सुर्खेत : भेरीगंगा नगरपालिका सुर्खेतका एक प्राविधिकलाई दुई लाख रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई आज साँझ भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको हो। अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको बताए। अख्तियारको टोलीले…
काठमाडौं : प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ। मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। काठमाडौं विमानस्थलको भिजिविलिटी कम छ। बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ भने विराटनगर विमानस्थलको…
पोखरा : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समेत तयारी शुरु भइसकेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा उनले आगामी वर्षको फागुनमा पोखरामा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधारको समस्या नरहने दावी गरे। उनले कर्णाली प्रदेशका लागि अहिलेबाटै ध्यान केन्द्रित गरी अन्तर्राष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम शुरु गरिएको बताए। १३ औँ दक्षिण…
कञ्चनपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेज कर्पोरेसन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन्। सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधवार उद्घाटन गर्दै मन्त्री बास्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए। देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो। ‘एमसिसीबारे समय लिएर…
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्। मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै दाहालले विश्वमा कम्युनिस्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताए। “दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ”, उनले भने, “यसले नेपालको राजनीतिक…
चितवन : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारेका हुन्। सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो। उपसभापति निधिले भने, ‘हामी सरकार ढाल्ने पक्षमा छैनौँ। आफ्नै महाधिवेशनको तयारीमा जुटेका…
काठमाडौं : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए। ‘मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन,’ मौसमविद् अर्यालले भने। मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ छ। मौसमविद्…
राँझा : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रस्ट्याएका हुन्। ‘प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने…
काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो। महाशाखाले सञ्चालन गरेको तीन महिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान,…
गोरखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन्। गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताए। प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताए। जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको…
काठमाडौं : प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिवार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो। पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन्। प्रहरीले गेस्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेस्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेस्ट हाउसका सञ्चालक नरेन्द्र पोमु…
चितवन : राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मृत अवस्थामा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो। ती गोही…
दार्चुला : उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए। उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव…
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा प्लस टू अध्ययन गरिरहेका ५ सय विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन्। सन् २०१३ देखि पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही १० हजार रुपैयाँ वितरण गरेका हुन्। त्यस अवसरमा अध्यक्ष…
विराटनगर : विराटनगर महानगरपालिका-४ को विराटनगर-धरान सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना विद्यार्थीको आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिँदा दुई जनाको मृत्यु तथा एक जना घाइते भएका छन्। मृत्यु हुनेमा सप्तरीको पतरा निवासी…
काठमाडौं : प्रहरीले छ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रवार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा शंकर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी,…
काठमाडौं : प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन्। नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे। होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै एक लाख २५ हजार रुपैयाँ तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे। दोस्रो भएका कृष्णले उक्त दूरी…
झिमरुक : प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री गरेको भन्दै २ सय ८८ लिटर पेट्रोल जफत गरेको छ। प्यूठान नगरपालिका-७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे १ च १९०३ नम्बरको पिकअपले १ सय ६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका-१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए। प्यूठान नगरपालिका-८ मा वाग्दुलाको सावित्रा थापाको नोस्सा पेट्रोलपम्पमा…
तानसेन : ‘पाल्पाको समृद्धिको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ पाल्पाको दमकडामा आजदेखि प्रथम पाल्पा महोत्सव शुरु भएको छ। यही फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ। समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्ता पूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुससहित नियन्त्रणमा लिएको छ। आयोगको बुटवलबाट खटिइएको टोलीले टेन्डरको काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थिति कार्यालय…