PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी

    साँखु : शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ। साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो। हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए। भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख बायोम्याट्रिक प्रणालीमा

    नेपाल प्रवेश गर्ने र बाहिरिने विदेशीको अभिलेख बायोम्याट्रिक प्रणालीमा

    काठमाडौं : नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले अध्यागमन विभागबाट विकास गरिएको ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ। अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलता र विगतको अनुभवसमेतका आधारमा नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिक सम्मिलित टोलीले एक वर्ष लगाएर विकास गरेको सो नेपाली पोर्टको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे।…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिका-४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक रहेको प्रहरीले जनाएको छ। आज करिब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो। उनी घटनास्थलबाट करिब ८० मिटर तल मृत अवस्थामा फेला परेका…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भ्याट बिल बनाएर साढे २३ करोड राजस्व छलि गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा

    नक्कली भ्याट बिल बनाएर साढे २३ करोड राजस्व छलि गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा

    काठमाडौं : मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन जनाविरुद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनलका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी १४ करोड ८७ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पाइएको छ। विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैदको मागदावी…

    विस्तृतमा पढ्नुस्

  • २१ तोला सुनसहित एक युवक पक्राउ

    २१ तोला सुनसहित एक युवक पक्राउ

    जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए। १६ लाख २४ हजार ६०६ रुपैयाँ मूल्य बराबरको स्रोत नखुलेको सो परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा…

    विस्तृतमा पढ्नुस्

  • मौसम बदलीसँगै वर्षाको सम्भावना

    मौसम बदलीसँगै वर्षाको सम्भावना

    काठमाडौं : भारतको उत्तरपूर्वी भू-भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ। उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य…

    विस्तृतमा पढ्नुस्

  • माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु, २० जना घाइते

    माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु, २० जना घाइते

    सिन्धुली : झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौं महानगरपालिका-११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए। दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    हरिवन : सर्लाहीको वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ग १ ख ८१४० नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका–२ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिए। नयाँरोड मधुवनी सडकखण्डअन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। बस र चालकलाई प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    बैतडी : ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ-गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्र्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको आज बिहान थाहा भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री थापा

    एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री थापा

    सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्ने बताए छन्। नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आज सुर्खेत आएका गृहमन्त्री थापाले यहाँका पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताएका हुन्। ‘एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट…

    विस्तृतमा पढ्नुस्

  • खुशी हुँदै चितवनबाट फर्किइन् राजकुमारी एस्ट्रिड

    खुशी हुँदै चितवनबाट फर्किइन् राजकुमारी एस्ट्रिड

    चितवन : चितवन राष्ट्रिय निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी एस्ट्रिड आज काठमाडौं फर्किएकी छिन्। फर्कनुअघि उनले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताको बारेमा वर्णन गरिन्। उनले निकुञ्जमा घुम्दा आफूले एक सिङ्गे गैँडासहित विभिन्न जनावर र थुप्रै प्रजातिका चराचुरुङ्गी देखेको भन्दै खुशी प्रकट गरिन्। आफूलाई स्वागतसहित राम्रो आतिथ्यता प्रदान गरेकोमा भरतपुर महानगरपालिका र…

    विस्तृतमा पढ्नुस्

  • एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : प्रचण्ड

    एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : प्रचण्ड

    कावासोती : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन्। नवलपुरको दलदलेमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताएका हुन्। अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उनले नेपालमा त्यस्तो विवादित…

    विस्तृतमा पढ्नुस्

  • अवैध उत्खनन् गरेको गुनासो बढेपछि क्रसर उद्योग सञ्चालनमा रोक

    अवैध उत्खनन् गरेको गुनासो बढेपछि क्रसर उद्योग सञ्चालनमा रोक

    महोत्तरी : क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ। प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधवार गरेको हो। उद्योगले गत आर्थिक वर्ष २०७५/७६ को  भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसका शीर्ष नेताहरु देउवा निवासमा, पार्टी भित्र देखिएको विवाद मिलाउने प्रयास

    काँग्रेसका शीर्ष नेताहरु देउवा निवासमा, पार्टी भित्र देखिएको विवाद मिलाउने प्रयास

    काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन्। यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहानदेखि छलफल भइरहेको छ। शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुंगो लगाउने बताइएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ का तीन वटै सिटमा नेकपा विजयी

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ का तीन वटै सिटमा नेकपा विजयी

    विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभाअन्तर्गत तीन पदका लागि आज भएकोे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीनै उम्मेद्वार विजयी भएको छ। महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४ सय २६, दलिततर्फ गोपी आछामीले ६ हजार ३ सय ३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार ल्याई विजयी भएका जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका एक जना बमसहित पक्राउ

    ‘विप्लव’ समूहका एक जना बमसहित पक्राउ

    खाँदबारी : सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो। सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालो तार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर ९ थान, सकेट बम एक थान, रातो…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा वन कार्यालयका हाकिम पक्राउ

    घुस लिएको अभियोगमा वन कार्यालयका हाकिम पक्राउ

    रुपन्देही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ। वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

    विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

    भक्तपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी…

    विस्तृतमा पढ्नुस्

  • राजकुमारी एस्ट्रिडलाई भरतपुरमा पञ्चैबाजाले स्वागत

    राजकुमारी एस्ट्रिडलाई भरतपुरमा पञ्चैबाजाले स्वागत

    चितवन : बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा स्वागत गरिएको छ। नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिक रुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा प्रहरी जवान पक्राउ

    घुस लिएको अभियोगमा प्रहरी जवान पक्राउ

    लहान : सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी जवान यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell