काठमाडौं : काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए। उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आए छन्। यसक्रममा शनिवार मन्त्री नेम्वाङले कलंकी-नागढुंगा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवत जावतलई सञ्चालनमा राख्न निर्देशन दिए। अनुगमनमा काठमाडौं क्षेत्र…
रत्ननगर : भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार बिहान २०० को संख्यामा पुगेर प्रहरीले रंगशाला निर्माणमा श्रमदान गरेको थियो। श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो। 'प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ', प्रहरी उपरीक्षक मल्लले भने, 'रंगशाला निर्माण…
सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका-१ र २ का स्थानीय काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन्। गाउँपालिका वडा नम्बर ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नम्बर १ र २ का स्थानीयलाई आवतजावतमा बढी समस्या भएको हो। २०७० सालमा साविक जिल्ला विकास समितिबाट पाँच लाख रुपैयाँको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा…
काठमाडौं : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सुरक्षा मापदण्ड अनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ। युरोपेली संघ (इयू) को चासो अनुरुप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवाप्रदाय निकायको रुपमा स्थापित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा भइरहेको अभ्यास र आधुनिक प्रविधिको प्रयोगमा पनि नेपालले कुनै कसर बाँकी राखेको छैन।…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षामा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगंज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ। वीरगंजबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई २८ हजार रुपैयाँ घुस दिन खोजेको आरोप लागेको छ। खातुनले इलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रहरीलाई घुस दिन खाजेको…
काठमाडौं : आजदेखि यहाँ चिनियाँ चलचित्र महोत्सव शुरु भएको छ। महोत्सवको पहिलो दिन जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशाल सैन्य परेड २०१९ समारोहको झलक प्रस्तुत गरियो। नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वर्ल्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवअन्तर्गत शनिवार कुमारी चलचित्रघरमा चाङ यिमोयुद्वारा निर्देशित ‘ग्रेटवाल’ शीर्षक चलचित्र प्रस्तुत गरिने छ। सो चलचित्र यही पुस २१ गते…
काठमाडौं : भारतकी चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन्। भोस्लेले आज राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपति भण्डारी सँग भेटघाट गरेकी हुन्। शनिवार हुने एक सांगीतिक कार्यक्रममा भाग लिन भोस्ले बुधवार नेपाल आएकी थिइन्। साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन्। राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसंगीतको…
काठमाडौं : नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ। राजधानीमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे। साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ। समारोहमा उपराष्ट्रपति पुनले घिसिङ…
हेटौँडा : मकवानपुरमा आज भएको सुमो जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। रौतहटबाट काठमाडौंका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन्। अन्य दुई मृतकको…
जुम्ला : चन्दननाथ नगरपालिका-३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गुठीचौर गाउँपालिका-३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका-५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको हो। 'नियन्त्रणमा लिएकाहरु र मृतक कामीबीच केही दिनअघि वादविवाद भएको पाइयो', प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, 'घटनाको अनुसन्धान भइरहेको छ।' परबहादुरको शव गुठीचौर…
भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ। आयोजनाले आज सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको हो। गत मंसिर २७ गतेबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम भइरहेको छ। पुस २२ गतेसम्म…
हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ओखरेडाँडा नजिक सुमो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्। चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो सडकभन्दा अन्दाजी ३०० मिटर तल खसेको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ। सुमो जीपमा ९ जना सवार…
बेत्रावती : फोहोर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। फोहोर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०:३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तीनपिप्लेले जनाएको छ। ना २ क ३३८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा…
कञ्चनपुर : नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ। भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रममा गराउने भएको हो। नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखहरुको बैठकबाट पश्चिमी सीमानाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार…
कावासोती : सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासी पूर्वनवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ। पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो। ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा अनावश्यक रूपमा सवारीमा जडान गरिएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए। पहाडी…
मनाङ : चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ। चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ। पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन्। जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेकोे जानकारी दिए। बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको उनले बताए। उनका अनुसार खानेपानीको मुहान…
बनेपा : धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा आज अपराह्न सुमो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडक किनारामा भएकोे बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी बोगटीको…
लिस्बन : दोलखा, गौरीशंकर-७ का धनराज शेर्पा यतिबेला पोर्चुगलमा संघर्षरत छन्। उनको यो संघर्ष १० वर्षदेखि जारी छ। तर हालसम्म पनि संघर्षमा उनलाई पछुतो भने छैन। नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्चुगलमा कामदारका रुपमा छिरेका थिए। ३३ महिनाको नोकरीपछि साझेदारीमा रेस्टुरेन्ट चलाउने उनमा इच्छा जाग्यो। फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने। साझेदारीमा चलाएको रेस्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई…
सप्तरी : सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो। विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह र वडा नम्बर ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा कार्यालयमा…
हेटौडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन्। 'हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ। यो समस्या सबै क्षेत्रको समस्या र सधैँको समस्या भएको छ,' पौडेलले भने। ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उनको धारणा थियो। उनले परिणाम नआउने…