काभ्रेपलाञ्चोक : धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका-९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जना जुवाडेलाई पक्राउ गरेको छ। पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले नौ लाख ५७ हजार ८७० रुपैयाँ नगद तथा एक सेट कौडासहित जुवा…
काठमाडौं : माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो। माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगंज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको…
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का जिल्ला प्रमुखहरुसँग सुझाव संकलन गरेका छन्। कर्णाली प्रदेशअन्तर्गत ने क पाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उनले सुझाव लिएका हुन्। मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तर्क्रिया गरेका थिए। अन्तर्क्रियाका क्रममा उनले सरकारको…
काठमाडौं : वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन्। लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका-११ का झलकबहादुर विक र कोष्टराज विकसँग एक लाख २० हजार रुपैयाँ लिएका थिए। लिम्बूले शुक्रवार उनीहरुलाई ‘शनिवार उडान छ, पैसा लिएर आउनु’ भनेर बोलाएपछि झलकबहादुर…
डोटी : मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय तरीकाले मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली रहेका छन्। पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै…
कास्की : समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिस्ट, कांग्रेसलगायत पुराना पार्टीबाट देशलाई नयाँ दिशानिर्देश हुने विश्वास नरहेकाले विकल्पको खोजी गर्नुपर्ने बताएका छन्। कास्की प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका सन्दर्भमा पार्टीले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले नेपाली कांग्रेसले दुई/दुई पटक बहुमतको सरकारको नेतृत्व गरिसकेको तथा नेकपाले दुई तिहाईको सरकार चलाउँदासमेत जनचाहना पूरा नगरेकाले नयाँ विकल्पको रुपमा समाजवादी पार्टी अगाडि…
काठमाडौं : सामान्यतया अरु कर्मचारीले बदमासी गरे पनि कार्यालय प्रमुखले गर्दैनन् भन्ने ठानिन्छ। साना कर्मचारीले काम गरेनन् भने गुनासो गर्ने निकायका रुपमा कार्यालयल प्रमुखलाई लिइन्छ। यस मान्यताकाविपरीत कार्यालय प्रमुखले नै अन्य कर्मचारीले जस्तै घुस लिएर गलत काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ। सवारी चालक अनुमतिपत्र लिन चाहनेले यातायात व्यवस्था कार्यालय कुन हदसम्मको भुक्तमान व्योहोर्नुपर्छ भन्ने कुरा त्यहाँ पुग्नेले…
काठमाडौं : काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरमा सवारी दुर्घटनामा परी आज एक चिकित्सकको मृत्यु भएको छ। पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री डा प्रभु जोशीको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते जोशीको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गुलरिया : नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ। सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका-४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकाबाट गएराति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए। इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासंघ गणतन्त्रको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासंघको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन्। उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए।
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताएका छन्। रिपोर्टर्स क्लब कर्णाली प्रदेशको पहिलो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै उनले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताए। सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए। मुख्यमन्त्री शाहीले भने, 'कर्णाली आफैँमा…
काठमाडौं : ललितपुरमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा ९१ प १३०१ र बा ७७ प ६७९३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो। दुर्घटनामा बा ७७ प ६७९३ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते…
चितवन : भरतपुरस्थित चितवन मेडिकल कलेज परिसरमा गोलीसहितको पेस्तोल फेला परेको छ। बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको हो। भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो बेवारिसे पेस्तोल भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित…
काठमाडौं : प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ। उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको बीस लाख रुपैयाँको बीमा गरिएको…
बैतडी : मोटरसाइकलको ठक्करबाट शुक्रवार घाइते भएकी एक बृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-३ पन्सेराका ६० वर्षीया तुलसी खत्री रहेकी छिन्। गोकुलेश्वर-गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा…
राँझा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन्। नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे। सरकारको नारालाई देश विदेशमा पुर्याउन नेपालगञ्ज म्याराथनले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले…
काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। सोलुखुम्बुको सोलु दूधकुण्ड नपा वडा नम्बर ६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन्। उनले यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) मा…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी ६० हजार रुपैयाँ घुस माग गरेको आरोप लागेको छ। सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ…
लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ। आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख रुपैयाँ घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो। सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ। मण्डलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
काठमाडौं : के तपाईले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो? त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी कारवाही गरी इजाजतसमेत खारेज गर्न सक्छ। बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायीले अब त्यसको विकल्प खोज्नुपर्ने भएको छ। काठमाडौं उपत्यकाका…