चितवन: घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ। कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको…
खादबारी: कोरोना भाइरस सङ्क्रमणको त्रासले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ। विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मंगलबारदेखि लकडाउन गरेपछि भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए। अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन्। सतलज कम्पनीले…
सिओल : गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाललाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजारप्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ। सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ। प्रति किट्स बीस हजार कोरियाली वन (दुई हजार…
सिओल: गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ। सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ। प्रति किट्स बीस हजार कोरियाली वन (दुई…
प्रकाश अधिकारी - सुर्खेतः कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ। आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो। सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आएको ‘लकडाउन’बारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई स्थितिलाई नियन्त्रणमा…
सोलुखुम्बु : सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ। केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमाडौं पठाइएको छ। उनीहरुलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। मंगलवार विभिन्न हेलिकोप्टरमार्फत छ जनाको उद्धार गरिएको थियो भने आज गाउँपालिकाको पाङबोचेबाट चार…
सुर्खेत : नोवेल कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा प्रतिकार्यका लागि नेपाल सरकारले गरेको ‘लकडाउन’ अवज्ञा गर्ने सुर्खेतका १४२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। ‘लकडाउन’ उल्लंघन गर्ने सुर्खेतका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ९२ थान रहेका छन्। ‘लकडाउन’को दोस्रो दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४०, ईलाका प्रहरी कार्यालय छिन्चुले १८, लेकबेसीले ८, बाबियाचौर १३, अस्थायी प्रहरी चौकी गोठीकाँडाले ११, प्रहरी…
कञ्चनपुर : कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच/पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ। नगरपालिका-१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नम्बर ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गरेको हो। आइसोलेसन कक्षका लागि आवश्यक सामग्री खरिदका लागि जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी…
भीमदत्तनगर : कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशंका गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ। सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौं १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ। ‘लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ’, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकल पर्सन रामप्रसाद ओझाले…
चितवन : चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलवार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ। उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। उनीसँगै अन्य शंकास्पद बिरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ। सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम…
वालिङ : वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ। ‘नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिरहेका छौं’, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, ‘विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम…
दुल्लू : ‘तपाईहरु कोही बिरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं।’ विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ। कोरोनाको संक्रमण कतै नफैलियोस र कोही पनि संक्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर…
तानसेन : सरकारले लकडाउन घोषणा गरेको बेला अनुमतिबिना सञ्चालन गरिएका सवारीसाधनलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना भाइरसको सम्भावित संक्रमणलाई नियन्त्रण गर्न भन्दै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सिमानामा समेत निगरानी गर्न आदेश दिएको छ। सरकारले अत्यवश्यकीय कामभन्दा अन्य प्रयोजनका निम्ति सवारी साधन चलाउन रोक लगाउँदा लगाउँदै अटेरी गर्नेलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो। प्रहरीले आज रामपुरमा ३२…
जाजरकोट : नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमवार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोट पुगेको पाइएको छ। ११ जना बेलुकी राति जिल्लाको भेरी नगरपालिका-११ पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए। नगर प्रमुख घर्तीका अनुसार उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए। भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये कोही प्रवेश गरेको आशंका गरिएको छ। जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र…
सिन्धुली : सिन्धुली अस्पतालमा आज थप एक जनालाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ। अरु १० जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नम्बर २ का १९ वर्षीय एक युवकलाई आइसोलेसनमा भर्ना गरिएको हो। भारत सिलगुढीबाट सोमवार घर आएका उनलाई खोकी लागेपछि आइसोलेसनमा भर्ना गरिएको हो। उनलाई सिलगुढीमै ज्वरो आएको र सिन्धुली फर्केपछि…
तनहुँ : तनहुँमा हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ। विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुला रहने निर्णय गरेको हो। कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा…
गाईघाट : कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लंघन गर्ने २१० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिकाका विभिन्न स्थानहरुमा लकडाउन उल्लंघन गर्ने ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार बिहान…
काठमाडौँ: सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको…
काठमाडौं : कोभिड-१९ को संक्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ। अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन्। यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन्। होटल एसोसिएसन अफ नेपाल (हान)ले होटल बन्द नगर्ने निर्णय गरेको छ। अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष…
दमौली : कोभिड–१९ का शंकास्पद बिरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेसन कक्ष तयार भएको छ। जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ। व्यासमा आठ, शुक्लागण्डकीमा १२, म्याग्देमा ५, बन्दीपुरमा आठ र देवघाटमा पाँच श्यया क्षमताको आइसोलेसन कक्ष तयार भएको छ। जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र दमौली अस्पतालको संयुक्त पहलमा किरियापुत्री…