PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • बन्दुक पड्किँदा ८ वर्षीयको गयो ज्यान

    बन्दुक पड्किँदा ८ वर्षीयको गयो ज्यान

    मेलम्ची : सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ। आइतवार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो। उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव…

    विस्तृतमा पढ्नुस्

  • चालु आर्थिक वर्षभित्रै हिमाल सफाइको कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

    चालु आर्थिक वर्षभित्रै हिमाल सफाइको कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणसँग सम्बन्धित जनशक्तिलाई हिमाल सफाइलगायत क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। पर्वतीय पर्यटनसँग सम्बन्धित क्षेत्रका व्यक्तिसँग आइतवार मन्त्रालयमा भएको छलफलमा उनले चालु आर्थिक वर्षभित्र हिमाल सफाइको कार्यक्रम सञ्चालनको तयारी भएको जानकारी दिए। नेपाल पर्वतारोहण संघ (एनएमए)को अगुवाइमा बुझाइएको संयुक्त मागपत्र बुझ्दै मन्त्री भट्टराईले आरोही तथा अन्य कर्मचारीलाई राहत…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसल परे विभागको कारबाहीमा

    वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसल परे विभागको कारबाहीमा

    काठमाडौं : वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसललाई कारबाही गरिएको छ। बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाहीस्वरुप जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार हनुमान फर्माले हाइ मास्कलाई बढी मूल्यमा बिक्री गरेको तथा मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५…

    विस्तृतमा पढ्नुस्

  • लुकीछिपी आउने क्रम नरोकिएपछि भारतमा रहेका नेपालीको उद्धार गर्ने भोजपुर प्रशासनको निर्णय

    लुकीछिपी आउने क्रम नरोकिएपछि भारतमा रहेका नेपालीको उद्धार गर्ने भोजपुर प्रशासनको निर्णय

    भोजपुर : भोजपुरबाट रोजगारीको सिलसिलामा भारत गई सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकको उद्धार गरिने भएको छ। सरकारले लकडाउनको समयमा आउनमा कडाइ गरे पनि दिनरात लगाएर पैदल हिँडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवरले ल्याउने तयारी भएको हो। लुकेर आउने र उनीहरुको तथ्याङ संकलनसमेत गर्न समस्या हुन थालेसँगै संक्रमण झनै बढ्ने सम्भावनालाई ध्यानमा राखेर उद्धार गर्ने तयारी भएको…

    विस्तृतमा पढ्नुस्

  • एकै साता २१ नेपालीले कोरोनाका कारण गुमाए ज्यान, मृत्यु हुने पुगे ११७

    एकै साता २१ नेपालीले कोरोनाका कारण गुमाए ज्यान, मृत्यु हुने पुगे ११७

    काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपाली १ सय १७ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यस साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुई दुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता…

    विस्तृतमा पढ्नुस्

  • आरडीटीमा पोजेटिभ देखिएको कीर्तिपुरका जनप्रतिनिधि र कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

    आरडीटीमा पोजेटिभ देखिएको कीर्तिपुरका जनप्रतिनिधि र कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

    कीर्तिपुर : कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। आरडीटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन्। उनका अनुसार नगरपालिकामा गत जेठ ४, ५ र ६ गते गरिएको कोरोना परीक्षणमा चार सफाइ मजदुर एवं पाँच जनप्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

    आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

    बलेवा : बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीमा डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले थुनामा राख्न आदेश दिएको हो। उनलाई कारागारमा राख्न अदालतले आदेश दिएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। आत्महत्या दुरुत्साहनको आरोप लागेका…

    विस्तृतमा पढ्नुस्

  • निको भएर बुटवल अस्पतालबाट घर फर्किए दश जना कोरोना संक्रमित

    निको भएर बुटवल अस्पतालबाट घर फर्किए दश जना कोरोना संक्रमित

    रुपन्देही : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश जना कोरोना संक्रमित शनिवार निको भएर घर फर्किएका छन्। दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए। ‘उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो,’ थापाले भने।…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउनेको सीमामै परीक्षण गराउन अनुरोध गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

    भारतबाट आउनेको सीमामै परीक्षण गराउन अनुरोध गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

    सुर्खेत : कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालीको सीमानाकामै कोरोना परीक्षण गरी नेपाल प्रवेश गराउन अनुरोध गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट आउनेलाई सीमानाकामै परीक्षण गरी संक्रमण नदेखिएका व्यक्तिलाई मात्र आफ्नो प्रदेश र जिल्ला पठाउने व्यवस्थाका लागि केन्द्रीय विपद् व्यवस्थापन केन्द्र तथा नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो। भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • ईद-उल-फित्रका अवसरमा घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

    ईद-उल-फित्रका अवसरमा घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

    काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईद-उल-फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदमा नमाज पढ्न आग्रह गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी भएर अध्यक्ष अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना संक्रमण हुने जोखिम बढी…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको मुद्दामा तानिए उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारी, अनुसन्धान जारी छ : सेना

    भ्रष्टाचारको मुद्दामा तानिए उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारी, अनुसन्धान जारी छ : सेना

    काठमाडौं : नेपाली सेनाले संगठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको अभियोगमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले संगठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारबाहीको दायरामा तानिएको हो। सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा…

    विस्तृतमा पढ्नुस्

  • भरुवा बन्दुकसहित बाबुछोरा प्रहरीको नियन्त्रणमा

    भरुवा बन्दुकसहित बाबुछोरा प्रहरीको नियन्त्रणमा

    गोरखा : भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। धार्चे गाउँपालिका–१ नउ बनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट खटिएको प्रहरीको टोलीले धार्चेको वडा नम्बर ६ यार्साका ५० वर्षीय मनु घले र उनका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरेको उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा गरे सामूहिक खेती

    गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा गरे सामूहिक खेती

    म्याग्दी : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बीच गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन्। म्याग्दीको मालिका गाउपालिका-६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो। ६० रोपनी जग्गामा सिमी लगाइसकेका छन्। थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्स सहित काली गण्डकी नदीमा खसेका चालक पाँच दिनपछि मृत भेटिए

    एम्बुलेन्स सहित काली गण्डकी नदीमा खसेका चालक पाँच दिनपछि मृत भेटिए

    गलेश्वरः उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका २ रिठाबोटस्थित काली गण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ। आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट काली गण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका थिए। थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रवार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो। बनेपा ९ गलेश्वरको…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएकी महिलाको मृत्यु

    हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएकी महिलाको मृत्यु

    खाँदबारी : थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ। उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति साढे १० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए। नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत् शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मौसममा बदली, पानी पर्ने सम्भावना

    मौसममा बदली, पानी पर्ने सम्भावना

    काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्। पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो देशको पश्चिमी…

    विस्तृतमा पढ्नुस्

  • हिजो भागेका कोरोना संक्रमित आज बिहानै समातिए, ल्याइयो आइसोलेसनमा

    हिजो भागेका कोरोना संक्रमित आज बिहानै समातिए, ल्याइयो आइसोलेसनमा

    राँझा : बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रवार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किएकालाई राख्न क्वारेन्टाइनको क्षमता बढाउँदै स्थानीय तह

    भारतबाट फर्किएकालाई राख्न क्वारेन्टाइनको क्षमता बढाउँदै स्थानीय तह

    झिमरुक : कोरोना संक्रमण नियन्त्रणका लागि प्यूठानका ९ वटै स्थानीय तहले क्वारेन्टाइनको संख्या बढाउन थालेका छन्। भारतका विभिन्न स्थानबाट घर फर्कनेको संख्यामा वृद्धि हुँदै गएपछि उनीहरुको व्यवस्थापनका लागि जिल्लामा क्वारेन्टाइनको संख्या बढाउन थालेको हो। प्युठान नगरपालिकाले नगरका २२ स्थानमा कुल २५० शय्याको क्वारेन्टाइन निर्माण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए। बाहिरी देशबाट आउने व्यक्ति थपिन थालेपछि आवश्यकताका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौँ : पर्यटन व्यवसायी

    दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौँ : पर्यटन व्यवसायी

    चिप्लेढुङ्गा : पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामी दुई वर्षसम्म तिर्न नसक्ने बताएका छन्। पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै सो जानकारी गराएको परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए। ‘बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न सर्वोच्चको सरकारका नाममा अन्तरिम आदेश

    भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न सर्वोच्चको सरकारका नाममा अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीवार जारी गरेको आदेश शुक्रवार सार्वजनिक गर्दै सरकारले लकडाउनको समयमा भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न अन्तरिम आदेश जारी भएको जानकारी दिइएको छ। आदेशमा भनिएको छ, ‘हालसम्म आवश्यक सेवाको सूचीमा भेटेरीनरी सेवालाई समावेश गरेको नेदेखिएकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell