बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधवार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ। नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो। यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसर कुकर बम पनि…
जिरी : पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की/स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो। स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म…
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो। राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र…
धादिङ : मध्य धादिङको ढोलामण्डली पूजाको प्रसाद खाएर घर फर्कदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका-८ ससाह ज्यामिरे सडकमा पल्टिँदा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ स्थित ढोला मण्डलीको दर्शन गरेर फर्कदै गर्दा ग १ ख ८०१२ नम्बरको आइसर ट्रक सडकमा पल्टिएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने…
काठमाडौं : ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभर्याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङ रहेका छन्। प्रहरीले उनीहरुलाई आज दिउँसो पक्राउ गरेको…
काठमाडौं : मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा ‘शुद्धिकरण अभियान’ सञ्चालन गरिरको छ। देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेस्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ…
मार्तडी : बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतवार राति डेढ किलो चरेसको साथमा वडा सदस्यसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो। प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका-१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका…
सुर्खेत : कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालयले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुरु गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्विच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गरे। मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए। ‘यातायात क्षेत्र अति संवेदनशिल जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्’,…
नेपालगञ्ज : युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ। बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन्। विशेष गरी मुस्लिम तथा मधेसी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउँछन्। जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन। बालविवाह बढ्दै गएको सो क्षेत्रमा काम…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनियर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नेपाल सरकारलाई गैरकानुनी रुपमा हानि पुर्याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनियर थमन योगी, असिस्टेन्ट सवइञ्जिनियर तोरणबहादुर विष्टलाई ७७ हजार ७७५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ। आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी,…
चितवन : वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन्। संघीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए। आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन्। माडी नगरपालिका–७ निवासी महदत्त काफ्लेले जोडिएको जिल्ला भएकाले…
गलकोट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल बाग्लुङ शाखाले आज बाग्लुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताए। ‘एमाले र माओवादी भन्ने इतिहास हो’, श्रेष्ठले भने, ‘नेकपाले सक्षम नेतालाई…
काठमाडौं : बेलुकी साँढे पाँच बजेको छ। राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो। सपनाको शहर काठमाडौंमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ। सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन। शुक्रवार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रामप्रसाद न्यौपाने घर जान पाएनन्। निजी व्यापारिक प्रतिष्ठानमा बेलुकी…
गलेश्वर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले अनुमोदन गर्ने बताएका छन्। राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आएका नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका हुन्। सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता…
अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो। विभागलाई कानुनी तथा साङ्गठानिक रुपमा समेत थप सवल बनाइयो। जसका कारण पछिल्ले पटक डेढ वर्षका अवधिमा १५ अर्ब रुपैया कर छली गरेको अभियोगमा ५०६ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। यसै सेरोफेरोमा रहेर विभागका महानिर्देशक दीर्घराज मैनालीसँग राष्ट्रिय समाचार समिति (रासस) का रमेश लम्साल…
लहान : सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स ८ प ७९८१, स ७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका-८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान-२ का २५ वर्षीय लक्ष्मेश्वर महतो…
गुल्मी : गत बुधवार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ। वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ। होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन्। स्थानीय र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले…
चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११:१५ बजे ठक्कर दिएको थियो। दुर्घटनामा परी पर्यटक बसमा सवार २१…
काठमाडौं : लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिक रूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए। आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ। बिहीवार साँझदेखिको निरन्तर…
सुरुङ्गा : ट्यांकरले ठक्कर दिँदा झापामा आज एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको हो। मृतकको बतन भने खुल्न सकेको छैन। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्यांकरले पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-४ कोटिहोम सडकखण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको…