाँचसय सार्वजनिक सवारी साधनमा राखियो ‘डस्टबिन’

    काठमाडौं : संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न ५०० ‘डस्टबिन’ वितरण गरेको छ। ‘असल संस्कार सिकौँ/सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङकङको सहकार्यमा आज नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधनलाई ‘डस्टबिन’ वितरण गरेको हो। समाजका अध्यक्ष पशुपति गुरुङले समाज र देशको विकासका लागि असल संस्कार आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा

    कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा

    कास्की : गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन्। गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिवार पोखरामा सम्बोधन गर्दै उनले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको उल्लेख गरे। उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालसमेतले…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा व्यावसायिक किसानलाई ब्याज अनुदान : मन्त्री थापामगर

    गण्डकी प्रदेशमा व्यावसायिक किसानलाई ब्याज अनुदान : मन्त्री थापामगर

    गोरखा : गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले ऋण लिएर व्यावसायिक कृषि खेती गर्ने कृषकलाई अब ब्याज अनुदान उपलब्ध गराइने बताएका छन्। प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि नै कृषकका लागि ऋणमा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन शुरु गरेको उनले बताए। मन्त्री थापामगरले वित्तीय सहकारीहरुले आफ्नो कूल पुँजीको ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र कृषि सहकारीले आफ्नो ७०…

    विस्तृतमा पढ्नुस्

  • फेरिँदै उपत्यकाको सडक : तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

    फेरिँदै उपत्यकाको सडक : तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

    नारायण ढुङ्गाना- काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो। मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठूलो मारमा पर्थे। सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए। उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या केही हदसम्म हराएर गएको छ। काठमाडौं महानगरपालिकाले ब्रुमरको सहायतामा नियमित धुलो सफा गरिरहेको छ। प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव!

    चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गण अभिभावकले भरियो। दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो। स्थापनाको २६ औँ वर्षमा शुक्रवार अभिभावक एकसाथ उपस्थित भएको पहिलोपटक हो। अधिकांश चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले जानकारी दिए। उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको २६ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक नहुँदा भेन्टिलेटर तथा आइसियू सेवा बन्द

    चिकित्सक नहुँदा भेन्टिलेटर तथा आइसियू सेवा बन्द

    सर्लाही : लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियू सेवा प्रयोगविहीन भएको छ। ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ। सेवा समेत प्रभावित बन्न पुगेको छ। प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो, सालकोटको रुट भएर जाने

    मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो, सालकोटको रुट भएर जाने

    सुर्खेत : मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ। राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए। सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ। २० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले तलबभत्ता रोकेपछि स्थानीय तहका पदाधिकारीको सेवासुविधाका लागि नयाँ विधेयक

    सर्वोच्चले तलबभत्ता रोकेपछि स्थानीय तहका पदाधिकारीको सेवासुविधाका लागि नयाँ विधेयक

    हेटौडा : वाग्मती प्रदेशसभा सचिवालयमा स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार दर्ता गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गरिएको प्रवक्ता विनोदकुमार अमात्यले जानकारी दिए। उनका अनुसार २०७५ सालमा तत्कालीन ३ नं प्रदेशसभाको बैठकले उक्त विधेयकलाई ऐन पारित गरेपछि केही महिनाअघि सर्वोच्च अदालतले उक्त ऐनलाई खारेज गर्ने फैसला…

    विस्तृतमा पढ्नुस्

  • वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

    वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

    विराटनगर : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढंगले नियुक्ति भएका र पार्टीभित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे। रक्षामन्त्रीसमेत रहेका उनले वर्तमान सरकार आफ्नो हैसियतमा रहेकाले सार्वजनिक भएका समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आह्वान गरे। पार्टी सचिवालयले उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटनामा एक जनाको मृत्यु

    जीप दुर्घटनामा एक जनाको मृत्यु

    सुर्खेत : गुर्भाकोट नगरपालिका-९ सुर्खेत झुल्केस्थित लु १ ज ४०७९ नम्बरको बलेरो जीप आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सिम्ता गाउँपालिका-९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो। मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

    पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

    दैलेख : दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सकिएको छ। साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो। जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रलाई आधार मानी चार सय वर्ग किलोमिटर क्षेत्रलाई समेटेर दुई सय किमि साइस्मिक सर्वेक्षण गरिएको थियो। पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा ‘म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण’ तथा ‘जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण’ पहिलो चरणको…

    विस्तृतमा पढ्नुस्

  • जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो पर्‍यो :  मुख्यमन्त्री पौडेल

    जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो पर्‍यो :  मुख्यमन्त्री पौडेल

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन्। प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीवार यहाँ अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको बताएका हुन्। मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने…

    विस्तृतमा पढ्नुस्

  • युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई ८ वर्ष कैद

    युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई ८ वर्ष कैद

    हेटौँडा : जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशाकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिबाना गर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीवार केशरीलाई सजाय सुनाउँदै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपाल दोस्रो

    प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपाल दोस्रो

    कास्की : पोखरामा जारी प्याराग्लाइडिङ वर्ल्ड कप ‘एशियन टूर’ तथा १९ औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपालले दोस्रो स्थान हासिल गरेको छ। यही फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो। यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell