डोटी : जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि यही मंसिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा आजबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ। निर्वाचन कार्यालयले मतदान केन्द्र तोकेका शारदा मावि मौवानगरदह, कोटाञ्जर मावि कोटाञ्जर तथा साउदकडा माविमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जिल्ला निर्वाचन कार्यालयले ती…
काठमाडौं : कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन्। तर होस पुर्याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ। काठमाडौंमा यसैगरी ‘टेस्ट राइड’ गर्दा मोटरसाइकल नै गायब भएको छ। मोटरसाइकल धनी मिलन सुब्बाले छ लाख ५० हजार रुपैयाँ पर्ने एउटा…
भद्रपुर : झापाको एक पाउरोटी उद्योगमा प्रशासनले शिलबन्दी गरेको छ। खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको हो। जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधवार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ। उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ। चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको छ। खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रहरी…
जनकपुरधाम : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गरेका छन्। जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताएका हुन्। उनले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसंग भ्रामक भएको टिप्पणी गरे। उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसंग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत…
गौशाला : गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमित रूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौँदेखि तलब पाउन सकेका छैनन्। गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन्। नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासंघका उपाध्यक्ष सुनिताकुमारी महतोले जानकारी दिइन्। नगर…
दाङ : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन्। हापुरेमा मंगलवार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गरे। नेपालले पाँच वर्षपछि दक्षिण एसियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री…
काठमाडौं : सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो। नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ। तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ। यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई। राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने…
दार्चुला : नेत्रविक्रम चन्द 'विप्लव' समूह निकटका छ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध गर्न सदरमुकाम खलङ्गा आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। विरोध कार्यक्रम गर्नुअघि नै प्रहरीले विद्यार्थीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का २२ वर्षीय ललित सार्की र पर्शुराम नगरपालिका-५ का २३ वर्षीय…
काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिकामा उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। बिरामीको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ। सोमवार उपचारका क्रममा नरैनापुर-५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका-७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो। नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती जिल्लाको…
हेटौँडा : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुंग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन्। अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए। वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने…
राँझा : सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नम्बरको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका-४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए। उनका अनुसार गएराति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा…
काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजीनामा दिएपछि अवरुद्ध भक्तपुर क्यान्सर अस्पतालका सेवा आजबाटै पुनः सञ्चालन भएको छ। अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल निर्देशकमा डा दिपेश धिताल, मेडिकल उप निर्देशकमा डा अजयकुमार झा र डा उत्सवमान…
काठमाडौं : गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतवार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो। मृतक भुजेल लामो समयदेखि रोलर…
काठमाडौं : नागरिकको निक्षेपमा चल्ने बैंकको रकममा कसरी बदमासी हुँदो रहेछ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दायर गरेको एउटा मुद्दाबाट पुष्टि भएको छ। नागरिकले खाइनखाई जम्मा पारेको निक्षेप सरकारी स्वामित्वको बैंकका एक कर्मचारीको गलत मनसायले निकालेको र बैंकको प्रणालीलाई नै क्षति पुर्याएको देखिएको छ। कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हो। सो बैंकका स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१…
चितवन : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ने क पा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन्। ने क पाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताए। अध्यक्ष दाहालले भने, 'सरकारले यसको कूटनीतिक पहल…
इनरुवा : राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र मेहताले सरकार नछोडसम्म समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले देशमा पहिचानवादी शक्तिबीच एकताको आवश्यकता रहेको बताए। संयोजक महतोले भने, 'पहिचानवादी शक्तिबीचको एकताको आवश्यकता महसुस गरेर आफूहरु समाजवादी पार्टीसँग एकताको प्रयास गरेको र सो पार्टी जबसम्म सरकारबाट बाहिर निस्कँदैन तबसम्म एकता सम्भव…
कञ्चनपुर : जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँको चेक आज हस्तान्तरण गरिएको छ। सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन्। वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम…
पोखरा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि कांग्रेस तयार रहेको बताए। प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल…
जलेश्वर : यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ। माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए। जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र…