सुर्खेत : प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट भे ९ प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। शाहीले मंसिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३-०२, ०१० प ९४४० नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको…
काठमाडौं : अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ। लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको आज थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी)को काठमाडौंस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्याएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए। आफ्नो पेशामा पूर्ण समर्पित…
मुग्लिन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँको दुर्गन्ध फैलिनुका साथै नदीसमेत फोहर हुने गरेको छ। इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्र मुग्लिन, चेरेस, कुरिनटार र फिस्लिङमा दैनिक अत्यधिक मात्रामा फोहर उत्पादन हुने गरेको छ। ती फोहर स्थानीय क्लब, समूह तथा टोल विकास संस्थाले उठाएर…
भद्रपुर : झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको कार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो। गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो। विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको…
ओखलढुंगा : जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका-३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ। बिहीवार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए। दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न…
काठमाडौं : सरकारले नेपाल-भारत र नेपाल-चीन सीमा निरीक्षण समिति गठन गर्ने भएको छ। मन्त्रिपरिषद्को गत कात्तिक २९ र यही मंसिर ३ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले नेपालका दुवै छिमेकी मुलुक भारत र चीनसँगको सीमा निरीक्षणका लागि छुट्टाछुट्टै समिति गठन गरिने जानकारी दिए। बैठकले नेपाल सरकार र…
धनगढी : कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले दुई दिनअघि पक्राउ गरी आज सार्वजनिक गरेको छ। राति धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई उनीहरुले बाटोमा रोकेर 'हामी प्रहरी हौं, तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ'…
कास्की : मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ। सागको नियम अनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी हुनुपर्छ। खेलाडी दर्ताको अन्तिम दिन बुधबारसम्म नेपाल र पाकिस्तान बाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्रतियोगिता नहुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले बताए। एक…
विराटनगर : नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानबिन शुरु गरिएको छ। नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतवार विराटनगर निगमका लागि ५१ वटा ट्यांकरमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकरबाट इन्धन चोरी भएको अनुसन्धानबाट खुलेको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताए। सो ट्यांकरमा २०…
पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ मर्दीखोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग १ त ३४७३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पर्सा घर भई घाचोक बस्दै आएका सोही ट्र्याक्टरका चालक ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। प्रहरीका अनुसार सडकबाट ५० मिटर तल खसेको ट्र्याक्टरले च्यापिएका बस्नेतको…
तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन्। रिपोर्टस् क्लब दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ने क पाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए। 'सबै कम्युनिस्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने तर आफूसँग अहिलेसम्म छलफलमा आएका…
काठमाडौं : नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ। गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले झासहित भण्डार प्रमुख दिलचन्द्र झा र जुनियर सहायक खगेन्द्र बस्नेतले कार्यालयको गोदाममा रहेको १९ लाख सात हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल मिलेमतोमा अनियमित तरिकाले बिक्री वितरण गरेको अभियोग लगाएको…
काठमाडौं : चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस भएको छ। सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न बज्राचार्य, प्रा डा दिलीप शर्मा र प्रा डा आरती साह छन्। आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो। ती पदमा २६ ले निवेदन दिएको आयोगले जनाएको छ। तीमध्येबाट…
विराटनगर : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकामा नेपाली कांग्रेसको पनि समर्थन रहेको बताए। महामन्त्री कोइरालाले नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू…
वालिङ : स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ। वालिङमा भेटिएका नोट शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताए। वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले बताए। पछिल्लो…
काठमाडौं : प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ। वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई ५० हजार रुपैयाँ घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मंगलवार राति पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा…
काठमाडौं : ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन आएका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुल्मीका रेशम बस्नेत, पर्साका सुमन भन्ने जयराम श्रेष्ठ र कैलालीका कर्णबहादुर विक रहेका छन्। पक्राउ परेका…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। साह २१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका हुन्। ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै साहले २१ हजार घुस मागेको अभियोग छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नम्बर १ को बुधनगरस्थित…
काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्यांकर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। निगमले प्रदेश नम्बर १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल…