हेटौँडा : पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ। पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा-११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाएको छ। उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको आजको इजलासले…
काठमाडौं : नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस जाँचका क्रममा ती मोबाइल बुधवार बरामद गरेको हो। प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा ३५ लाख मूल्य…
राँझा : बाँकेको कोहलपुर नगरपालिका-१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन्। भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए। उनका अनुसार घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो। वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए। उनले शव नेपाल ल्याउनका लागि नेकपा…
काठमाडौं : काठमाडौं उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारबाही गरिएको छ। सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई कारबाही गरिएको हो। उक्त अवधिमा झण्डै ४२ हजार जनालाई ट्राफिक नियम…
पोखरा: फागुन ११ देखि १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ विश्वकप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप हुने भएको छ। नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ। एशियाका प्याराग्लाइडिङ…
काठमाडौं : नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ९६०५ नम्बरको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो। मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी…
भीमदत्तनगर : स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार १२ वटा छाउगोठ भत्काइएको छ। भीमदत्त नगरपालिका-३ तिलकपुरमा सात र वडा नम्बर ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो। वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने…
सोमबार दिउँसो करिब २ बजे। चितवन इच्छाकामना गाउँपालिकाले गाउँसभा बैठक आयोजना गर्दै थियो। बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठे। त्यसपछि बैठक प्रारम्भ भयो। गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिए। विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन गरेका थिए। विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव…
साँखु : शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ। काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो। उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।…
बनेपा : दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ। ‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले सबै टिपर चालकलाई शपथ गराएका…
काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ। श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो। श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा,…
रमेश लम्साल - काठमाडौं : बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा प्रदेश २ मा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ। यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ। काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरकारी निकायसमेत यही प्रदेशमा…
काठमाडौं : बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नम्बर २ देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ। यस्तै वाग्मती (३ नम्बर) प्रदेश पनि सोही प्रदेशकै हाराहारीमा भ्रष्टाचार छ। काठमाडौंका विभिन्न मन्त्रालय तथा उच्च सरकारी निकायसमेत यही प्रदेशमा भएकाले पनि…
चितवन : चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन्। पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ। सो गैँडाको पोस्टमार्टमका लागि प्राविधिक टोली त्यसतर्फ लागेको उनले जानकारी दिए। केहीदिन अघि…
धनुषा : प्रदेश नम्बर २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ। नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रवार दिलीपको हत्या भएको थियो। आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमवार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतकको परिवारलाई सो रकम दिने निर्णय गरेको बताए। प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र…
काठमाडौं : नेपाल प्रहरीले रकम लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने एक जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कुल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतवार एकान्तकुनाबाट पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पाँच हजार लिएर रुपैयाँ ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका…
जाजरकोट : नलगाड नगरपालिका वडा नम्बर ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ। बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको उनले बताए।
काठमाडौं : काठमाडौं महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ। कामपाले आज वडा नम्बर २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको हो। उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रमको पाँच लाख रुपैयाँ वडा २५ को विपद्…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने निर्णय गरेको छ। त्रिवि कार्यकारी परिषद्को बुधवार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले जानकारी दिए। परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। ‘मलाई आज मात्र फागुन १४ मा…
पाल्पा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको सैनिक हेलिकप्टर आज पाल्पामा आकस्मिक अवतरण गरिएको छ। रुपन्देहीको बुटबलमा अवतरण हुनुपर्ने सो हेलिकप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए। शनिवार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटवल गएका हुन्। हेलिकप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा…