काठमाडौं : सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत् स्वदेश ल्याउने भएको छ। हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कनेलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो। स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी…
मिक्लाजुङ : राँके-रवि-भेडेटार सडकखण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ। उक्त सडकखण्डका इञ्जिनियर शकरबहादुर खनालका अनुसार निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको छ। गुणस्तर कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालिलाई भनिएको र कम्पनीले कामको पुनःनिर्माण गर्ने सहमति जनाएको उनले जानकारी दिए। उनले भने, ‘अनुगमनका क्रममा हामीले हेर्दा बाहिर बाहिर सिमेन्ट लगाएको, भित्रभित्र ड्राइ गरेको…
काठमाडौं : वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका रामेश्वर फुयाल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री…
नुवाकोट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति सरकारले लिएको आरोप लगाएका छन्। पञ्चकन्या गाउँपालिका–२ कालिका माविमा आज आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस नेता विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाउँदै सरकारले आफ्ना व्यक्तिले गरेको भ्रष्टाचारको भने ढाकछोप गर्ने गरेको आरोप लगाए। वरिष्ठ नेता पौडेलले…
जाजरकोट : भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जंगलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित पक्राउ गरेको हो। उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ नौ थान र सिसाको छर्रा १९ थान बरामत गरेको…
विराटनगर : अवैध लागुपदार्थ गाँजालाई ससानो पोका बनाइ बिक्री वितरण तथा सञ्चय गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मानबहादुर राईका अनुसार बुढीगङ्गा गाउँपालिका–५ बस्ने ४० वर्षीय रमिना माझीको घरबाट एक किलो तथा २८ सानो प्लास्टिकका पोका बनाएको गाँजा मोरङको नेमुवाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। यस सम्वन्धमा थप अनुसन्धान भइरहेको…
चितवन : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आयोजना गरिएको धन्याञ्चल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी ३५ करोड रुपैयाँ बढी संकलन भएको छ। महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेश सभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप २० करोड संकलन हुने अपेक्षा गरिएको छ। यससँगै महायज्ञबाट रंगशालालाई ५५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए। रंगशाला…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ। एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो। सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच…
रुपन्देही : लुम्बिनीमा एक महिलाको शव भेटिएको छ। आज दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उनले बताए।
चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन्। पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे। नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए। यसले लोकतन्त्रलाई कमजोर बनाउने…
सिन्धुली : दुधौली नगरपालिका–१० पटियानिमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई विद्युतीय झड्का लागेको…
इनरुवा : संविधान संशोधन नभए आन्दोलनमा जाने समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताए। उनले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट मात्र पूरा हुने भएकाले संविधानमा संशोधन गर्नुपर्नेमा जोड दिए। वर्तमान सरकारले…
रुकुमपूर्व : रुकुमपूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिवार पुनः हिमपात भएको छ। कम हुँदै गएको चिसो हिमपातसँगै फेरी बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ। हिमाली क्षेत्रमा पहिले परेको हिउँ पग्लिन नपाउँदै पुनः हिउँ थपिएको हो। जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ। यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मंसिर अन्तिम…
घोराही : दाङ र आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएका बेला परेको चट्याङका कारण जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको तथा घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको हो। दिउँसो करिब १:०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गीता चौधरीको घरमा चट्याङ परेको…
काठमाडौं : धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्ने भएको छ। निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ। नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लागि रेल सेट नेपाल सरकारले…
भक्तपुर : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ। प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो। त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए। होस्टेलको…
सिबी अधिकारी - काठमाडौँ : सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विगत दुई वर्षको अवधिमा मुलुकका…
इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताएका छन्। आज मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उनले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताए। छानबिनबाट आफ्नो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारबाही पनि भोग्न तयार…
ताप्लेजुङ : ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा आज साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूलाई ३५ वर्षीया बुहारी शुकमायको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। बुहारीको हत्या अभियोगमा पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र…
काठमाडौँ : नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन्। चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन्। जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता हुन्। यो पनि पढ्नुस् : १७ अन्तर्राष्ट्रिय गोल गर्ने साम्बा, अर्थात् नेपाली महिला फुटबलकी हिरो सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी…