PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • एभरेष्ट प्रिमियर लिगले पायो आइसिसीको मान्यता

    एभरेष्ट प्रिमियर लिगले पायो आइसिसीको मान्यता

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ। आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आइसिसीले आधिकारिक मान्यता दिएको हो। यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन्। नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद…

    विस्तृतमा पढ्नुस्

  • नेता नेपाल र अमेरिकी राजदूतबीच एमसिसीका विषयमा कुराकानी

    नेता नेपाल र अमेरिकी राजदूतबीच एमसिसीका विषयमा कुराकानी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ। नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटघाट भएको हो। नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो। सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारले ‘विद्युतीय बस’ चलाउन स्वायत्त निकाय स्थापना गर्ने, साझा यातायातलाई पैसा नदिने

    वाग्मती प्रदेश सरकारले ‘विद्युतीय बस’ चलाउन स्वायत्त निकाय स्थापना गर्ने, साझा यातायातलाई पैसा नदिने

    काठमाडौं : वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ। संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको थियो। प्रदेश सरकारले सो यातायातलाई ३०…

    विस्तृतमा पढ्नुस्

  • परालको कुन्यूमा जलाएर मारिएका व्यक्ति भारतीय नागरिक

    परालको कुन्यूमा जलाएर मारिएका व्यक्ति भारतीय नागरिक

    सुरुङ्गा : परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ। बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय भएको खुलेको हो। शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औँठी, चप्पल, स्विटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • चिसो छल्न रूकुमबाट दाङ झरेका २३० भेडा मरे

    चिसो छल्न रूकुमबाट दाङ झरेका २३० भेडा मरे

    घोराही : पूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुमबाट चिसो छल्न र चराउन दाङको घोराही उपमहानगरपालिका–१९ पाँचपोखरीमा ल्याइएका भेडामा ‘पिपिआर रोग’ भएको पुष्टि भएको छ। समयमा उपचार नपाउँदा करिब २३० भेडा मरेका थिए। सो उपमहानगरपालिकाको पशु शाखा, पशु सेवा विज्ञ केन्द्र तथा जनप्रतिनिधि सहितको प्राविधिक टोली भेडा मरेको जानकारी आएपछि प्रभावित क्षेत्रमा पुगेको थियो। नमूना संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्ष धामीको मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न कांग्रेसको माग

    वडाध्यक्ष धामीको मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न कांग्रेसको माग

    काठमाडौं : नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका-२ का पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले आज एक विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भर्त्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको समेत गरेको छ। वडाध्यक्ष धामी गत माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा रहस्यमय…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकले नेपाललाई २२ अर्ब ८० करोड ऋण दिने

    विश्व बैंकले नेपाललाई २२ अर्ब ८० करोड ऋण दिने

    काठमाडौं : विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीवार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं छिर्ने गाडीलाई धुने ठाउँ खोज्दै यातायात व्यवस्था विभाग

    काठमाडौं छिर्ने गाडीलाई धुने ठाउँ खोज्दै यातायात व्यवस्था विभाग

    काठमाडौं : सरकारले काठमाडौं भित्रने सवारी साधनले धुलो र हिलो भित्र्याएको भन्दै सवारी साधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारी साधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारी साधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ। उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारी साधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको तयारी पूरा

    आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको तयारी पूरा

    काठमाडौं : आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधवारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। राजधानीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो। आइसिसीले निलम्बन फुकुवा गरेको छोटो…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी वर्ल्डकप लिग-२ : उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने

    आइसिसी वर्ल्डकप लिग-२ : उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको उद्घाटन गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन्। नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ। यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन्। जसमा कूल ६…

    विस्तृतमा पढ्नुस्

  • भत्काइयो दश अवैध बालुवा प्रशोधन केन्द्र

    भत्काइयो दश अवैध बालुवा प्रशोधन केन्द्र

    हेटौँडा : हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ। जिल्ला अनुगमन समितिले सोमवार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नम्बर ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • दुई हजारमै श्री एयरलाइन्सको जहाजबाट पोखरा

    दुई हजारमै श्री एयरलाइन्सको जहाजबाट पोखरा

    कास्की : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा-काठमाडौंसम्मका लागि भाडा दर दुई हजार ६०० रुपैयाँ निर्धारण गरेको छ। काठमाडौं-पोखराका लागि भने दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ। आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा-काठमाडौंको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो। पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर…

    विस्तृतमा पढ्नुस्

  • ग्यासको मूल्य बढ्यो, पेट्रोलको घट्यो

    ग्यासको मूल्य बढ्यो, पेट्रोलको घट्यो

    काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ पुगेको छ। यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ। समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु

    ट्र्याक्टर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु

    गलकोट : बाग्लुङको बडिगाड गाउँपालिका-९ बलघासमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुंगा लिएर गएको ध १ त ३७५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालक आश्विन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। उकालो सडकमा ट्र्याक्टर रोकी वेट राख्ने क्रममा ट्र्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

    भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

    भक्तपुर : सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ। उपत्यकाभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो। उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने ‘स्याटेलाइट सिटी’को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरेको छ। सरकारले काठमाडौं उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो। उपत्यकाबाट ‘इशान’ कोणको रुपमा लिइएको यसलाई भक्तपुरको नगरकोट जाने…

    विस्तृतमा पढ्नुस्

  • जडीबुटीको जाम हटाउन लेन थपिँदै

    जडीबुटीको जाम हटाउन लेन थपिँदै

    काठमाडौं : कोटेश्वर-जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्पको खोजी गरेको छ। सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ। जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो। मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङ विश्वकपको ‘एसियन टुर’ पोखरामा, ३० देशका १ सय २५ प्रतिस्पर्धी सहभागी हुने

    प्याराग्लाइडिङ विश्वकपको ‘एसियन टुर’ पोखरामा, ३० देशका १ सय २५ प्रतिस्पर्धी सहभागी हुने

    पोखरा : प्याराग्लाइडिङ विश्वकप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ ‍औँ संस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ। नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुनेछ। नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३०…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा थपियो बोर्डर आउट पोस्ट

    सप्तरीमा थपियो बोर्डर आउट पोस्ट

    सप्तरी : सप्तरीको बोदे बर्साइनमा आज एउटा बोर्डर आउट पोस्ट (बिओपी) थपिएको छ। छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र बोदे बर्साइन नगर प्रमुख आतेशकुमारसिंह यादवले आज सुरक्षा बेसलाई स्तरोन्नति गरी बिओपी स्थापना गरिएको हो। जसमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरी रहने छन्। शान्ति सुरक्षा कायम…

    विस्तृतमा पढ्नुस्

  • जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    धम्बोझी : बर्दिया राजापुर नगरपालिका-१० भगतपुर बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। ८८ नम्बर पिलरको सीमा जंगलमा खर काटी फर्केने क्रममा जंगली हात्तीको आक्रमणमा परी नेपालको दश गजाभित्र ४९ वर्षीय लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट सोही स्थान निवासी २९ वर्षीया उमा चौधरी घाइते भएकी छिन्। घाइते उमालाई उपचारका लागि नेपालगञ्ज पठाइएको राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा विषाक्त खानाका कारण तीन गैँडाको मृत्यु

    चितवनमा विषाक्त खानाका कारण तीन गैँडाको मृत्यु

    चितवन: चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडाको विषाक्त खानाका कारण मृत्यु भएको छ। शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको हो। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको देखिएको छ। गत साता मरेको गैँडाको पेटमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell