पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्रहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय वीरगंजका सर्वेक्षकलाई आज पक्राउ गरेको छ। जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रंगे हात पक्राउ गरेको हो। वीरगंज महानगरपालिका-९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नम्बर नापी टोली कार्यालयमा सेवाग्रहीसँग ७५…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ। सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल आज देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठनका विषयमा छलफल…
भरतपुर : चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। आइतवार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका-९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ। घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। शव परीक्षणका लागि…
काठमाडौं : राजश्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बराबरको राजश्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौंको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसहित चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो। आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक…
निजगढ : मेची-महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ-हेटौँडा-भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन-बार्सिल-सिआरइइसी-एफबिसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो। पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनले डिपिआर शुरु गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको बताए। परामर्शदाताले २०७७ वैशाखसम्ममा डिपिआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सडक डिभिजन कार्यालय लहान, सिरहाका प्रमुखसहितका कर्मचारीलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका हुन्। इञ्जिनीयर नवीनकुमार साह र सबइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। कुनौली सडक आयोजना निर्माणको अन्तिम…
बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन्। नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिइन्। उनले भनिन्, 'वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ।' दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए। वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने…
धरान : बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रवार पक्राउ गरेको छ। वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका-३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए। शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र…
निजगढ : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ-बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माण कार्यले तीव्रता पाएको छ। रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी धन्सार-वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्र्याक र पुल निर्माणको काम तीव्रगतिमा गरिरहेका छन्। निजगढ-बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका-८ स्थित बेतौनामा भने…
जलेश्वर : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका-५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा-५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गए राति ७ बजे गोली प्रहार भएको हो। गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् भने उनलाई…
भोजपुर : भोजपुर प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक नेतालाई पक्राउ गरेको छ। प्रहरीले हतुवागढी गाउँपालिका-९ हसनपुरको भसुवाबाट पेस्तोल र चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका-२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो। उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले आज जानकारी दिए। पक्राउ परेका…
विराटनगर : विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ। स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो। काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए। बासमती चामलको भात…
दमौली : तनहुँको व्यास नगरपालिका-१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन्। म्याग्दे गाउँपालिका-१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग १ त २३८२ नम्बरको ट्र्याक्टरका चालक रहेको जनाइएको छ। ना ६ त ६८७२ नम्बरको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ। आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई आज सोही कार्यालयबाट पक्राउ गरिएको हो। आरोपीमाथि थप अनुसन्धान भइरहेको छ। यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई पाँच…
काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित 'नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका' विषयक कार्यक्रममा उनले उत्पादन क्षेत्र बलियो नभएसम्म मुलुकमा विकास र समृद्धि हासिल गर्न कठिनाइ हुने धारणा व्यक्त गरे। उखु…
विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द 'विप्लव' समूहका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-१० निवासी ५० वर्षीय कृष्ण चौलागाईँ भनिने नरेश चौलागाईँ, विराटनगर महानगरपालिका-८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्। चौलागाईँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ। प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी…
नेपालगञ्ज : राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सेवा दिने र लिने दुवैको अधिकार सुनिश्चित हुनुपर्ने बताएकी छिन्। आइतवार नेपालगञ्जमा भएको ‘व्यापार र मानवअधिकार’ विषयक छलफल कार्यक्रममा उनले कानूनको उल्लंघन गर्नेलाई राज्यले क्षमा दिन नहुने बताइन्। मानवअधिकार सबैका लागि बराबर हुन्छ भन्दै सदस्य अन्सारीले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति नै मानवअधिकारको ठूलो शत्रुका रूपमा रहेको बताइन्। त्यस अवसरमा आयोगका नेपालगञ्ज…
काठमाडौं : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो। अष्ट्रेलियामा करिब एक लाख ५० हजार नेपाली रहेका छन्। सिधा उडान नहुँदा नेपाली सहित विदेशी पर्यटकहरुले विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य छन्। सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको…
काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ। पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंकले विद्युतीय चार्जिङ स्टेशन निर्माणलाई समेत बढावा दिन प्राथमिकता प्राप्त क्षेत्रमा सूचीकृत गरेको हो।…
कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभान बस्ने ६७ वर्षीया चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा म्याग्दीको धवलागिरि गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-२५ मा मजदूरी गर्दै आएका ३९ वर्षीय खिमबहादुर श्रीपाली रहेका छन्। अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते…