लहान : सिरहा नगरपालिका-२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शिक्षादीप बोर्डिङ स्कुलको ध १ ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका-२२ बङ्गठीया निवासी नरेशकुमार सिंहका दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद…
धनुषा : धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएकाका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले क्रिया खर्च उपलब्ध गराएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएका १४ जनाको घर परिवारलाई किरिया खर्चबापत रकम…
मेलम्ची : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। तर, ती आयोजनाको काम भने सुस्त गतिमा रहेको पाइएको छ। जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेको जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्वको अमूर्त मागका कारण विद्युत्का लगानीकर्ता हच्किएको व्यवसायी रेशम स्याङ्बोले बताए। ‘लगानीकर्ताको मनोबल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो छ’, उनले भने,…
सर्लाही : सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ। चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन्। चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली र ढुङ्ग्रेखोलालगायतका बस्तीमा माघ, फागुन महिनादेखिनै पिउने पानीको अभाव हुन थाल्छ। चुरेफेदीका गाउँमा चापाकल सुक्न थालेका छन्। बढ्दो बन…
विक्रम गिरी काठमाडौँ: खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके। खेलाडी तम्तयार भएर मैदानमा उत्रिए। त्यहीबीच एउटी फुच्ची पनि मैदान प्रवेश गरिन्। त्यहाँ सबैका आँखा ती फुच्चीको खुट्टातर्फ सोझिए। उनी दौडका लागि नाङ्गो खुट्टामा आएकी थिइन्। कारण उनीसित जुत्ता थिएन। यो सबै कुरा नजिकबाट नियालिरहेका थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले। दौड शुरु भयो।…
भीमदत्तनगर: नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन्। सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको र शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड…
नेपालगन्ज : बाँकेको नेपाल–भारत मुख्य सिमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र सङ्ख्याको विवरण राख्न लापरबाही भएको पाइएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा त्यस्तो भएको पाइएको हो। नेपालगञ्ज उपमहानगरपालिकाले दुई स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको सो डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छिन्। राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेकी हुन्। राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै…
तम्घास : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। उनले भारतले लिपुलेकलगायतका स्थानमा सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका हुन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उनले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको…
इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ। भारतको बिहार राज्यमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। तस्करको समूहले ट्र्याक्टरमा लोड गरेर भारततर्फ मदिरा लगिरहेको भन्ने सूचनाका आधारमा ‘दिलवाले’ नामक मदिरा बरामद…
जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। एक साताअघि सोही घटनामा पाँच र शुक्रवारसम्म ६ गरी मृत्यु हुनेको संख्या ११ पुगेको हो। होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको…
अत्तरिया : कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका-६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ। गोदावरी नगरपालिका-३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ४५२८ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको से १ ह २११४ नम्बरको अटो एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुख…
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ। महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन्। सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिएका छन्। उनीहरुले सोसाइटीको नेतृत्व…
चितवन : पूर्वी चितवनको भण्डारामा शुक्रवार राति बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै…
भक्तपुर : भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुन्ने चेतावनी दिएकी छिन्। भक्तपुर उद्योग वाणिज्य सङ्घले व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारवाही गरेको बताए। प्रजिअ पाण्डेले भनिन्, 'कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी…
जनकपुर : प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ। तीन महिनापछि शुक्रवार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ। बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक…
धनुषा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर-जयनगर रेल सञ्चालन हुने बताएका छन्। नेपाल रेल्वेको निरीक्षण गर्न जनकपुरधाम आएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन-चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरु गर्न बाँकी रहेको बताए। जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै…
सुरुङ्गा : स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ। प्रहरीका अनुसार भारतको बंगाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर…
विराटनगर : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आजदेखि स्यानिटाइजर र मास्कको उत्पादन शुरु गरेको छ। स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैँ उत्पादन शुुरु गरेको हो। उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चापदार्थ बजारबाट खरिद गरी स्यानिटाइजर र मास्क बनाउन शुुरु गरेको अस्पतलका मेडिकल प्रमुख डा संगीता मिश्राले जानकारी दिइन्। अस्पतालका…
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलनबाट रोक्ने सतर्कताअन्तर्गत सरकारले वसन्त ऋतुमा हुने सबै हिमालका आरोहण इजाजत बन्द गरेको छ। सर्वाधिक आरोहण हुने याममै सगरमाथासहितका हिमाल आरोहणबाट अनुमति बन्द गर्ने निर्णय गरिएको हो। आरोहण स्थगन हुँदा वार्षिक करिब ६० करोड राजस्व गुम्ने भएको छ। वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै ५०…