PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

    सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

    डोटी : सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ। अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए। उनले भने, 'बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ। सेवा पुनः सञ्चालन गराउन प्रविधिक टोली परिचालन भैसकेको छ।' इन्टरनेट सेवा अवरुद्ध भएपछि…

    विस्तृतमा पढ्नुस्

  • गोरु व्यापारमा सहयोग गरिदिन भन्दै प्रहरीलाई घुस दिने एकजना पक्राउ

    गोरु व्यापारमा सहयोग गरिदिन भन्दै प्रहरीलाई घुस दिने एकजना पक्राउ

    काठमाडौं : गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो। यस्तै आयोगले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

    जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

    बैतडी : यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरी चौकी हाटमा कार्यरत थिए। आज खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका-६ सनगाउँमा सडकमै जिप पल्टेको हो। दुर्घटनामा परी…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई अमेरिकाको अहिलेसम्मकै ठूलो सुरक्षा सहयोग : सेनाका लागि दुई वटा विमान

    नेपाललाई अमेरिकाको अहिलेसम्मकै ठूलो सुरक्षा सहयोग : सेनाका लागि दुई वटा विमान

    काठमाडौं : नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा  एम २८ स्काई ट्रक (विमान) हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे। छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुक्त मानिएको छ। नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा साइकल ऐन बनाउने तयारी हुँदै

    ललितपुरमा साइकल ऐन बनाउने तयारी हुँदै

    ललितपुर : ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ। महानगरपालिकाले मंगलवार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गरे। उनले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि बढ्ने बताउँदै भने, 'हामी संघ र प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता

    पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता

    काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार संकलनका क्रममा खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो। गत मंसिर २४ मा साग समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने सरकारको तयारी

    सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने सरकारको तयारी

    कास्की : सरकारले सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने भएको छ। सरकारले देशका सात प्रदेशमा एक/एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला तथा ७५३ पालिकामा एक/एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए। संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६औँ प्याब्सन स्पोर्ट्स मिट-२०७६’ को उद्घाटन कार्यक्रममा आज पोखरामा उनले देशको समृद्धिका लागि खेल क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भीमदत्तनगर : भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ। भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका-४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले…

    विस्तृतमा पढ्नुस्

  • बढ्यो डिजेल र मट्टीतेलको भाउ

    बढ्यो डिजेल र मट्टीतेलको भाउ

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए। उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य…

    विस्तृतमा पढ्नुस्

  • प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्, 'नेपाल पृथ्वीको स्वर्गजस्तो'

    प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्, 'नेपाल पृथ्वीको स्वर्गजस्तो'

    'पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ। मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे। मलाई पनि बचुँलाजस्तो लागेन। भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन्। उनले तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पु¥याइदिउँला भनेका थिए।' गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम पहिरोमा परेको अनुभव सुनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख रुपैयाँ जरिवाना

    बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख रुपैयाँ जरिवाना

    सुरुङ्गा : झापामा विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख रुपैयाँ जरिवाना तिरेका छन्।  मंसिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो। वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दूर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार…

    विस्तृतमा पढ्नुस्

  • पूर्वपश्चिम रेलमार्गको इआइए प्रतिवेदनमाथि गरियो सार्वजनिक सुनुवाइ

    पूर्वपश्चिम रेलमार्गको इआइए प्रतिवेदनमाथि गरियो सार्वजनिक सुनुवाइ

    इटहरी : पूर्वपश्चिम रेलमार्गअन्तर्गत निर्माण हुन लागेको इनरुवा-काकडभिट्टा रेल लाइन र इटहरी-विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि आज इटहरीमा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (इआइए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल विभागले आयोजना गरेको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रेलमार्ग निर्माण सम्पन्न गर्न ९० अर्ब रकम लाग्ने रेल विभागका इञ्जिनियर सुुमोद पोखरेलले जानकारी दिए। दुई सय…

    विस्तृतमा पढ्नुस्

  • भूउपग्रह 'नेपाली स्याट-१' ले लियो तीन मुलुकको तस्विर

    भूउपग्रह 'नेपाली स्याट-१' ले लियो तीन मुलुकको तस्विर

    ललितपुर : नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह 'नेपाली स्याट-१'ले भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्विर लिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट-१ पहिलो पटक ती तस्विर लिन सफल भएको हो। करिब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्विर लिएको जानकारी जापानस्थित क्यूटेक…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने? खेलकूद विधेयकमाथि दफावार छलफल शुरु

    अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने? खेलकूद विधेयकमाथि दफावार छलफल शुरु

    काठमाडौं : खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित भई आएको विधेयकमाथि छलफल शुरु भएको हो। समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुंगो लगाइएको जानकारी दिए। उनका अनुसार प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययनअनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुंग्याइएको छ। यसैगरी समिति बैठकमा अन्तर्राष्ट्रिय खेलाडीका…

    विस्तृतमा पढ्नुस्

  • एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

    एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

    जलेश्वर : महोत्तरी जिल्लाको जलेश्वर-मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नम्बर गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए। आइतवार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी नगरपालिका-९…

    विस्तृतमा पढ्नुस्

  • दुई वटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

    दुई वटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

    चितवन : पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका-१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ना ६…

    विस्तृतमा पढ्नुस्

  • जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

    जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

    सुर्खेत : तिला गाउँपालिका-९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्। जडीबुटी संकलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका-९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ। उनले भने, 'सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए। तर गएदेखि आजसम्म सम्पर्कमा छैनन्। बाह्रै जनाको अवस्था अज्ञात…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

    चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

    काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराति हृदयाघातका कारण निधन भएको छ ।  भट्टराई ५२ वर्षका थिए। वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो। अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए। आठ महिनाअघि उनी बोर्डको अध्यक्ष नियुक्त भएका थिए।  उनी चलचित्रका निर्देशक साथै…

    विस्तृतमा पढ्नुस्

  • चितवन मेडिकल कलेजले सबै संकायको बढी लिइएको शुल्क समायोजन गर्ने

    चितवन मेडिकल कलेजले सबै संकायको बढी लिइएको शुल्क समायोजन गर्ने

    चितवन : चितवन मेडिकल कलेज (सिएमसी)ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ। कलेजले शनिवार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ। सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या गरेर सेफ्टीट्याङ्कीमा हाल्ने श्रीमानसहित ३ जना पक्राउ

    श्रीमतीको हत्या गरेर सेफ्टीट्याङ्कीमा हाल्ने श्रीमानसहित ३ जना पक्राउ

    धादिङ : महिलाको हत्या आरोपमा सिद्धलेक गाउँपालिका-३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सो गाउँपालिका-३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो। मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell