काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कञ्चनपुरको विष्णु धाम मन्दिरमा खड्कलिला निर्माणका लागि प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आर्थिक वर्ष २०६५/६६ मा प्राप्त चार लाख ५० हजार रुपैयाँ दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो। सरकारी स्रोतबाट प्राप्त भएको…
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको थियो। धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला…
लहान : सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। बिग्रिएर सडक किनारमा रोकिराखेको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका-८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा…
भजनी : कैलालीको भजनीमा नेपाल टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन्। भजनी नगरपालिका-१ स्थित टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन्। घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको र एकको अवस्था…
ललितपुर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुवात गरिने बताएका छन्। बुधवार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उनले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गर्न लागिएको जानकारी दिए। ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा वैज्ञानिक…
काठमाडौं : विद्युतीय बस खरिदको विषयमा छलफल अघि बढेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो। समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए। उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ। उनले भने, ‘विद्युतीय बसको स्पेसिफिकेसन,…
तम्घास : मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो। पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए। मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा रु दुई…
चिप्लेढुङ्गा : नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको आज (फागुन १५ गते) एक वर्ष पुगेको छ। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका हुन्। सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो…
सर्खेत : कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ। राजधानी सहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो। वीरेन्द्रनगरभित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षातमा हिलाम्य हुने र बिग्रँदा भत्कँदा पनि सरकारले ध्यान नदिएको भन्दै बर्खे अधिवेशनमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए। राजधानी…
भक्तपुर : भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ। भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनर्निर्माण गर्नेको संख्या निकै कम छ। यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ। भक्तपुर जिल्लामा कूल २९…
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८ औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलवारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहनेछन्। विसं २०६८…
काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए। “उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ”, उनले भने। उपत्यकामा…
कास्की : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन्। नेकपा गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा मंगलवार पोखरामा उनले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिस्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिए।…
कास्की : युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन्। पोखरा महानगरपालिका-१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको आज अवलोकन गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक पाँच हजार रुपैयाँ तथा ओलम्पिकमा सहभागीलाई मासिक चार हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको…
भक्तपुर : सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिएका छन्। सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुको बारेमा जानकारी लिन मंगलवार त्यहाँ पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेकासँग त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्। उनले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो…
धम्बोझी : नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ। भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री हुँदै आएको हो। नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन। सोमवार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन…
चिप्लेढुंगा : यही फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ। यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ। प्रतिष्ठानले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो। स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका…
चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्। अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए। अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए। ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ…
भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन्। सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको आरोप लगाए। नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै…
दैलेख : कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका-१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए। जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। जीप…