खाँदबारी : संखुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। गएराति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए। आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए। आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै…
सिमकोट : दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा,…
चरिकोट : दोलखाको भीमेश्वर नगरपालिका-२ तिखातलमा गएराति स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्। गएराति १० बजेको चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका-८ खोपाचागुका २२ वर्षीय राजु थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा भिमेश्वर…
काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा आज परीक्षण उडान गरेको छ। एयरलाइन्सले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत परीक्षण उडान गरेको हो। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोलीसहित जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार प्राधिकरणबाट उडान सेड्युअल स्वीकृत…
काठमाडौं : बिहीवार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन। किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेका बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ। धेरै भित्तेपात्रोहरुमा यो दिनलाई सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक…
वालिङ : आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए। प्रवक्ता घिमिरेका अनुसार छोरा नारायण तिवारीले मंसिर १२ गते करिब ४:३० बजे आमाले…
कास्की : दोस्रो संस्करणको 'नमस्ते पोखरा प्रिमियर लिग' (पिपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आगामी मंसिर २८ देखि पुस १२ गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो। प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले…
धम्बोझी : बर्दिया जिल्ला बारबर्दिया नगरपालिका-१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। जीपको ठक्करबाट बर्दिया जिल्ला बारबर्दिया नगरपालिका-१० बस्ने राजेन्द्र थारूकी ५ वर्षीया छोरी सामना थारूको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी छिन्।…
नेपालगञ्ज : नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन्। गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए। यसैगरी, प्रहरीले बर्दियामा बेवारिसे अवस्थामा रहेका एक थान भरुवा…
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले तत्काल संघको नेतृत्व ल्याउन माग गरेका छन्। नेविसंघले आज यहाँ आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–कांग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसंघको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसंघका नेताले संघलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन्। कार्यक्रममा नेविसंघका नेता मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसंघको नेतृत्व नहुनु दुःखद भएको बताए।…
काठमाडौं : नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका सो स्थानको आकाशे पुल निर्माणमा ढिलाई हुने भएको हो। आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो। डिभिजन सडक कार्यालय काठमाडौंले गत चैतमा…
काठमाडौं : काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ। सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो। सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए। उनका अनुसार कम्पनीले झण्डै…
चितवन : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मंसिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो। धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए। विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र कालोपत्रे थप गरिएको छ। गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको…
हेटौँडा : मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटना दुई जनाको मृत्यु भएको छ। ति दुर्घटनामा परी दुई जना घाइते भएका छन्। गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीय ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला…
सुर्खेत : प्रहरीले बाबुको हत्या गरेको आशंकामा आमा-छोरालाई पक्राउ गरेको छ। पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका-२ मालनेटाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या गरेको आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलवार साँझ पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा…
भोजपुर : यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका-३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पौवादुङमा-३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्। रामप्रसादराई-२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन्। घटनाको जानकारी…
नारायणगढ : नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा…
डोटी : सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय एचआइभी सङ्क्रमित संख्या घट्न थालेको छ। पछिल्लो तथ्यांक हेर्दा संक्रमितको संख्या घट्न थालेको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा कूल ९९४ संक्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ। पछिल्ला तीन वर्षयताको तथ्यांक हेर्दा एचआइभी संक्रमितको संख्या घट्दो क्रममा रहेको…
सुरुंगा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका-४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका-२ का २३ वर्षीय किसन साह रहेका छन्। सडक छेउमा रोकी राखेको ना ५ ख ७६६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारसँग…
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत फेन्सिङमा नेपालले आज दुई रजत पदक जितेको छ। नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो। यससँगै नेपालले फेन्सिङमा चार रजत तथा छ कास्य गरी १० पदक जितेको छ। दुवै प्रतिस्पर्धामा नेपाल भारतसँग पराजित भयो। महिला टिम इपीमा बंगलादेश र श्रीलंकाले कास्य जिते। यस्तै महिला टिम साबरमा पनि बंगलादेश…