काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र हिमालयन शेर्पा क्लबबीचको खेल १-१ को बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएफ र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। खेलको ४७ औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। तर…
लाहान : ठूलो परिमाणको अवैध सुनचाँदीका गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका-४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई-छिपाई राखिएको सुनचाँदीका गहना…
राजविराज : सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ भारदहमा आज अजिङ्गर फेला परेको छ। स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ। करिब २५ किलो तौल भएको अजिङ्गर झाको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको प्रहरी…
काठमाडौं : सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ। नेपाल एलपी ग्यास उद्योग संघको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत गरिने बताए। पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको निगमले व्यावसायिकता प्रदर्शन गर्न नसकेको भन्दै बेलाबेलामा…
काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका-११ कपन कृष्णमन्दिर सडकमा बा ७ प ८८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका-१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कपिलवस्तु : कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छिन्। डेलिभरीको लागि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्। आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदै गर्दा उनले ट्र्याक्टरमा नै छोरा जन्माएकी थिइन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन।…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने तयारी भएको छ। छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावसमेत आइतबार नै पारित गर्ने तयारी गरिएको छ। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार…
गलकोट : बाग्लुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लु १ च ७७१८ नम्बरको पिकअप जिप बडिगाड गाउँपालिका-२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडा नम्बर…
कलैया : बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको छ। हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो। पचरौता नगरपालिका-१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। श्रीमान र श्रीमतीबीच झगडा हुँदा श्रीमतीको हत्या गरेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली…
सिन्धुपाल्चोक : मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ। समीपमा केही मजदुर रड बुुन्दै छन्। कोही ड्रिल गरेर पहरा फोर्दैछन्। स्काभेटर खोला खोलेर ढुंगा निकाल्न प्रयोग भइरहेको छ। टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन्। अन्य मजदुरहरु फलाम काट्ने, रड मिलाउँदै छन्। शुक्रवार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो। यहाँ इन्जिनियरहरु पहेँलो ज्याकेट…
काठमाडौं : स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर/गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आयोगको अभियोग छ। वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा…
काठमाडौं : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन। ‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको आजको दफावार छलफलमा समितिका सदस्यका बीचमा सहमति जुट्न नसकेको हो। सो विषयमा समितिको बैठकमा गत मंगलवारदेखि छलफल हुँदै आएको छ। समितिका सदस्यले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राखेका थिए। युवा तथा…
काठमाडौं : तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ। स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए। उनका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ। घरदैलौ कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ। सो…
सुरुङ्गा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका-३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन्। बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम बस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्बरको बसले ठक्कर दिएको हो।…
भक्तपुर : भक्तपुर अस्पताल अगाडि सञ्चालनमा रहेको भैरव फार्मेसीमा शिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो। अनुगमनमा भक्तपुर नपा वडा नम्बर १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित रहेको साथै…
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय व्यवस्था अन्तर्गत तीनवटै तहका सरकारले यसका आधार तयार गर्न सफल बनेको बताएका छन्। गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो बैठकको आज यहाँ आयोजित उद्घाटन समारोहमा उनले नयाँ व्यवस्था अनुसार हालसम्म मूलभूत र संस्थागत आधार तय भएको बताउँदै आगामी दिनमा जनताले अनुभूति गर्ने गरी काम अघि बढ्ने उल्लेख गरे। यस अवधिमा स्थानीय तह र…
काठमाडौं : प्रो स्पोर्ट्स प्रालीको आयोजनामा १३ औँ संस्करणको काठमाडौं म्याराथन प्रतियोगिता आगामी पुस ५ गते हुने भएको छ। आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले ७ स्पर्धामा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पत्रकार सम्मेलनमा जानकारी दिए। प्रदेश ३ का पर्यटनमन्त्री अरुणप्रसाद नेपालले प्रतियोगितालाई काठमाडौं बाहिर पनि लैजानुपर्ने सुझाव दिए। प्रतियोगितामा महिला र पुरुषको म्याराथन, हाफ म्याराथन, पाँच किमीको खुला दौड, कर्पोरेट रिले,…
काठमाडौं : प्रहरीले एक लाख सात हजार ५१० रुपैयाँसहित नौ जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधवार राति पक्राउ गरेको हो। पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पर्वत : प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन्। मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःमः, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ। प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिए। उनले भने, 'तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु प्रयोग गर्न शुरु…
दमौली : दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ। धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नम्बरको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारबाही गरेको हो। सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी…