PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • १५ हजार घुसले सईलाई पुर्‍यायो अदालत

    १५ हजार घुसले सईलाई पुर्‍यायो अदालत

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। पञ्जियारविरुद्ध सोही रकम बराबर बिगो माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनपछि स्थायी राजधानी पाउँछौं : मुख्यमन्त्री पौडेल

    दुई दिनपछि स्थायी राजधानी पाउँछौं : मुख्यमन्त्री पौडेल

    हेटौँडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन्। उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए। मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नम्बर ३ सरकार लागिरहेको बताए। उनले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नम्बर ३ मातहत ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • एक भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ

    एक भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ

    चौतारा : एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोग प्रहरीले सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष र उपाध्यक्षबीचको रस्साकस्सीले गाउँपालिकाको सेवा प्रभावित

    महोत्तरी : जनप्रतिनिधिबीचको रस्साकस्सीले सम्सी गाउँपालिकाका सेवा प्रभावित भएका छन्। अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादवको बेमेलले गाउँसभाका निर्णय कार्यान्वयन हुन नसक्दा गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावित भएका हुन्।  अहिले गाउँ कार्यपालिकाको कार्यालयमा ताल्चा झुण्डिएको छ। घरधनी रामभरत रायले सहमतिअनुसार पछिल्ला छ महिनायताको घरभाडा नपाएको भन्दै गत बुधवार नै ताल्चा झुण्ड्याइदिएपछि कार्यालयबाट दिइने सेवा…

    विस्तृतमा पढ्नुस्

  • टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

    टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बनेपा : नमोबुद्ध नगरपालिका-२ बिपी राजमार्गअन्तर्गत सेल्फिडाँडामा आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाइल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा २ क ५ नम्बरको मिनी आइचर टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • २१ करोड राजश्व छलेको आरोपमा एक व्यवसायीविरुद्ध मुद्दा दायर

    २१ करोड राजश्व छलेको आरोपमा एक व्यवसायीविरुद्ध मुद्दा दायर

    काठमाडौं : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। काठमाडौं महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले २१ करोड १८ लाख रुपैयाँ विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • दुई जना फरार प्रतिवादी पक्राउ

    दुई जना फरार प्रतिवादी पक्राउ

    राजविराज : विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन्। सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका…

    विस्तृतमा पढ्नुस्

  • समयसीमा भित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने

    समयसीमा भित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने

    फिदिम : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन्। उनले भने, ‘ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो। अगामी दिनमा समयसीमा भित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गरिने छ।’ आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • जन्मदर्ताका लागि दुई लाख घुस!

    जन्मदर्ताका लागि दुई लाख घुस!

    काठमाडौं : जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडासचिवविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ। सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो।  वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी, भोली दिउँसो पनि सडक बन्द हुने

    नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी, भोली दिउँसो पनि सडक बन्द हुने

    भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ। सडक आयोजनाले मंगलवार सूचना जारी गर्दै ढंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ। गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ। सो कार्य नसकिएको…

    विस्तृतमा पढ्नुस्

  • अधिकांश सवारी दुर्घटनामा चालककै दोष

    अधिकांश सवारी दुर्घटनामा चालककै दोष

    पाल्पा : जिल्लामा ट्राफिक नियम पालन नगरी सवारी साधन चलाउने बढी देखिएका छन्। ट्राफिक नियम विपरीत सवारी साधन चलाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन्। चालकले मदिरा सेवन गरी सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।    सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल अनियन्त्रित भई खोल्सामा खस्दा चालकको मृत्यु, एक जना घाइते

    मोटरसाइकल अनियन्त्रित भई खोल्सामा खस्दा चालकको मृत्यु, एक जना घाइते

    ओखलढुङ्गा : सुनकोशी गाउँपालिका-३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी-३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ। बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल सोमवार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार…

    विस्तृतमा पढ्नुस्

  • विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा

    विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा

    काठमाडौ : विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन्। जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन। प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो। यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए। लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका…

    विस्तृतमा पढ्नुस्

  • ७ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

    ७ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

    मध्यपुर थिमि : मध्यपुर थिमी नगरपालिका-९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ। हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट सात लाख तीन हजार १९० रुपैयाँ तथा सात हजार ६६० भारतीय रुपैयाँ गरी कूल सात लाख १५ हजार ४४६ सहित उनीहरुलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटना हुँदा कांग्रेस महासमिति सदस्यको मृत्यु

    बस दुर्घटना हुँदा कांग्रेस महासमिति सदस्यको मृत्यु

    जलेश्वर : पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ। महोत्तरीको मनरासिस्वा नगरपालिका-१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। काठमाडौंबाट आउँदै गरेको ना ५ ख ६४११ नम्बरको गङ्गोत्री बस उखु लोड गरी रोकिराखेको ना ४ ख…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका पाँच हजार युवाले यसै वर्ष रोजगारी पाउने

    सुर्खेत : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन्। सिटिइभिटीका आंगिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन्। सिटिइभिटी कर्णाली प्रदेश कार्यालयले सोमवार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ। कार्यक्रममा कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन १७ जना फरार अभियुक्त पक्राउ

    एकैदिन १७ जना फरार अभियुक्त पक्राउ

    सप्तरी : जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट सोमवार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका-१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका-४ का ५८ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतबाटै 'लाइसेन्स' वितरण गर्ने तयारी हुँदै

    सुर्खेतबाटै 'लाइसेन्स' वितरण गर्ने तयारी हुँदै

    सुर्खेत : यही माघ ५ गतेदेखि वीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी थालिएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए। सुर्खेत प्रदेश राजधानी हुँदासमेत लाइसेन्स लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेकामा सर्वसाधारणको व्यापक गुनासो थियो। प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय…

    विस्तृतमा पढ्नुस्

  • दाजुको कुटाइबाट भाइको मृत्यु

    दाजुको कुटाइबाट भाइको मृत्यु

    पशुपतिनगर : इलामको सूर्योदय नगरपालिका-१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन्। आइतवार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो। दाजुले काठको पिरा प्रहारपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि घर गएका थिए। तर बिहान उनी ओछ्यानमै मृत फेला…

    विस्तृतमा पढ्नुस्

  • जाने होइन त मोराडाँडामा हिउँ खेल्न?

    जाने होइन त मोराडाँडामा हिउँ खेल्न?

    ताङतिङ : तिनताका पोखराबाट ताङतिङ पुग्न झण्डै एक दिन नै हिँड्नुपर्थ्यो। जमाना फेरिएको छ। पोखराको काँहुखोलाबाट २१ किलोमिटरको यो ठाउँमा अहिले मोटर पुगिसकेको छ। प्रकृतिले बरादान दिएको ठाउँ हो ताङतिङ। कास्कीको मादी गाउँपालिकाको हिमाली तथा पहाडी दृश्य एकसाथ अवलोकन गर्न पाइने पर्यटकीय गाउँ ताङतिङबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिने नौंचुलगायत मोराडाँडादेखि नै सेताम्मे हिमपातले त त्यहाँ पुग्ने जोकोहीलाई अझै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell