PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    इनरुवा : सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। श्रीमान काजीमान र रमिलाबीच घरायसी वादविवाद भई कुटपिट भएको थियो। कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनुपर्छ, हामी त अस्ताउँदा सूर्य हौँ : प्रचण्ड

    पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनुपर्छ, हामी त अस्ताउँदा सूर्य हौँ : प्रचण्ड

    रत्ननगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन्। चितवनको रत्ननगरमा आजदेखि शुरु भएको नेपाल जेसिजको ४६ औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गरे। उनले नेपाल भ्रमण वर्ष सफल…

    विस्तृतमा पढ्नुस्

  • ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

    ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई आज ७० हजार घुससहित नियन्त्रणमा लिएको छ। उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका-६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षीय प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

    मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

    काठमाडौं : प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठ रहेका छन्। महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका-११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा १० प ३१६८ नम्बरको स्प्लेन्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक नियम उल्लंघन गर्ने २० हजार सवारी चालक कारबाहीको दायरामा

    ट्राफिक नियम उल्लंघन गर्ने २० हजार सवारी चालक कारबाहीको दायरामा

    तुलसीपुर : चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार ट्राफिक नियम विपरित सवारी चलाउँदा कारबाहीमा परेका ती सवारी चालकबाट एक करोड ५५ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५१० सवारी चालकको कारबाहीबाट एक करोड…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ

    ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ

    कैलाली : जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त समूहअन्तर्गतको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको बस्नेतले बताए। स्थानीय सामुदायिक वनमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ : गगन थापा

    नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ : गगन थापा

    दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए। 'सीमाको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वपश्चिम विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै

    वीरगंज : पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ। रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनियर सुमोद पोखरेलले बताए। संघीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको वाग्मतीदेखि धन्सारसम्म करिब २३ किलोमिटर क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट एक महिलाको मृत्यु

    बसको ठक्करबाट एक महिलाको मृत्यु

    दमक : झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो।  मंगोल वर्णकी ती मृतक…

    विस्तृतमा पढ्नुस्

  • अवैध यार्सागुम्बासहित तीन जना प्रहरीको नियन्त्रणमा

    अवैध यार्सागुम्बासहित तीन जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले नै सेवाग्राहीसँग घुस मागेपछि...

    प्रहरीले नै सेवाग्राहीसँग घुस मागेपछि...

    काठमाडौं : विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ। आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। आयोगले आरापी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६ जना पक्राउ

    जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६ जना पक्राउ

    धनगढी : कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा १८ च ९६४३ नम्बरको जीप आइतवार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह छन्। उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ। गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त…

    विस्तृतमा पढ्नुस्

  • आशा भोस्ले नेपाल आउँदै

    आशा भोस्ले नेपाल आउँदै

    काठमाडौं : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार नेपाल आउने भएकी छिन्। उनले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। 'उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ', मोक्तानले भने। यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायतका कलाकार नेपाल आइसकेका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत सीमाबाट २० किलो चरेस बरामद

    वीरगंज : सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट भिस्वाले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको २१ वटा पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो। बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए। बरामद…

    विस्तृतमा पढ्नुस्

  • सत्तारूढ र प्रतिपक्षी सांसदको एकै स्वर : सीमा विवादको कूटनीतिक समाधान खोजौँ

    सत्तारूढ र प्रतिपक्षी सांसदको एकै स्वर : सीमा विवादको कूटनीतिक समाधान खोजौँ

    काठमाडौं : सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल-भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले नेपाल-भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ

    जबर्जस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ

    भोजपुर : जबर्जस्ती करणी गरेको अभियोगमा एक वडासदस्य पक्राउ परेका छन्। भोजपुरको हतुवागढी गाउँपालिका-६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ।  गत मंसिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रवार पक्राउ गरेको प्रहरीको भनाइ छ। जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • घट्दै छन् चराका प्रजाति, वासस्थान जोगाइ राख्न स्थानीय जनप्रतिनिधिको ध्यानाकर्षण

    घट्दै छन् चराका प्रजाति, वासस्थान जोगाइ राख्न स्थानीय जनप्रतिनिधिको ध्यानाकर्षण

    गुल्मी : गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन्। यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए। नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ। रेसुङ्गा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले नेपाल पक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतवार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • कुखुराको खोरमुनि गाढेर राखेको अवस्थामा हतियार र गोली बरामद

    इटहरी : सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोरमुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गोली फेला परेको छ। पूर्वी पृतना मुख्यालय इटहरीलाई प्राप्त विशेष सूचनाका आधारमा नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको हो। करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

    निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न आज अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको हो। यसअघि सर्वोच्च अदालतले गत मंसिर २० गते रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश थिएको थियो। सोही विषयमा दुवै पक्षलाई आज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell