PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

    दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

    जलेश्वर : महोत्तरीको बर्दिवास नगरपालिका-५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। सो दुर्घटनामा १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका-२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। अठार दर्शनार्थी बोकेर आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • साग फुटबल : १-१ को बराबरी खेलेका बंगलादेश र माल्दिभ्सले बाँडे अंक

    साग फुटबल : १-१ को बराबरी खेलेका बंगलादेश र माल्दिभ्सले बाँडे अंक

    काठमाडौं : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बंगलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा बंगलादेश र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको ३० औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोल गरेपछि बंगलादेश १-० गोलको स्थितिमा पुगेको थियो। खेलको ७० औँ मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गरी १-१ को बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • सीता एयरलाइन्सले गर्‍यो तीन वटा विमानस्थलमा परीक्षण उडान

    सीता एयरलाइन्सले गर्‍यो तीन वटा विमानस्थलमा परीक्षण उडान

    ताप्लेजुङ : सीता एयरले १ नम्बर प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ। एयरलाइन्सले ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो। आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए। उनका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ। परीक्षणका क्रममा प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • [अपडेट] बाग्लुङ जीप दुर्घटना : एक जना अझै बेपत्ता, तीन जना गम्भीर घाइते

    [अपडेट] बाग्लुङ जीप दुर्घटना : एक जना अझै बेपत्ता, तीन जना गम्भीर घाइते

    गलकोट : बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जना को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बाग्लुङको बडिगाड गाउँपालिका-७ को कोप्चे भन्ने स्थानबाट जीप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका…

    विस्तृतमा पढ्नुस्

  • सवारीको ठक्करबाट एक जनाको मृत्यु

    सवारीको ठक्करबाट एक जनाको मृत्यु

    चितवन : भरतपुर महानगरपालिका-२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मगरणाडी-५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो। ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो। ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • भालुको आक्रमणबाट दुई प्रहरी घाइते

    भालुको आक्रमणबाट दुई प्रहरी घाइते

    रसुवा : ब्यारेकको खानेपानी व्यवस्थापन गर्ने काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन्। आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु, चालक फरार

    ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु, चालक फरार

    चितवन : माडी नगरपालिका-६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका-६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहेकी छिन्। नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो। ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ। खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षपछि भरतपुर विमानस्थलको धावनमार्ग 'ओभरले' गरिँदै, १० दिन बन्द हुने

    २० वर्षपछि भरतपुर विमानस्थलको धावनमार्ग 'ओभरले' गरिँदै, १० दिन बन्द हुने

    भरतपुर : भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मंसिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ। धावनमार्गको ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मत सम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो। झण्डै २०…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रह

    अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रह

    चितवन : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन्। 'म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु। तपाईहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ। सबै मिलेर सेवाभावले काम गरौँ', मन्त्री ढकालले भने, 'अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, दोषी भए कारवाही भोग्न तयार छु : प्रचण्ड

    द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, दोषी भए कारवाही भोग्न तयार छु : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। ने क पाको केन्द्रीय कार्यालय धूमबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले  द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे। प्रचण्डले भने, 'द्वन्द्वको…

    विस्तृतमा पढ्नुस्

  • नेपालले बढायो भारततर्फको निर्यात, चीनतिरको घट्यो

    नेपालले बढायो भारततर्फको निर्यात, चीनतिरको घट्यो

    काठमाडौं : भारततर्फ नेपालको निर्यात बढेको छ। चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो। नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ। चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ। गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ थियो। चालू आवमा…

    विस्तृतमा पढ्नुस्

  • बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते

    बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते

    चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्बरको बस र ना ५ ख ९१९७ नम्बरको ट्रक ठोक्किँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका थिए। उनीहरुको पुरानो मेडिकल कलेज…

    विस्तृतमा पढ्नुस्

  • सबैतिर मतदान सुरु, भक्तपुरमा प्रमुख निर्वाचन आयुक्तको अनुगमन

    सबैतिर मतदान सुरु, भक्तपुरमा प्रमुख निर्वाचन आयुक्तको अनुगमन

    नारायण न्यौपाने – भक्तपुर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ। मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गरेका छन्। उपनिर्वाचनलाई स्वच्छ,…

    विस्तृतमा पढ्नुस्

  • रक्सी खान हतियारसहित नेपाल छिरेका भारतीयलाई एक वर्ष कैद

    रक्सी खान हतियारसहित नेपाल छिरेका भारतीयलाई एक वर्ष कैद

    सप्तरी : मादक पदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ। बिहीवार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो। कैद सजायका साथै अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ। छिन्नमस्ता गाउँपालिकामा रक्सी सेवन गरी हो-हल्ला…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्नुस : निर्वाचन आयोग

    उपनिर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्नुस : निर्वाचन आयोग

    काठमाडौं : शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता मतदानका लागि व्यग्र प्रतीक्षामा छन्। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि तयारी पूरा भइसकेको छ। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ। कूल ३७ जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात समूहद्वारा बैंकका दुई कर्मचारीमाथि आक्रमण

    कञ्चनपुर : अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई जना बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण गरेको छ। आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन्। दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौं लगिएको छ। पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरी उपरीक्षक आचार्यका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • यसो गरे नेपाल टेलिकमको प्रिपेड सिम निःशुल्क पाइन्छ...

    काठमाडौं : नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ। सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए। बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमा कुटपिट गरी मारेको किटानी जाहेरी परेपछि दुई प्रहरी जवान निलम्बित

    डोटी : जिल्लाको जोरायल गाउँपालिका-१ गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवानद्वय शङ्कर खड्का र दीपक सामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले निलम्बन गरेको छ। गत मंसिर ८ गते आइतवार जोरायल गाउँपालिका–४ घर भई कैलालीको गोदावरी बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरीचौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको विषयमा अनुसन्धान गर्न उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

    पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

    मध्यपुरथिमि : मध्यपुरथिमि नगरपालिका-५ जलाखुमा आज पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ। भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरीले ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

    ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

    चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell