PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • रहरले होइन, मधेसको परिस्थितिले राजनीतिमा आएको हुँ : डा सिके राउत

    रहरले होइन, मधेसको परिस्थितिले राजनीतिमा आएको हुँ : डा सिके राउत

    लहान : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन्। सो पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भने, ‘कुनै रहरले राजनीतिमा आएको होइन, मधेसको परिस्थितिका कारण आएको हुँ।’ मधेसीका समस्याहरु अहिले पनि ‘ज्यूँको त्यूँ’ रहेकाले राजनीति बिना विकास र मधेसको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जंगलमा

    अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जंगलमा

    घोराही : चिसो छल्न भन्दै पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ। घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जंगलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न शुरु गरेका थिए। भेडा अज्ञात रोगले मरेको खबर सञ्चारमाध्यममा आएपछि प्रदेश नम्बर ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जंगलमा…

    विस्तृतमा पढ्नुस्

  • चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने सरकारको तयारी, नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह

    चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने सरकारको तयारी, नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ। बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो। हुवेइको बुहानबाट कोरोना भाइरसको संक्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ। “नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको उद्गमविन्दु वुहानका नेपाली नागरिक सुरक्षित

    कोरोनाको उद्गमविन्दु वुहानका नेपाली नागरिक सुरक्षित

    काठमाडौं : चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली सुरक्षित रहेको बताएको छ। वुहानबाट फैलिएको कोरोना भाइरस थप फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ। चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्तिमार्फत जनाएको छ। काठमाडौंस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसका शंकास्पद बिरामीको लागि भरतपुर अस्पतालमा छुट्टै कक्ष

    कोरोना भाइरसका शंकास्पद बिरामीको लागि भरतपुर अस्पतालमा छुट्टै कक्ष

    चितवन : छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ। अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको हो। उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शंकास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको…

    विस्तृतमा पढ्नुस्

  • झापामा घरभित्रै जलेको अवस्थामा मृत भेटिइन् महिला

    झापामा घरभित्रै जलेको अवस्थामा मृत भेटिइन् महिला

    झापाको बाह्रदशी गाउँपालिकामा शुक्रबार एक महिला मृतवस्थामा फेला परेकी छन्। बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणी घरभित्र जलेको अवस्थामा भेटिएकी हुन्। बिहान साढे सात बजे आफ्नै घरभित्र जलेको अवस्थामा मृत फेला थिइन्। प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। भने,'घटनास्थलमा खटिएको अनुसन्धान टोलीले कानूनी…

    विस्तृतमा पढ्नुस्

  • नेपालको सामाजिक-आर्थिक विकासमा लग्जम्बर्गले साझेदारी गर्ने

    नेपालको सामाजिक-आर्थिक विकासमा लग्जम्बर्गले साझेदारी गर्ने

    काठमाडौं : नेपालको सामाजिक-आर्थिक विकास प्रयासमा लग्जम्बर्गले सहयोग गर्ने तत्परता प्रकट गरेको छ। दुई देशबीच परराष्ट्रमन्त्रीस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्तामा लग्जम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले साझा चासोका विषयमा नेपालसँग सहकार्य गर्ने तत्परता व्यक्त गरेका हुन्। नेपालको औपचारिक भ्रमणमा रहेकाका विदेशमन्त्री एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तामा दुई देशबीचका पारस्परिक हित, साझा चासोका विषयमा गहन समीक्षा…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवारले बुझेनन् शव

    टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवारले बुझेनन् शव

    सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतमा मंगललवार टिपरको ठक्करबाट मृत्यु भएका कालिकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन्। भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई मंगलवार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिबिना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-लग्जम्बर्ग मन्त्रीस्तरीय वार्ता : साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल

    नेपाल-लग्जम्बर्ग मन्त्रीस्तरीय वार्ता : साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल

    काठमाडौं : नेपाल र लग्जम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ। नेपालको औपचारिक भ्रमणमा रहेका लग्जम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलबीच परराष्ट्र मन्त्रालयमा आज द्विपक्षीय वार्ता भएको हो। वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि विचार विमर्श भइरहेको बताइएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना…

    विस्तृतमा पढ्नुस्

  • टोखामा पाँच वटा पार्क बन्ने, दुई वटाको निर्माण शुरु

    टोखामा पाँच वटा पार्क बन्ने, दुई वटाको निर्माण शुरु

    काठमाडौं : काठमाडौंको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ। टोखा नगरपालिकाले चालु आर्थिक वर्षमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो। टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनससंख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो। काठमाडौं महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि एक/एक करोड वितरण…

    विस्तृतमा पढ्नुस्

  • जीपले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीकै मृत्यु, छोरा घाइते

    जीपले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीकै मृत्यु, छोरा घाइते

    धनुषा : धनुषामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन मरे दुई गैँडा

    एकै दिन मरे दुई गैँडा

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा मंगलवार एकै दिन दुई गैँडा मरेका छन्। यीसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको संख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्र र अन्य निकुञ्ज क्षेत्रमा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो। अर्को एक गैँडा सुखीभार क्षेत्र नजिक मृतावस्थामा…

    विस्तृतमा पढ्नुस्

  • लग्जम्बर्गका विदेशमन्त्री नेपालमा

    लग्जम्बर्गका विदेशमन्त्री नेपालमा

    काठमाडौं : लग्जम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका छन्। आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। आजै लग्जम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • सहमतिपछि आन्दोलनरत ट्यांकर चालक फर्किए काममा

    सहमतिपछि आन्दोलनरत ट्यांकर चालक फर्किए काममा

    काठमाडौं : ट्यांकरमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्यांकर चालक आजदेखि काममा फर्केका छन्। नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच आज भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने…

    विस्तृतमा पढ्नुस्

  • गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

    गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

    लहान : गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका-२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • काँकडभिट्टामा कोरोना भाइरस जाँच गर्न ‘हेल्प डेस्क’

    भद्रपुर : सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि आज साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ। भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ। भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयौँ विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन बोर्डको सिइओमा डा धनञ्जय रेग्मी

    पर्यटन बोर्डको सिइओमा डा धनञ्जय रेग्मी

    काठमाडौं : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा धनञ्जय रेग्मी नियुक्त भएका छन्। बोर्डको कार्यकारिणी समितिको आज बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको हो। सिइओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सिइओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ। विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • ६ जना एचआइभी संक्रमितले जन्माए सुरक्षित शिशु

    ६ जना एचआइभी संक्रमितले जन्माए सुरक्षित शिशु

    चितवन : विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणबाट चितवनमा १०६ जना नयाँ एचआइभी संक्रमित भेटिएका छन्। भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ संक्रमण भेटिएको हो। संक्रमितमध्ये १०४ जनाले नियमित औषधि सेवन गर्दै आएका छन्। संक्रमितको संख्या ९९१ पुगेको छ। सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी…

    विस्तृतमा पढ्नुस्

  • राजस्व छली रोक्न ‘२१ पाइले अभियान’

    महोत्तरी : राजस्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजस्व छली रोक्न ‘२१ पाइले अभियान’ थालेको छ। महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग ‘२१ पाइले अभियान’बारे जानकारी दिएका हुन्। ‘राजस्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन’, प्रमुख बिसीले भने, ‘राजस्व छल्ने सबै ढुवानीका साधन राजमार्गबाटै गुड्ने हुन्, राजमार्गको चौडाइ २१…

    विस्तृतमा पढ्नुस्

  • तीन ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

    तीन ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

    रुपन्देही : रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। सो दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका-४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell