काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ। महिला पुनःस्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुर्व्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन्। ओरेकले सञ्चालन गरेका तीन हटलाइन र २८ जना मनोपरामर्शकर्तामार्फत १३ जिल्लाबाट लकडाउन…
काठमाडौः प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन्। सम्मान…
धादिङ : दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्। चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन्। घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब…
काठमाडौं : नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करिब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन्। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो। ब्यालेन्स…
चितवन : भरतपुर कोरोना भाइरस (कोभिड-१९) प्रयोगशालामा पिसिआर परीक्षण गर्ने ‘रिएजेन्ट’ सकिएपछि आजबाट काम रोकिएको छ। यहाँ दैनिक ३५ देखि ४० जनाको पिसिआर परीक्षण हुँदै आएको थियो। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भएपनि प्राप्त हुन नसकेपछि आजबाट काम रोकीएको हो।…
प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेशालको एकता पोल्ट्री फार्ममा चार हजार ५०० कुखुरा छन्। ८५ लाख रुपैयाँको लगानीमा युवा प्रकाश आचार्यले सञ्चालन गरेको फार्ममा दैनिक चार क्विन्टल दाना खपत हुन्छ। दैनिक २१० वटा अण्डा प्रतिपेटी हुनेगरी २० पेटी अण्डा उत्पादन हुँदै आएको छ। सो फार्ममा अहिले अण्डा ६५ पेटी छ तर दाना छैन। दैनिकरुपमा खुवाउने दाना नभएपछि फार्मले खुला चउरमा…
काठमाडौं: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याएका छन्। उनले आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने बताएका हुन्। कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि…
पूर्णप्रसाद मिश्र - पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन्। धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे। विद्युतीय शव दाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनी बताउँछन्। गौतम मात्र होइन, एक सातादेखि…
गलकोट : धौलागिरि अञ्चल अस्पताल बागलुङमा पहिलो पटक सघन उपचार कक्ष (आइसियू) निर्माण गरिएको छ। तीन शय्या क्षमताको आइसियूले एक हप्ताभित्रै सेवा दिन थाल्नेछ। साविक धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका जनतालाई लक्ष्य गरी अस्पतालमा आइसियू सेवा दिइनेछ। धौलागिरिमा आइसियू सेवासहितको सुविधासम्पन्न अस्पताल नहुँदा धौलागिरिवासी आइसियू सेवाकै लागि पोखरालगायत शहरमा जाँदै आएका थिए। अस्पताल स्थापना भएको ६० वर्षपछि…
खोटाङ : कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनका लागि बन्द गरेको छ। छिमेकी जिल्ला उदयपुरमा १२ जना संक्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै समितिको आइतवार बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाका सात दिनलाई रोक्ने निर्णय गरेको हो। दैैनिक उपभोग्यवस्तु भित्र्याउने तथा विभिन्न बहानामा बाहिरी जिल्लाका स्थानीय बासिन्दा जिल्ला…
राँझाः नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ। रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण सुरुवात भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै सुरु गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ। पीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली…
मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ। काभ्रेको सिमाना ढाडखोला र काठमाडौंसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो। ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिए। यही बाटो हुँदै मेलम्ची…
खोटाङ : खोटाङसँग सिमाना जोडिएको उदयपुरमा कोभिड–१९ का संक्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ। छिमेकी जिल्लामा शुक्रवार १२ जना कोरोना संक्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत गर्ने नाकामा कडाइ गरिएको हो। उदयपुर जिल्लासँगको सिधा आवतजावतका कारण खोटाङमा पनि कोरोना भाइरसको संक्रमण फैलने सम्भावना बढेकाले रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाटलगायत दर्जन बढी नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी एवं…
बैतडी : खाद्यान्न ढुवानी गर्ने भन्दै सवारी पास लिएर मदिरा ओसारपसारमा प्रयोग गरिएको ट्रकलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ। ‘लकडाउन’का बेला पास लिएर मदिरा ढुवानी गरेको पाइएपछि प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो। कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मैलाली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से १ ख १५४९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्रकबाट विभिन्न…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाडौंबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरिदिएका छन्। उनले मकवानपुरको भीमफेदी आइपुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाएका हुन्। अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत…
काठमाडौं : नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्यांकर चालकले नै पानी मिसाएको खुल्न आएको छ। शुक्रवार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको ट्यांकरको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो। उक्त पेट्रोल पम्पले आज बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा…
भक्तपुर : भक्तपुरका मस्जिदमा रहेकाहरुको कोरोना परीक्षण गरिएको छ। पछिल्लो समय वीरगंज र उदयपुरलगायतका जिल्लाबाट मस्जिदमा रहेका मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा यहाँका मस्जिदमा रहेका सबैको आज भक्तपुर अस्पतालमा कोरोना परीक्षण गरिएको हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा तीन मस्जिद र एक मदरसामा रहेका आठ जनाको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ आएको जानकारी…
काठमाडौं : वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने भएको छ। पुरस्कार राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीले जानकारी दिए। शनिवार बसेको प्रतिष्ठानको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरेका डा…
खस्यौली : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले एकीकृत भिडियो संवाद गरेका छन्। दाङस्थित राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासँग भएको संवादमा स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउन उनले आग्रह गरे। सो अवसरमा उनले स्थानीय श्रमलाई प्रयोग…
सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बबईमा अलपत्र ८० नागरिकको व्यवस्थापन गरेर फर्किएका छन्। लकडाउनका कारण अलपत्र परेका नागरिकको अवस्था बुझ्न शुक्रवार कर्णालीको प्रवेशद्वार मानिने भेरीगङ्गा नगरपालिका सुर्खेतको बबई पुगेका कानुनमन्त्री भण्डारीले उक्त नगरपालिकाका प्रमुख तथा वडाध्यक्षसँग समन्वय गरेर उनीहरुलाई त्यहाँ व्यवस्थापन गरेर फर्किएका हुन्। ‘विभिन्न ठाउँबाट आएर अलपत्र परेका नागरिकलाई त्यहाँको क्वारेन्टाइनमा राखेका छौँ’,…