काठमाडौं : राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए। निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्व प्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाए। भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे…
चितवन : राप्ती नगरपालिका-५ मा शनिवार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ। एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका-८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका-९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका-९ की २५…
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ। आजका खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२ पदक जितेको छ। त्यस्तै श्रीलंका ३० स्वर्ण, ५७ रजत र ८३…
चिप्लेढुंगा : दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो। टोलीले उपाधिका लागि आइतवार भारतसँग भिड्नेछ। खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोल गरिन्। आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा…
पोखरा : १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत यहाँ सञ्चालित भारोत्तोलनमा अहिलेसम्म नेपालले दुई स्वर्णसहित १४ पदक जित्न सफल भएको छ। पोखरा महानगरपालिका–१२ माटेपानीस्थित एसआर केसी बैंकेटमा आयोजित प्रतियोगिताको आज भएको खेलमा नेपाली खेलाडी महिला तथा पुरुषतर्फ दुई रजत र चार कास्य पदक जित्न सफल भएका हुन्। पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत…
काठमाडौं : प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। नेपाल प्रहरीको शुक्रवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय…
बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ। कांकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। मृत्यु हुनेमा झापाको तोपगाछी-७ बस्ने वर्ष ४२…
दार्चुला : नेत्र विक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार राति पक्राउ गरेको छ। यहि मंसिर १८ गते लेकम गाउँपालिका-१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका-१ शिखर बलाँचबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लेकम-१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका-१०…
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ। शुक्रवारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ। नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जित्दै तालिकाको दोस्रो स्थानमा छ। यस्तै श्रीलंका २३ स्वर्ण, ४२ रजत…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिवार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ। शनिवार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरेको छ। म्याराथन दौड शनिवार बिहान ७ः००…
चितवन : मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीवार साँझ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४ प ६६५० नम्मबरको मोटरसाइकल भरतपुर महानगरपालिका-१५ रामपुरमा साँझ ५ः४५ बजे एकापसमा ठोक्किएको…
पोखरा : नेपालकी सञ्जु चौधरीले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलङ्काकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। पोखरा महानगरपालिका-१२ माटेपानीस्थित एसआर केसी ब्याङ्क्वेटमा बिहीवारदेखि शुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान…
डोटी : शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो। उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाएका छन्। हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ। जिल्ला…
काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन्। सहायकमन्त्री र्याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाएका थिए। उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका…
कृष्ण दवाडी – कास्की : कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन किनकि यसले नयाँ इतिहास बनाएको थियो। नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो। भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल…
चितवन : चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारिसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ। नवलपरासीको रजहरस्थित दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो। निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताए। सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिए। दुई साताअघि एउटा गैँडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै…
काठमाडौं : तेस्रो पटक नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो-खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ। कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७-५ ले पराजित हुँदै रजत पदक जितेको हो। नेपाल पहिलो इनिङमा १६-३ ले पछि परेको थियो। महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो। लिग कम…
काठमाडौं : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिउ। उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र…
चितवन : भरतपुर महानगरपालिका-२६ स्थित नारायणी नदीमा आज बिहान एक गैँडा मृत अवस्थामा भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजे खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको थियो। सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको हो। गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर…